Tue, 20 Nov 2018
ताजा समाचार
विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव ||
दुई दिनमा आठ शव वरामद

टुडे समाचारदाता कार्तिक १६, २०७५

शव फेला परेकाहरु मध्ये १६ वर्षिय किसोर २५ वर्षिया युवती र ८० वर्षिय बृद्ध सम्म रहेको प्रहरीले जनाएको छ ।घटनाहरुको अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिर्पोटबाट मृत्युको कारण खुलेपछि अनुसन्धानलाई मद्दत मिल्ने छ ।

जनकपुरधाम  । प्रदेश  २  को  तीन  जिल्ला  सिरहा, रौतहट र महोत्तरीमा गरी दुई दिनमा ८ वटा शव बरामद भएको छ । प्रहरीको प्रारम्भिक जानकारी  अनुसार  फेला  परेका  शवहरु  हत्या  गरी फालिएको हुन सक्छ ।सिरहा जिल्लाको लहान नगरपालिका ३ मोटियरवा गाउँ स्थित पोखरीमा एक युवकको शव  विहिवार  फेला  परेको  छ  ।  सनाखत  हुन  नसकेको  अन्दाजी      ३२–३३वर्षिय  युवकको  शव  पोखरीमा  फेला  परेको  जिल्ला  प्रहरी  कार्यालय   सिरहाले   जनाएको   छ   ।शवको   सनाखत  हुन  सकको  छैन्    ।युवकको  शव  पोष्टमार्टमका   लागि   लहानस्थित   रा   उ   म   अस्पतालमा   राखिएको   जिल्ला   प्रहरी   कार्यालय  सिरहाका  प्रहरी  नायब  उपरीक्षक(डीएसपी) माधवराज खरेलले जनाए ।ईलाका प्रहरी  कार्यालय  लहान  देखि  १  किलोमिटर  भन्दापनि घटना भएको पोखरीको दुरी कम छ ।

यसैगरि  सिरहा नगरपालिका–६ बसबिटा गाउँ    स्थित  कमला  खोलाको  किनारमा  एक  युवतीको  शव  फेला  परेको  छ  ।सनाखत  हुननसकेको अन्दाजी २५ वर्षीया ती युवतीको शव  बुधबार  साँझ  खोलाको  किनारसँगैको  खेतमा फेला परेको हो। युवतीको शव परीक्षणका लागि सिरहा जिल्ला अस्पतालमा  राखिएको डीएसपी खरेलले जनाए ।रातो कुर्ता, कालो सुरुवाल, कालो स्वेटर र आकाशे रङको सल लगाएकी ती युवतीको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका  थिए।यस  अघि  मंगलवारपनि  एकजना  युवकको शव फेला परेको थियो ।फेला परेका शवहरुको  प्रकृतीबाट  हत्या  भएको  आशंका  बढेको  जनाउँदै  प्रहरीले  घटनाको  छानविन  भईरहेको बताए ।युवक र युवतीको हत्या गरी शव  फालिएको  हुन  सक्ने  अनुमान  गरिएको  छ  ।प्रहरीले  पोष्टमार्टमको  रिर्पोट  आएपछि  मृत्युको कारण खुल्ने जनाएको छ ।

यसैगरि महोत्तरी जिल्लामा पनि फरक फरक स्थानमा तीन जनाको शव फेला परेको छ ।दुईवटा शव झुण्डिएको अवस्थामा फेला परेपनि ८० वर्षिय बृद्धको  शव  बासघारीमा  झुण्डिएको  अवस्थामा  फेला  परेपनि  त्यो  हत्या  गरी  झुण्डयाईएको  हुन  सक्ने आशंका गरिएको छ ।जिल्ला   प्रहरी   कार्यालय   महोत्तरीका   अनुसार विभिन्न तीन स्थानमा विभिन्न घटनामा बुधवार  तीन  जनाको  शव  बरामद  भएको  हो ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता समेत रहेका डीएसपी खगेन्द्रबहादुर खड्काले लोहारपट्टि  नगरपालिका–३  महदैया  गाउँमा  स्थानीय रामसोगारथ यादवको भुस राख्ने घरको बरण्डामा  जनकपुर  उपमहानगरपालिका–२१  बस्ने महाजन मण्डलका ३९ वर्षीय छोरा मखन मण्डलको शव बरामद भएको हो ।त्यस्तै   महोत्तरी   गाउँपालिका   १   पर्सा   टोलस्थित  बाँसघारीमा  स्थानीय  ८०  वर्षीय  तपसी  ठाकुर  बरहीको  शव  डोरीको  पासो  लगाई  झुण्डिरहेको  अवस्थामा  फेला  परेको  हो ।

गौशाला  नगरपालिका  ११  मा    ढोलन  खोला किनारमा रहेको आँप बगैँचामा स्थानीय भोला महतोको १६ वर्षीय  छोरा सचिनकुमार महतोको आँपको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिरहेको अवस्थामा शव फेला परेको  डीएसपी  खड्काले  बताए  ।मृतक  तीनै  जनाको  शव  जिल्ला  अस्पताल  महोत्तरीमा  पोष्टमार्टम गरिएको छ ।सबै    घटनाको    अनुसन्धान    प्रारम्भ    भइसकेको   जनाउँदै   प्रहरीले   पोष्टमार्टमको   रिर्पोटपछि  मृत्युको  कारण  खुल्ने  बताएको  छ  ।अन्य  विभिन्न  कोणहरुबाट  अनुसन्धान  प्रारम्भ भईसकेको जिप्रका महोत्तरीले जनाए ।यसै  गरी  रौतहट  जिल्लाको    छुट्टाछुट्टै  स्थानमा   दुईजना   पुरुषको   शव   बरामद   भएको  छ  ।

  गौर  –चन्द्रपुर  सडकखण्डको  गरुडा   नगरपालिका–८   जिंगडिया   टोल   र   माधवनारायण  नगरपालिका–६  मा  एक–एक  गरी  दुई  पुरुषको  शव  फेला  परेको  प्रहरीले  जनाएको छ ।इलाका  प्रहरी  कार्यालय  गरुडाका  प्रमुख  प्रहरी निरीक्षक चतुर्भुज ओझाका अनुसार गौर चन्द्रपुर सडकखण्डअन्तर्गत जिंगडिया नजीक मूल बाटो छेउको नालामा डुबेको अवस्थामा अन्दाजी ३५ वर्षका पुरुषको शव फेला परेको हो  ।उनको  हत्या  भएको  हुन  सक्ने  आशंका  प्रहरीले गरेको छ ।माधवनारायण  नगरपालिका–६  माधोपुर  गाउँ  छेउमा  जोतेको  खेतमा  अन्दाजी  २५  वर्ष  उमेरका  एक  पुरुषको  घोप्टो  अवस्थामा  शव  फेला  परेको  प्रहरी  निरीक्षक  ओझाले  जनाए  ।

  मृतकको  पहिचान  खुल्न  नसकेको  तथा  शवपरीक्षणका  लागि  जिल्ला  अस्पताल  गौर  पठाइएको  प्रहरीले  जनाएको  छ  ।  प्रहरी  निरीक्षक   ओझाले   घटनाबारे   आवश्यक   अनुसन्धान  भइरहेको  र  शवपरीक्षणको  रिपोर्ट  पछि मृत्युको कारण खुल्ने बताए ।तर   स्थानीय   बासिन्दाहरुले   मृतकको   घाँटीमा    निलडाम    देखिएको    जनाएका    छन्  ।उनीहरुले  हत्या  गरेर  लाशलाई  घोप्टो  पारेर फालेको हुन सक्ने आशंका गरे ।स्थानीय बासिन्दाहरुले शवको पहिचान भने गर्न सकेका छैनन् ।बरामद  भएका  शवहरु  मध्ये  अधिकांश  हत्या   गरिएको   अवस्थामा   फेला   परेको   आशंका  प्रहरीले  गरेको  छ  ।प्रहरी  स्रोतहरुका  अनुसार  सिरहामा  किसोरीको  हत्या  गरी  शव  कमला नदी छेउमा फालिएको हुन सक्छ ।केहि दिनयता प्रदेश २ मा हत्यामा बृद्धि भएको छ ।शान्ति   सुरक्षाको   जिम्मेवारी   भएपनि   प्रदेश सरकार निरीह बनेको छ ।

प्रहरी प्रशासन चलाउने    अख्तियारी    नपाएको    प्रदेशको    आन्तरिक  मामिला  मन्त्रालयले  काम  गर्न  नसकेको बताउदै आएको छ ।प्रदेश   २   मा   बलात्कार   र   हत्याको   घटनामा  बृद्धिको  छ  ।पछिल्ला  दिनमा  सप्तरी  जिल्लामा  बलात्कारको  घटनामा  बृद्धि  भएको  देखिन्छ ।बलात्कार पछि हत्याको तथ्यांक डरलाग्दो रुपमा आउन थालेको छ ।महिला सुरक्षाका लागि प्रदेश सरकारले हालै ‘हेलो सीएम’एप सार्वजनिक गरेको   छ   ।आठवटै   जिल्लामा   अपराधिक   घटनाहरुको ग्राफ बढेको छ ।अपराधिक  घटनाहरुमा  उल्लेख्य  बृद्धि  भएपनि  अपराधीहरुलाई  पक्राउ  गरी  कानूनी  दायरामा  ल्याउन  प्रहरीको  भूमिका  कमजोर  रहेको   आरोप   लाग्न   थालेको   छ   ।

प्रहरी   प्रशासनले  अपराधीलाई  समयमै  पक्राउ  गरी  कार्वाही  चलाउन  नसक्दापनि  अपराध  बढेको  बताईन्छ ।हालै  सर्लाह  जिल्लामा  भएको  हत्यामा  संलग्न  दोषीहरुलाई  समेत  प्रहरीले  पक्राउ  गर्न सकेको छैन् ।प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै नेपाली काँग्रेसले राज्यको संरक्षणमा नै  हत्या  भएको  आरोप  लगाएको  छ  ।तर  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले काँग्रेसको आरोपलाई निराधार बताएको छ ।

Comment Box

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...