Mon, 21 Jan 2019
ताजा समाचार
‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कपडा वितरण || गोलबजारमा नेपाल रेडक्रस उपशाखा भवन शिलान्यास || उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच वैठक सम्पन्न || डा केसीको माग पूरा || केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु || फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग || एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने || स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायणको मेला || चितुवाको छालासहित युवक पक्राउ || तीन वर्षदेखि फरार मुर्ति चोर प्रहरीको नियन्त्रणमा || दुर्गम बस्तीको विद्यालय नमूना बन्दै || प्रधानमन्त्री ओली दोहामा || दाइजोकै कारण दुई वर्षिया छोरी र आमाको हत्या , सासु || नेपाल राष्ट्र बैंकद्वारा भारतीय नोटमा प्रतिबन्ध || मधेशी आयोगमा दत्त || लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग || मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु || माेबाइलकाे पासवर्ड नदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन् || घटनाबाट वनमन्त्री दुखी || चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने || सवारी साधनहरुको मेकानिकल चेक जाँचतथाचालकहरुको स्वास्थ्य परिक्षण || सरकारी अस्पतालमा औषधिको अभाव || वन सखाप पार्न लागेको प्रदेश मन्त्रीको आरोप || रेल खरिद गर्न सरकारको सैद्धान्ति सहमति || बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते || बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा || स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो || २ करोड लागतमा अश्वमेध यज्ञ || वरियापट्टी गाउँपालिकामा संघर्ष समितिद्धरा धर्ना : कामकाज प्रभावित || सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट ||
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम

टुडे समाचारदाता कार्तिक १०, २०७५

जनकपुरधाम   । तराईको   लाईफलाईन   मानिएको चुरे विनास तिव्र गतिमा भईरहेको छ ।चुरे जोगाउन राष्ट्रिय महत्वको ‘राष्ट्रपति चुरे  तराई  मधेश  संरक्षण  विकास  समिति’  गठन  गरिएको  छ  ।चालु  आर्थिक  वर्षमा  बजेट झण्डै २ अर्बको हाराहारीमा छ ।त्यो बजेट चुरे संरक्षण भन्दा केहि व्यक्तिहरुलाई समृद्ध बनाउन खर्चिदै छ ।चुरे   संरक्षणका   लागि   चुरे   क्षेत्रमा   गर्नुपर्ने  कार्यहरु  समितिको  प्राथमिकतामा  परेको  छैन्  ।चुरे  संरक्षण  भन्दा  राजनीतिक  स्वार्थ  पूर्ती  बढी  भईरहेको  छ  ।सरकारले  चुरे  संरक्षणको  नाममा  उपलब्ध  गराउने  अधिकांश बजेट दुरुपयोग भएको छ ।चुरे क्षेत्रमा गर्नु पर्ने कार्य तल्लो तराई क्षेत्रमा खर्चिएको देखाईदैछ ।तराई, मधेशको २६  जिल्लामा  लागु  रहेको  चुरे  संरक्षण  विकास  समितिमा  वन  विज्ञ  एकजनापनि  छैनन् ।चुरे संरक्षणका लागि नदीको दोहन, वनजंगल  फडानी,  जंगल  क्षेत्रमा  अवैध  वस्तीलाई रोक्ने, नयाँ वन लगाउने, चुरेको पहाडी  भूभागहरुको  संरक्षण  गर्नुपर्ने  मुख्य  कार्य समितिको हो ।तर समितिले पर्यापर्यटनको नाउँमा चुरे संरक्षणको बजेटलाई चरम दुरुपयोग गरेको देखिन्छ  ।चुरेमा  गरिने  कार्यक्रमहरु  नगरी  राजनीतिक  पहुँच  र  आर्थिक  चलखेलमा  कार्यक्रमहरु पर्यापर्यटनको नाउँमा अत्यधिक खर्चिने गरिएको छ ।‘चुरे संरक्षणको नाममा टाउकोको औषधी नाईटोमा घसिदै छ ’एकजना वन विज्ञले भने, चुरेलाई  जोखिम  भएको  क्षेत्रमा  रकम  खर्चिनु  पर्ने  हो,  तर  राजनीतिक  पहुँच  र  आर्थिक  लेनदेनको अधारमा रकम खर्चिदै छ ।चुरे  विनासबाट  सर्वाधिक  प्रभावित  तराईलाई     जोगाउन     देशको     प्रथम     राष्ट्रपति   रामवरण   यादवको   सकृयतामा   चुरे  संरक्षण  समिति  बनाईएको  हो  ।जल,  जमिन,  वन  विज्ञहरु  रहने  सो  समितिमा  हाल  नेपाल  कम्युनिष्ट  पार्टी  (नेकपा)का  कार्यकर्ताहरुलाई भर्ति गरिएको छ ।वनका   एकजना   अधिकृतले   भने,   ‘अहिलेको    समितिसित    चुरे    संरक्षण    हुन  सक्दैन्  ।’चुरे  संरक्षण  कार्यक्रमलाई  राजनीतिक  थलो  बनाईएको  छ  ।राजनीति  दलका  नेताहरुको  पहुँच  र  दवावमा  बजेट  बाँडेर  चुरे  संरक्षण  हुन  नसक्ने  उनको  तर्क  छ ।चुरेमा  आक्रमण  गर्ने  तल्लो  तराईका  बासिन्दा  होईनन्  ।चुरे  क्षेत्रमा  वसोवास  गर्नेहरुलाई चुरे जोगाउन प्रेरित गर्नुपर्ने, वन क्षेत्रमा  ब्यापक  वृक्षारोपण,  नजिकै  नदी  नियन्त्रण,  नदीमा  रहेका  क्रसरहरु  हटाईनु  पर्ने लगायतका काम प्राथमिकतामा पर्नु पर्ने हो  ।हालको  समितिका  लागि  चुरे  संरक्षण  प्राथमिकताको विषय नै होइन् ।‘पर्यापर्यटन’लाई  प्राथमिकतामा  राखेर  बजेटको  चरम  दुरुपयोग  गर्नु  बाहेक  चुरे  क्षेत्रमा वर्तमान समितिले कुनै उल्लेख्य कार्य गर्न  नसकेको  विज्ञहरुको  आरोप  छ  ।‘चुरे  क्षेत्रमाथि  भईरहेको  आक्रमण  रोक्नु  पर्छ  ’एकजना वन विज्ञले भने, सहरका पोखरीमा घाट  बनाउने  र  डुंगा  राख्ने  निकायहरु  थुप्रै  छन् ।सहरहरुमा  पोखरीको  घाट,  पोखरीमा  डुंगा राखेर चुरेको संरक्षण गर्न समिति गठन भएको होईन् ।चुरेको संरक्षणका लागि चुरे क्षेत्रमै प्रशस्त काम गर्नुपर्ने छ ।चुरे क्षेत्रको दोहनलाई रोक्ने प्रभावकारी कुनै  कार्यक्रम  समितिले  ल्याउन  सकेको  छैन् ।संरक्षणका लागि बनेको समितिले चुरे क्षेत्र  रहेको  २६  जिल्ला  मध्ये  कुनै  एउटा  जिल्लामा ठोस कार्य गर्न नसकेको आरोप जानकारहरुले लगाएका छन् ।सुविधा सम्पन्न होटेलहरुमा गोष्ठि गरी रकम  कुमल्याउने,  नेताहरुलाई  सन्तुष्ट  गर्न  उनीहरुको  सिफारिसमा  पोखरीको  घाट  र  डुंगा वितरण गर्ने काम पर्यापर्यटनको नाममा समितिले गरेको छ ।चुरे संरक्षणको नाउमा भईरहेको बजेटको चरम दुरुपयोगलाई रोक्नु आवश्यक रहेको विज्ञहरु बताउँछन् ।चुरे  विनासकै  कारण  तराईमा  पानीको  गंभीर संकट उत्पन्न भईरहेको छ ।खेत भन्दा नदीको सतह माथि हुँदै गएको छ ।बाढी र सुख्खाको मारमा तराई मधेश परेको छ ।चुरे संरक्षणको   नाउँमा   विनियोजन   गरिएको   बजेट  यथार्थमा  कहाँ  खर्च  भएको  छ,  त्यसको अनुगमन आवश्यक रहेको छ ।समितिका   अध्यक्ष   वीरेन्द्र   यादवले   पर्यापर्यटन अन्तरगत तल्लो तराईमा विभिन्न कार्यक्रमहरु भएको बताए ।‘चुरे क्षेत्रमा पर्ने दवावलाई  घटाउन  पर्यापर्यटनको  कार्यक्रम  ल्याइएको  छ  ’उनले  भने,  सरकारले  गत  वर्षको  तुलनामा  यस  वर्ष  केहि  बजेट  कटौती गरेको छ ।

Comment Box

जनकपुरधाम : ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय...

सिरहा : नेपाल रेडक्रस उपशाखा गोलबजारको विधिवत रुपमा भवन शिलान्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग...

काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा...

काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा...

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।...

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल...

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको...

डोल्पा : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका...

डडेल्धुरा : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै...

भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ...

जनकपुर उपमहानगरपालिका ४ की दुई वर्षिया गौरी शर्मा र...

अब नेपाल राष्ट्र बैंकले सर्वसधारणलाई १ सय दरको भन्दा माथिको...

जनकपुरधाम । मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजय दत्तको...

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...

अछाम : अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु...

काठमाडौं : आफ्नाे माेबाइलकाे पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

वीरगन्ज : पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा...

जीतपुर : सवारी दुर्घटना न्युनिकरणकोलागि सवारी साधनहरुको मेकानिकल...

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको...

जनकपुरधाम । प्रदेश २ का उधोग पर्यटन, वन तथा वातावरण...

भारतको जयनगरदेखि जनकपुरधाम सम्म पहिलो चरणमा सञ्चालन गर्न नेपाल सरकारले...

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक...

काठमाडौं । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं...

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ...

सिरहाको वरियापट्टी गाउँकार्यपालिकाको प्राङगनमा संघर्ष समितिले आज देखि कामकाज प्रभावित...

सर्लाही : देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारा...