Sun, 17 Feb 2019
ताजा समाचार
ट्रक दुर्घटना हुँदा दुईको मृत्यु || तीन कोइराला एउटै मालामा || काँग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध , मधेशी सहिद पार्क बनाउने निर्णय || मेस्सीको निर्णायक गोलले बार्सिलोना विजयी || भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी विमान कोलम्बियामा || सर्लाहीमा ट्राफिक कम्युनिकेशन एप्लिकेसन मार्फत सवारीसाधनको चेकजाँच || माघ महिनाको सवारी दुर्घटनाको विवरण सार्वजनिक : ९ को || भारतीय सुरक्षाकर्मीहरुलाई श्रद्धाञ्जली दिन मलंगवामा मैनबत्ती जुलुस निकालियो || लायन्स फाउण्डेशनको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न || चेम्बर अफ कमर्स द्वारा विपन्न तथा दलित समुदायका सयौं || राहत शिक्षकको चौथो अधिवेशन फागुन २५ गते हुने || रोकिएन करेन्ट लगाएर माछा मार्ने प्रक्रिया || रोकिएन गिट्टी वालुवा तस्करी,एसपी श्रेष्ठलाई चुनौती || राजधानीमा भूकम्पको धक्का || सिरहामा पोखरीको विवादमा झडप हुँदा ११ घाइते, प्रहरीले चलाए गोली || असनपुरमा वेवारिसे अवस्थामा पेस्तोल फेला || प्रदेश ५ सरकारको स्थापना दिवस || खेतबारी हराभरा भएपछि चिन्ता छैन केही, विदेश पनि यही || कश्मीरमा आक्रमण गर्ने र तिनका मालिकले ठूलो मूल्य चुकाउनुपर्छ : || हजुरबुवाबाटै ५ वर्षीया नातिनी बलात्कृत || श्रीमानविरुद्ध बलात्कारको मुद्दा || बृहत स्वास्थ्य शिविर || आचारसंहिता उल्लङ्घनका ३९३ घटना || महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा || नरैनापुरमा धार्मिक मेला शुरु || सातै प्रदेशमा रासस वार्षिकोत्सव मनाइने : समाचारदाताहरू पुरस्कृत || नेपाल पत्रकार महासंघ बाराको १५ औँ बार्षिक सभा सम्पन्न || पाकिस्तान विरुद्ध नाराबाजी || लेखा समिति सभापतिको उम्मेदवार साह प्रारम्भमै नैतिक संकटमा || प्रदेश सरकारको एक वर्ष, संघीय सरकारको असहयोगले अपेक्षाकृत काम || ७८ लाख घुस आरोपमा पाठकको राजिनामा || दुखरन पासमानको दुख अब दुर हुने || आफ्नै अपरहण गराएर रकम ठग्न खोज्ने तीन पक्राउ || वड़ा नम्बर ८ सेमि फाइनलमा प्रवेश || फरार अभियुक्त पक्राउ || गौशाला उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दिएकामध्ये १ ले लिए || मौषम बदली : जनकपुरसहितका क्षेत्रमा वर्षा हुँदै || जपानी प्रविधियुक्त शितभण्डारको शिलान्यास || भारतमा आत्मघाती हमला, कम्तिमा ३४को मृत्यु || उखुवारीमा जलाएको अवस्थामा ११ वर्षीय बालिकाको लाश भेंट्यो ||
मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर

टुडे समाचारदाता कार्तिक ३०, २०७५

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत रहेका साँसद  महन्थ ठाकुरले नेपाल स्वतन्त्र राष्ट्र भएपनि नेपाली जनता अझै स्वतन्त्र हुन नसकेको बताएका छन् ।

महोत्तरी जिल्लाको जलेश्वरमा निर्मित सहिद सालिकको बिहिवार अनावरणगर्दै साँसद ठाकुरले भने,– मधेशी जनताले अझै स्वतन्त्रताको अनुभू ितगर्न सकेका छैनन् । उनले राष्ट्र बलियो हुन सीमा सुरक्षा पहिलो प्राथमिकता हुनुपर्नेमा जोडदिदै सीमा सुरक्षा बलियो नभएपछि सत्ता जुनसुकै समयमा परिवर्तन हुन सक्छ ।अहिलेको अवस्थामा कुनै पनि बेला सत्ता परिवर्तन हुन सक्ने ठाकुरले बताए ।
 ‘विदेशी राजदूतहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी यो मुलुकको नागरिक नभएको बताउने गरेका छन्’ उनले भने, देशको शासकले यस्तो जानकारी दिनु अत्यन्त दुखद हो ।
‘मधेशी जनतामाथि विभेद र भेदभाव छ’ उनले भने– एक भाषाको माध्यमबाट औपनिवेशिकता लादिएको मुलुक छ । ’त्यसैले हिंसा हुनु स्वभाविक रहेको ठाकुरले बताए ।देश संघियतामा गएपनि शासन प्रणाली अझै केन्द्रिकृत रुपमा नै सञ्चालन भईरहेको उनले आरोप लगाए ।‘ प्रहरी, प्रशासन र कर्मचारी केन्द्र सरकारकै शासन शैलीमा चलेको छ’ ठाकुरले भने, प्रदेशलाई सरकारलाई काम गर्न दिएको छैन् ।
राष्ट्रवाद र सैन्यवाद एकसाथ अघि बढेकोमा चिन्ता व्यक्तगर्दै ठाकुरले भने, ‘ यस्तो परिस्थिति खतरनाक र गम्भीर हुन सक्छ ।’नेपालमा मधेश र मधेशी जनताले परिवर्तनलाई आत्मसात गर्र्र्न सकेकोमा उनले चिन्ता व्यक्त गरे ।
कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले एकात्मक शासन सत्ताको विरुद्धमा अहिले पनि आन्दोलनको आवश्यकता रहेको औंल्याए ।
मधेश आन्दोलनका क्रममा २०७२ भदौ २३ र २५ गते महोत्तरीको जलेश्वरमा शहीद भएका रोहन चौधरी, गणेशप्रसाद चौधरी, रामविवेक यादव, वीरेन्द्र विच्छा, अमित कापर र रामशीला मण्डलको शालिक अनावरण र वाटिकाको उद्घाटन ठाकुर र प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले संयुक्त रुपमा गरे ।
कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री राउतले नेपालमा सङ्घीयता, समावेशी तथा समानुपातिकजस्ता उपलब्धि शहीदको देन रहेको बताए ।  मधेशलगायत देशका सातवटै प्रदेशमा अहिले आफ्नो शासन, प्रशासन सबै शहीदको देन भएको उल्लेखगर्दै उनले भने,  मधेश आन्दोलनका क्रममा आफ्नो ज्यानका आहुति दिएर शहीदले कोरेको बाटोमा आफूहरु सधैँ हिँडिराख्ने तथा सबै हकअधिकार प्राप्त नगरुञ्जेल सङ्घर्ष जारी रहनेछ ।
‘ एकीकृत तथा एकात्मक शासनको कारण देशमा पटक–पटक आन्दोलन भएपनि परिवर्तनको आभास मधेशी जनताले गर्न सकेको छैन्’ उनले भने–जहाँनिया शासन सत्ताको विरोधमा राणाहरुको विरुद्धमा प्रजातन्त्रको लागि आन्दोलन भयो, अब एकात्मक शासन सत्ताको विरुद्धमा आन्दोलन हुन्छ ।’
कार्यक्रममा राष्ट्रिय सभा सदस्य समेत रहेका साँसद वृशेषचन्द्र लालले अधिकारको लागि भएको आन्दोलनको उपलब्धिलाई मधेशी जनताले अझै अनुभूति गर्न नसकेको बताए ।सरकार विरुद्ध राजपाले आन्दोलन थाल्ने तयारी गरेको जनाउँदै मधेशीको अधिकार प्राप्त नभए सम्म आन्दोलन चल्ने उनले बताए ।
कार्यक्रममा प्रदेश २ का न्यायधिवक्ता दीपेन्द्र झा,लगायतका वक्ताहरुले देशका सबै राजनीतिकर्मीलाई शहीदले जुन उद्देश्यको कामना गर्दै सहादत दिएका छन् ती उद्देश्य पूरा गर्न सधैँ तत्पर रहन सुझाव दिए ।
वाटिका निर्माणमा प्रदेश २ का मुख्यन्यायधिवक्ता झाले आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।जलेश्वर उपमहानगरपालिकाका प्रमुख रामशंकर मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा संघिय साँसद चन्दा चौधरी, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेश साँसद रानी शर्मा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

 

Comment Box

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज...

काँग्रेसमा अब कोईरालाहरु एक भईसकेको उल्लेखगर्दै उनले भनिन् ‘हामी...

प्रदेश सरकारको १ वर्ष पुरा गरेको अवसरमा उपलब्धि सार्वजनिक गर्न...

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई हराएको छ...

काठमाडौं । भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी सेनाको विमान...

सर्लाही । सवारी दुर्घटना न्युनिकरण तथा सुरक्षित यात्राका लागि...

मलंगवा ।जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले माघ महिनामा भएका ...

मलंगवा । भारतको जम्मु कश्मिरको पुल्बामा भएको आतंककारी हमलामा...

वीरगंज । नेपाल लायन्स फाउण्डेशनको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न भएको...

जनकपुरधाम । नेपाल चेम्बर अफ कमर्सले शाखा विस्तार गर्ने क्रममा...

गौशाला । राहत शिक्षक संघर्ष समिती महोत्तरीले फागु्न २५ गते...

चन्द्रपुर : बागमती नदीमा अवैध रूपमा करेन्ट लगाएर माछा मार्ने...

लहान । लहानबाट निकासी भएका गिट्टी वालुवा सिमावर्ती नरगीमा...

काठमाडौं : राजधानीमा शक्तिशाली भूकम्पको धक्का महसुुस भएको छ...

सिरहा : सिरहाको सुखीपुर नगरपालिका २ विद्यानगरस्थित सिकिया पोखरीको विवादमा...

लहान । सशस्त्र प्रहरी वलले वेवारिसे अवस्थामा कटुवा पेस्तोल...

बुटवल । प्रदेश ५ सरकारले बुटवलमा विशेष कार्यक्रम गरी प्रथम...

सागरनाथले तीन छोराछोरी खेतीपाती गरेरै हुर्काउनुभयो । जेठी छोरीको बिहे...

नयाँ दिल्ली : भारत प्रशासित कश्मीरमा बिहीबार भएको आक्रमणमा...

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा वडा नम्बर ११ अमिलेमा ...

डोटी : शिखर नगरपालिका वडा नम्बर ६ की एक...

तुलसीपुर : तुलसीपुर–२ की ८२ वर्षीय सरस्वती वलीले लामो...

काठमाडौँ : प्रेस काउन्सिल नेपालले एक वर्षमा पत्रकार आचारसंंहिता...

काठमाडौँ : एनसिएल स्पोर्टस् प्रालिले महिला टि–२० क्रिकेट लिग...

नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका–२ मियापुर्वामा आजदेखि खलिफा सैयद...

काठमाडौँ : राष्ट्रिय समाचार समिति (रासस) ले यही फागुन...

जीतपुर : नेपाल पत्रकार महासंघ संघ बाराको १५ औँ बार्षिक...

अखिल भारतीय विद्यार्थी परिषद, रकसौल नगर इकाईले जम्मू कश्मीर...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल...

जनकपुरधाम । प्रदेश २ मा सरकार गठन भएको एक वर्ष...

पाठक हटेपछि सत्तारुढ दलले आफ्ना एकजना कार्यकर्तालाई आयुक्तमा बहाल गर्ने...

जनकपुरधाम : हेल्प मधेशीको आर्थिक सहयोगले घरविहिन दुखारन पासमानको...

जनकपुरधाम : आफ्नै अपरहण गराएर झूठो नाटक गरी रकम...

रौतहट : रौतहट जिल्लाको गौरमा जारी रहेको गौर नगरस्तरीय...

रौतहट: हत्या गर्ने उदेश्यले गोली हानि फरार भएका एक...

गौशाला । महोत्तरीको गौशाला उद्योग वाणिज्य संघका लागि मनोनयन...

जनकपुरधाम : पश्चिमी वायुको प्रभावले तीन दिनसम्म बदली र वर्षाको...

राजविराज । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्वर–१५ स्थित देउरी–भरुवामा...

नयाँदिल्ली । भारतको कश्मीरमा विहिवार भएको आतंककारी आत्मघाती हमलामा कम्तिमा...

धनुषामा ११ वर्षीय बालिकाको विहिवार लास फेला परेको छ...