Wed, 21 Nov 2018
ताजा समाचार
५ ट्रयाक्टर माटो लिएर प्रहरीले बलात्कार अभियुक्त भगाए || राजपा अध्यक्ष मण्डलको संयोजकमा महतो, ठाकुर हटाईए || विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो ||
काँग्रेसको आन्दोलन स्थगन

मनोज यादव कार्तिक १९, २०७५

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली काँग्रेस सर्लाहीले तत्कालको लागि आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु स्थगित गरेको छ ।

    सरकारबाट काँग्रेसका कार्यकर्ता मृतक रामविलास महतोका परिवारलाई राहत स्वरूप दस लाख रुपैया दिने र घाइते सबैजनाको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय भएको सुचना प्राप्त भएपछि काँग्रेसले तत्कालका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको सर्लाहीका पार्टी सभापति नागेन्द्र कुमार रायले जनाए ।

आईतवार साँझ प्रेस विज्ञप्ति प्रकाशित गरी उनले पार्टीले राखेका माँगहरु पूरा हुने संकेत देखिएकाले वर्तमान अवस्थामा दिपावली तथा  छठ पर्वलाई समेत दृष्टिगत गरी आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गरेको जनाएका छन् ।

साँझ बसेको जिल्ला कार्यसमितिको बैठकले छठ पुजा पछि मृतकलाई सहिद घोषणा गर्नुपर्ने लगायत अन्य माँग पूरा नभए आन्दोलनका थप कार्यक्रमहरु घोषणा गर्ने निर्णय भएको पार्टी सभापति रायले बताए ।‘ पोष्टमार्टमगरि जिल्ला अस्पतालमा रहेको मृतक रामविलास महतोको शव समेत बुझ्ने निर्णय भएको छ ’सभापति यादवले भने, शव बुुझेर पार्टीको सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का साँसद अमरेश सिंहले सोमवार बिहान दाहसंस्कार गरिने बताए ।‘उनले आन्दोलन स्थगन मात्र भएको जनाउँदै चार सुत्रिय माग पुरा नभए आन्दोलनलाई झन् सशक्त बनाईने बताए ।

काँग्रेसले राखेको ४ वटा माग मध्ये सरकारले मृतकका परिवारलाई १० लाखको चेक हस्तांतरण गरेको र घाईतेहरुको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने प्रतिबद्धता जनाएको छ ।घटनाका आरोपी मानिएकाहरु मध्ये एकजनालाई रौतहट जिल्लाबाट पक्राउ गरिएको छ ।

पक्राउ परेकाको विस्तृत जानकारी प्रहरीले नदिएपनि उनी मुख्य अभियुक्त नभएको बताइएको छ ।

  गोली काण्डको विरोधमा जिल्लाको सदरमुकाम मलंगवा सहित जिल्लाका मुख्य बजार क्षेत्र बन्द गराउँदै पुर्व–पश्चिम राजमार्ग स्थित नवलपुरमा  दिउँसो एक घण्टा चक्का जाम गर्नुको साथै जिल्लाका विभिन्न बजार क्षेत्रमा टायर बालेर विरोध प्रदर्शन गरिएको थियो ।

महतोको १२ औं दिनको पुुण्यतिथिमा रामनगरमा आयोजना हुने श्रद्धाञ्जली सभामा काँग्रेस सभापति शेरबहादुर देउवा सहभागि हुने बताईएको छ ।

काँग्रेसले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकर्ताहरुले महतोको हत्या गरेको आरोप लगाएको छ ।तर नेकपाले काँग्रेसको आरोपलाई अस्वीकारगर्दै निष्पक्ष रुपमा छानविन हुनुपर्ने माग गरेको छ ।

दवावपछि सरकारले माग सम्बोधन गर्न सकारात्मक देखिएको काँग्रेस नेताहरुको कथन छ ।

Comment Box

गौर । रौतहट जिल्लाको गढीमाई नगरपालिकामा १२ वर्षिया बालिकालाइ बलात्कार...

काठमाण्डु । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकबाट...

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...