Wed, 16 Jan 2019
ताजा समाचार
अलपत्र परेका नेपाली कामदार नरेन्द्र स्वदेश फिर्ता || मिनि म्याराथनको उपाधि सुजनले जिते || २१ औं भूकम्पीय सुरक्षा दिवस मनाइँदै || सुन ६२ हजार नजिक || हात्तीबाट पिडित घर परिवारलाई नगरपालीकाले क्षतिपूर्ति दिने || बेटीलाई १ लाखको बीमा सुरु || संघिय सरकार विरुद्ध प्रदेश २ अदालत जाने || थारु समूदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री राउत || लागुऔषध गाँजा सहित एक पक्राउ || ६ वर्ष पछि फरार प्रतिवादी पक्राउ || तराई–मधेशमा तिला सङ्क्रान्ति मनाइँदै || बालिका हत्यारालाई जन्मकैद || छ महीनाको अवधिमा रु १९ अर्बभन्दा बढी राजश्व सङ्कलन || सप्तरीमा मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका यादवको मृत्यु || माघ १ गते प्रदेश २ मा सार्वजनिक विदा || २२ किलो गाँजा बरामद || भुकम्प जाेखिम व्यवस्थापनका लागि स्थानिय संञ्चारकर्मीहरूकाे लागि तालिम कर्यशाला सम्पन्न || सचिव झा पक्राउपछि रिहा, छानविन समिति गठन || तराई मधेशमा अब समस्या छैन : मन्त्री पोखरेल || सेनाले बलात्कारको प्रयास गरेको भन्दै ५ घण्टा राजमार्ग अवरुद्ध || सेनाबाट बलात्कार प्रयास, ५ घण्टा राजमार्ग अवरुद्ध || मधेशमा बैकल्पिक शक्ति निर्माण गरेर मूल मुद्दालाई जिवन्त राख्नुपर्छः संयोजक || जनकपुर जेसीजको ३६औ शाखा अधिवेशन सम्पन्न || तस्करी आरोपमा सप्तरीमा एक जना वडाध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी || प्रदेशस्तरीय फुटवल प्रतियोगिताको उपाधिमाथि सर्लाहीको पोखरीया टिमले कव्जा जमाए || सहकारीकै माध्यमले व्यापार फस्टयाएको : प्रदेशसभा सदस्य साह || ‘मेरो देशमा फोहर गर्दिन’ नाराको साथ सरसफाई कायक्रम सम्पन्न || दलित,अपांग र असहायहरुले न्यानो लुगा र कम्बल पाए || चामल उद्योगमा आगलागी लाखौंको क्षति || सामुदायिक बिद्यालय सरह संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने : || लागूऔषध चरेश सहित २ जना पक्राउ || वडा अध्यक्षलाई बन्दुक तेर्साएर हातपात || कठालो समातेर बाँकी अधिकार लिने उपेन्द्र यादवको चेतावनी || गल्फले गरे ग्राहकसँग अन्तरक्रिया || आर्थिक गतिविधि अध्ययन गर्न चुनौती || गाइघाटमा बेटी सम्मेलन हुने || सहकारी ऐन चाँडै : मन्त्री साह || राजधानी नभए अलगै प्रदेश बनाउने धम्की || आगो ताप्ने क्रममा मोवाइलको ब्याट्री पड्किंदा ७ वर्षीय बालकको मृत्यु || हेल्प मधेशीद्धारा शैक्षिक सामग्री वितरण ||
सडक नभएका कारण ३७ करोड रुपैयाँ लागतमा बनेको पुल प्रयोगविहीन

रासस कार्तिक ८, २०७५

भद्रपुर । नेपालको पुरानो शहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षित मेची पुल निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

हुलाकी राजमार्ग निर्माण परियोजनाले रु ३७ करोडको लागतमा मेची नदीमा ५६० मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको पक्की पुलको निर्माण गत वर्ष नै सम्पन्न गरेको हो । तर, पुलसम्म जान वारि र पारि दुबैपट्टि सडक निर्माण नभएका कारण मेची पुल सञ्चालनमा आउन सकेको छैन । वारि र पारि दुबैपट्टि पक्की सडकले जोडेर मेची पुललाई छिटो सञ्चालनमा ल्याउनु पर्ने दुबै देशका बासिन्दाको माग छ । 

हुलाकी राजमार्ग परियोजनाले जनाएअनुसार नवनिर्मित पुललाई हुलाकी राजमार्गको प्रस्थान बिन्दु झापाचोकसँग जोड्न नेपालतिर एक हजार ३०० मिटर सडक बनाउनुपर्ने भएको छ । 

भद्रपुर नगरपालिकाको वडा नं ५ मा बनेको सो पुलको मेची नदी पूर्व र पश्चिम दुबैतिरको पूरै भाग नेपाली भूमिमा पर्ने भएको हुँदा पुल र सडक बनाउने जिम्मेवारीसमेत नेपालकै हो । 

भद्रपुर–५ का वडाध्यक्ष बन्धु कार्की नेपाल सरकारले पश्चिमतिर अब बन्ने सडक क्षेत्रमा रहेका घर तथा जग्गाहरुको मुआब्जा दिन ढिलाइं गरिरहेको कारण पुल र हुलाकी मार्ग जोड्ने सडक निर्माणमा विलम्ब भइरहेको बताउँछन् ।

नवनिर्मित पुलबाट २९० मिटरभित्र परेका भद्रपुर भन्सार कार्यालयसहित ४२ घर तथा जग्गाको मुआब्जा भने सरकारले दिइसकेको बताइएको छ । भन्सारको मुख्य भवन र अन्य निजी घरहरु अब बन्ने सडक सीमाभित्र पर्ने भएकाले ती संरचना भत्काउन थालिएको छ । तर, २९० मिटरभन्दा पश्चिमतिरका ३६ परिवारका जग्गा तथा घरहरुलाई भने सरकारले मुआब्जा अझैसम्म नदिएको मुआब्जाका लागि गठन भएको सङ्घर्ष समितिका अध्यक्ष इन्द्रकान्त झा बताउँछन् ।

मेची पुलको पूर्वी किनारमै नेपाल–भारत सीमा नजिकै १०१ नम्बरको स्तम्भ छ । भारततिर करीब ५०० मिटरसम्म सडकको कुनै ट्र्याक समेत कोरिएको छैन । 

पुलको पूर्वी भाग नेपाल र भारतको सीमा क्षेत्रमा मात्र नभएर भारतकै पश्चिम बङ्गाल र विहार प्रान्तको समेत सीमा क्षेत्र भएकाले पुललाई बिहार कि बङ्गाल कसको सडकसँग जोड्ने भन्ने विवादको अझैसम्म टुङ्गो लाग्न सकेको छैन । 

पूर्वी भागमा १०० मिटर सडक नेपालले बनाउने र अरु सडक भारतको सीमाभित्र भएकाले उतैबाट निर्माण हुनुपर्ने प्रदेश सांसद वसन्त बानियाँ बताउँछन् ।

‘नेपालतिर बनाउनुपर्ने सडकको मुआब्जा विवाद समाधान नजिक पुगिसकेको छ,’ प्रदेश सांसद बानियाँले भने, ‘भारततिर बिहार वा बङ्गाल जता जोडे पनि पुलबाट सडक सीधा रेखामा हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’ 

बिहारतिर सडक लैजाँदा दशगजा क्षेत्रबाट ५०० मिटर जति दक्षिण भादगाउँ घुमाउनुपर्ने हुन्छ भने भादगाउँबाट गलगलिया पुग्न कारमात्र गुड्न सक्ने साँघुरो पक्की सडक अहिले पनि छ । तर, पुलको मुखबाटै सडकलाई घुमाउँदा लामो र ठूला सवारीको आवागमनमा कठिनाइ हुनसक्ने आशङ्का भएकाले सीधा भादगाउँ जोड्दा उपयुक्त हुने सुझाव भारतीय पक्षलाई आफूहरुले दिएको प्रदेश सांसद बानियाँले जानकारी दिए ।

सीधा पूर्वतर्फ सडक लैजाने हो भने पश्चिम बङ्गालका धेरै भूभागबाट बिहार जोड्ने सडक निर्माण गर्नुपर्ने हुन्छ । भन्सार, रेल्वे, बस टर्मिनल, बजार लगायतका सुविधा बिहारको गलगलियामा रहेका कारण पुल जोड्ने सडकलाई बङ्गाल हुँदै लैजान बिहारका बासिन्दा इच्छुक नरहेको गलगलियाका व्यवसायी रामकिशन यादव बताउँछन् ।

पुलको पूर्वी भागबाट करीब एकसय मिटर दूरीमा रहेको भारतीय सशस्त्र सीमा बल पश्चिम बङ्गालका सहायक उपनिरीक्षक कैलाश सिंह पटियालले बिहार, पश्चिम बङ्गाल र नेपालको त्रिकोणात्मक बिन्दु नजिकै पुल बनेको जनाउँदै सडक कताबाट लैजाने भन्ने जानकारी आफूहरुलाई नभएको बताए ।

सडक बिहार वा पश्चिम बङ्गाल जताबाट लगे पनि छिटो पुल सञ्चालनमा आउनु पर्ने पुलकै छेउमा पसल थापेर व्यवसाय गर्दैआएका बिहार चुडली बेसरपट्टि ग्राम पञ्चायतका ६० वर्षीय मोहम्मद मजरुल हक बताउँछन् ।

मेची पुल निर्माणका लागि भद्रपुरवासीले ६ दशक लामो कसरत गरेका छन् । अब छिट्टै पुल सञ्चालनमा ल्याएर व्यापारिक गतिविधि बढेको हेर्न भद्रपुरवासी आतुर छन् ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले पुलको पूर्वी किनारबाट झापाचोकसम्म जोड्ने हुलाकी सडक निर्माणका लागि सडक क्षेत्रमा परेका सबै जग्गा र भौतिक संरचनाको मुआब्जा दिलाउन नगरको बोर्ड बैठकले निर्णय गरी नेपाल सरकारसमक्ष माग पुर्‍याइसकेको जानकारी दिए ।

पुल बने लगत्तै व्यापारिक गतिविधि बढ्ने तथ्यलाई ध्यानमा राखेर सरकारले भद्रपुरको छोटी भन्सारलाई स्तरोन्नति गरी गत साउनदेखि छुट्टै भन्सार कार्यालयको मान्यता समेत दिइसकेको छ । 

Comment Box

सुरेन्द्र महतो , जोहोर, मलेशिया : मलेशियामा...

तनहुँ । तनहुँको बन्दीपुरमा आयोजना गरिएको मिनि म्याराथनको उपाधि बन्दीपुरका...

काठमाडौं । २१ औं भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी...

जनकपुरधाम । सुनको मुल्य बढने क्रम हप्तादिन देखि जारी छ...

सर्लाहीको लालबन्दी नगरपालीकाले जंगली हात्तीले क्षति पुर्याएका घरका पिडित परिवारलाई...

प्रदेश २ को आठ जिल्लामा आजबाट जन्मिने सबै बेटीको १...

जनकपुरधाम । संघिय (केन्द्र)सरकारले संसदमा दर्ता गरेको ‘नेपाल प्रहरी र...

सप्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको...

जनकपुरधाम । लागुऔषध गाँजा सहित प्रहरीले एकलाई पक्राउ...

जनकपुरधाम । लागु औषध चरेश मुद्दाका फरार अभियुक्त ...

जनकपुरधाम : जनकपुरसहित सम्पूर्ण तराई–मधेशमा आज तिला सङ्क्रान्ति...

धरान : धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा...

विराटनगर : विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम...

सप्तरी । सप्तरीमा भएको दुघर्टनामा परी गम्भिर घाइते भएका एक...

जनकपुरधाम : मकर संक्रान्ति तथा माघी पर्व २०७५ को शुभ...

सिरहा । ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी गस्ती...

जनकपुरधाम । दराे घर दिगााे वस्ति नाराका...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

जनकपुरधाम । रक्षा मन्त्री ईश्वर पोखरेलले तराई मधेशमा विकासको गति...

सिरहा । सिरहाको मिर्चैया नगरपालिका ७ स्थित अन्दाजी १६...

सप्तरी । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ताले मधेशमा...

जनकपुरधाम । जनकपुर जेसीजको ३६औ शाखा अधिवेशन तथा वार्षिक साधारण...

साढे ५ महिनाभित्र २२ जनालाई वनमुद्दा चलाएको ...

महोत्तरी । स्वर्गिय शहिद रामलखन चौधरी स्मृति प्रदेशस्तरीय फुटवल प्रतियोगिताको...

महोत्तरी । साना देखि ठूला व्यापारीहरुले सहकारीकै माध्यमले व्यापारलाई फस्टाउदै...

जनकपुरधाम : विश्व सरसफाइ अभियानकी सुशीला महर्जन र मानवको संलग्नतामा...

मलंगवा : अत्याधिक चिसो बढ्दै गएपछि सर्लाहीको मलंगवा नगरपालिका...

सिरहा । सिरहाको गोलबजारको एक चामल उद्योगमा आगलागीहुँदा लाखौं मूल्यको...

राजविराज । प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर...

जनकपुरधाम । जिल्ला पर्सा बिरगंज महानगर पालिका- १६ शंकरआचार्य गेट...

सिरहा । सिराहाको बिष्णुपुर गाउँपालिकामा वडा अध्यक्षलाइ बन्दुक तेर्साएर हातपात...

जनकपुरधाम : उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादबले...

जीतपुर । नेपाल ल्युब आयल लिमिटेडले आफना आयलका बिषयमा जानकारी...

जनकपुरधाम : नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग जनकपुरधामले संघीय संरचनामा...

जनकपुरधाम: आसन, भाषण र शासनमा महिलाको पहुँच पुर्याउन उदयपुरको गाइघाटमा...

राजविराज । सर्वाधिक रोजगारीको अवसर सृजन ागर्ने प्रचुर संभावना भएको...

वीरगञ्ज । प्रदेश २ को सरकार प्रदेश राजधानी र नामाकरण...

विराटनगर : विराटनगर महानगरपालिका-१५ रामजानकी चोकमा मोवाइलको ब्याट्री पड्किंदा एक...

हेल्प मधेशी साउदी अरेबियाले सिरहामा शैक्षिक सामग्री वितरण गरेका छन्...