दिपु मिश्र
कार्तिक ३०, २०७५
चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा कडाई गरेको भएपनि घरेलु मदिरा नियन्त्रण हुन सकेको छैन् ।
प्रहरीको आखा छल्न मदिरा ओसार पोसारमा महिला संलग्न हुने गरेको पाइएको छ । महिलामाथि प्रहरीको शंका नहुने भन्दै उनीहरूको संलग्नता रहेको पाइएको हो । ईलाका प्रहरीले अबैध रक्सी सहित २८ जनालाई पक्राउ गरेकामा १६ जना महिला छन ।
यसअघि जिल्ला प्रहरीले पक्राउ गरेकामध्ये अधिकांश महिला नै थिए । मदिरा ओसारपसारमा महिलाको संलग्नता बढी हुने गरेको प्रहरीको भनाइ छ । ओसार पोसार र उत्पादन गर्नमा पनि महिला नै अग्रसर भएको पाइएको प्रहरीको भनाई छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी युवराज खडकाले जिल्लाभरि अबैध मदिरा उत्पादन गर्ने भट्टी नष्टको अभियान चलाएका छौं, उनले भने, प्रहरीको आखा छलेर कतै सञ्चालन गरिएको पाइए पक्रेर कारबाही गर्छौं । जिल्लाको उत्तरी भेगको भोलनटार, ईपिलीघरी, अरुणबस्ती, चन्द्रनिगाहपुर, मैरा, नयाँबस्ती लगायत क्षेत्रका बस्तीको घर घरमा घरेलु मदिरा उत्पादन हुने गरेको छ । यस्ता मदिरा जिल्ला भरिका हाटबजारमा खुलेआम बिक्री गरिन्छ । प्रहरीले कैयौंपटक छापा मारी नष्ट गरेको थियो । तर स्थानीयले उत्पादनलाई निरन्तरता दिने गरेको पाइएको छ । पर्वका बेला रमाइलाका लागि मानिसले बढी मदिरा पिउने र विभिन्न खाले घटना हुने हुँदा यस्तो समयमा बढी ध्यान दिनुपर्ने प्रहरीको भनाई छ ।