टुडे समाचारदाता
कार्तिक २६, २०७५
कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वार्ड ३ का वाडा अध्यक्षले वार्ड ३ का गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण गरेको छ । मिथिलाअञ्चलको महान पर्व छठको शुभ अवसरमा छठ गर्ने १७ जना व्रतालुहरुलाई छठ पूजामा प्रयोग हुने सामाग्री वितरण गरेको छ । हरेक महिलालाई एक थान सारी , एउटा नरिबल , पिठो , मिठा लगायतका सामाग्री बितरण गरेका छन । प्रमुख अतिथि तेसै वार्डका जेष्ठ नागरिक काशि प्रसाद साह को हात बाट वितरण गरिएको छ ।
गरीब ,विपन्न महिलाहरुले छठका लागि आवश्यक सामाग्री पाएपछि आफूहरुलाई पूजा गर्न सहज भएको बताएका थिए । समाजमा रहेका गरीब, विपन्न वर्गलाई पूजा गर्न सहज होस् भनेर कार्यक्रमको आयोजना गरिएको वार्ड न.३ का वाडा अध्यक्ष दिपेन्द्र साहले बताए । त्यस्तै कार्यक्रममा वाडा कार्यलयका सदस्य स्थानिय बासी बुद्दिजिबि,सामजसेवी पत्रकारहरुको उपथिति थियो ।
साथै जनकपुरका केहि पत्रकार हरुलाई पनि सम्मान गरेको थियो सम्मान हुनेमा टिभि टुडेका सम्बाददाता कुलदिप दास प्रेम, कैलाश दास,सुभाष कर्ण, दिपक कर्ण,प्रमोद साह, अजय झा,संजय साह लागायतका पत्रकारहरुलाई सम्मान गरेको थियो । जनकपुरधाम उपमहानगरपालिका वार्ड ३का वाडा अध्यक्षले यसभन्दा अघि पनि विभिन्न सामाजिक कार्य गर्दे आएको छ ।