Wed, 21 Nov 2018
ताजा समाचार
विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव ||
विखण्डनवादको पछि नलाग्न अध्यक्ष ‘प्रचण्ड’ को आग्रह

टुडे समाचारदाता कार्तिक ७, २०७५

जनकपुरधाम  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारले राष्ट्र, प्रणाली र संविधानलाई दुर्घटित हुने क्रियाकलाप गर्न नहुने बताउनुभएको छ । 

दशैँ तिहार तथा छठपर्वको अवसरमा नेकपा प्रदेश नं २ जनकपुरधामद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान समारोहमा उहाँले भन्नुभयो, “प्रदेश सरकारले सङ्घीय सरकारलाई उछिनेमा दुर्घटनाको खतरा प्रबल हुन सक्छ ।” 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले प्रदेश सरकारले सङ्घीय सरकारको काममा भएको कमजोरीको निहुँमा उछिन्ने क्रियाकलापतर्फ लागेमा सङ्घीयता विरोधी तत्वले मौलाउन सक्नेप्रति चिन्ता व्यक्त गर्दै दुर्घटना हुने गरी अगाडि बढ्ने मूर्खतापूर्ण कार्य गर्नु हुँदैन भन्नुभयो । 

कुनै पनि अतिवाद, विखण्डनवादको पछि नलाग्न आग्रह गर्दै उहाँले काठमाडौँबाट अलग मधेश राष्ट्र बनाउने मधेशी जनतालाई बर्बाद पार्ने दुस्वप्नकारीलाई परास्त गर्नु आजको आवश्यकता भएको बताउनुभयो । 

अध्यक्ष दाहालले काठमाडौँको निर्माणमा पहाडका मान्छेले मात्र नगरी मधेशीको पनि उलेख्य योगदान रहेको बताउँदै राष्ट्रिय एकताले नै मधेशी जनताको पहिचान स्थापित हुन सक्छ भन्नुभयो । 

उपयुक्त समयमा सविधान संशोधन गरी मधेशीको सम्मान, अधिकारप्राप्तिको कार्य भइरहेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “प्रदेश नं २ को सुनको टुक्रा झैँ मानिएको सुनकोशी–कमला डाइभर्सन सिँचाइ परियोजना, त्रियुगी नदीबाट खानेपानी योजना, निजगढ अन्तर्राष्ट्रिय हवाई अड्डा, जनकपुरधाम–सिमरा रेल सेवाका निर्माण कार्य यथाशीघ्र शुरू गरी विकासको क्रान्तिकारी भूमिका निर्वाह गरिनेछ ।” 

सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले प्रदेश र सङ्घीय सरकारले एकअर्कालाई गाली होइन, पूरक भई कार्य सञ्चालन गर्नु अहिलेको आवश्यकता हो भन्दै शत्रुका रूपमा रहेको गरीबी, पछौटेपन, विभेद, उत्पीडनविरूद्ध दुवै सरकारले मिलेर परास्त गर्नुपर्ने खाँचो औँल्याउनुभयो । 

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकार सम्पूर्ण कुरा सिंहदरबारभित्र नै सीमित राखेको आरोप लगाउँदै संविधानअनुसार प्रदेश प्रहरी ऐन ल्याउँदा पनि अन्यमनस्कको अवस्थामा रहेको बताउनुभयो । 

सङ्घीय शिक्षा, विज्ञान र प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले व्यक्तिअनुसार होइन, पद्धतिअनुसार कार्यसम्पादन गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । 

भौतिक योजना तथा निर्माणमन्त्री रघुवीर महासेठले वर्तमान सरकार मधेशमैत्री सरकार भएको उल्लेख गर्दै सुनकोशी–कमला सिँचाइ परियोजनाको शिलान्यास छिट्टै हुन गइरहेको जानकारी दिनुभयो । 

प्रदेश नं २ प्रदेशसभा नेपाली काङ्गेस संसदीय दलका नेता रामसरोज यादवले सपनाको कुरा होइन, सपनालाई साकार तुल्याउने कार्यतर्फ ध्यान जानु जरूरी छ भन्नुभयो । 

नेकपा प्रदेश नं २ का संयोजक प्रभु साहको अध्यक्षतामा भएको सो समारोहमा इञ्चार्ज सत्यनारायण मण्डल र सांसद जुली महतोले सुखी नेपाली, समृद्ध नेपालको नारालाई सार्थक तुल्याउने भूमिकामाथि जोड दिनुभयो ।

Comment Box

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...