Mon, 18 Feb 2019
ताजा समाचार
ट्रक दुर्घटना हुँदा दुईको मृत्यु || तीन कोइराला एउटै मालामा || काँग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध , मधेशी सहिद पार्क बनाउने निर्णय || मेस्सीको निर्णायक गोलले बार्सिलोना विजयी || भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी विमान कोलम्बियामा || सर्लाहीमा ट्राफिक कम्युनिकेशन एप्लिकेसन मार्फत सवारीसाधनको चेकजाँच || माघ महिनाको सवारी दुर्घटनाको विवरण सार्वजनिक : ९ को || भारतीय सुरक्षाकर्मीहरुलाई श्रद्धाञ्जली दिन मलंगवामा मैनबत्ती जुलुस निकालियो || लायन्स फाउण्डेशनको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न || चेम्बर अफ कमर्स द्वारा विपन्न तथा दलित समुदायका सयौं || राहत शिक्षकको चौथो अधिवेशन फागुन २५ गते हुने || रोकिएन करेन्ट लगाएर माछा मार्ने प्रक्रिया || रोकिएन गिट्टी वालुवा तस्करी,एसपी श्रेष्ठलाई चुनौती || राजधानीमा भूकम्पको धक्का || सिरहामा पोखरीको विवादमा झडप हुँदा ११ घाइते, प्रहरीले चलाए गोली || असनपुरमा वेवारिसे अवस्थामा पेस्तोल फेला || प्रदेश ५ सरकारको स्थापना दिवस || खेतबारी हराभरा भएपछि चिन्ता छैन केही, विदेश पनि यही || कश्मीरमा आक्रमण गर्ने र तिनका मालिकले ठूलो मूल्य चुकाउनुपर्छ : || हजुरबुवाबाटै ५ वर्षीया नातिनी बलात्कृत || श्रीमानविरुद्ध बलात्कारको मुद्दा || बृहत स्वास्थ्य शिविर || आचारसंहिता उल्लङ्घनका ३९३ घटना || महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा || नरैनापुरमा धार्मिक मेला शुरु || सातै प्रदेशमा रासस वार्षिकोत्सव मनाइने : समाचारदाताहरू पुरस्कृत || नेपाल पत्रकार महासंघ बाराको १५ औँ बार्षिक सभा सम्पन्न || पाकिस्तान विरुद्ध नाराबाजी || लेखा समिति सभापतिको उम्मेदवार साह प्रारम्भमै नैतिक संकटमा || प्रदेश सरकारको एक वर्ष, संघीय सरकारको असहयोगले अपेक्षाकृत काम || ७८ लाख घुस आरोपमा पाठकको राजिनामा || दुखरन पासमानको दुख अब दुर हुने || आफ्नै अपरहण गराएर रकम ठग्न खोज्ने तीन पक्राउ || वड़ा नम्बर ८ सेमि फाइनलमा प्रवेश || फरार अभियुक्त पक्राउ || गौशाला उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दिएकामध्ये १ ले लिए || मौषम बदली : जनकपुरसहितका क्षेत्रमा वर्षा हुँदै || जपानी प्रविधियुक्त शितभण्डारको शिलान्यास || भारतमा आत्मघाती हमला, कम्तिमा ३४को मृत्यु || उखुवारीमा जलाएको अवस्थामा ११ वर्षीय बालिकाको लाश भेंट्यो ||
मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ

टुडे समाचारदाता मंसिर १, २०७५

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी नेता समेत रहेका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको तयारी सुरु भएको छ ।
मुख्यमन्त्री योगीको जनकपुरधाममा हुने भ्रमण तयारीको क्रममा नेपालस्थित भारतीय राजदूत मञ्जिवसिंह पुरी लगायतको टोलीले विभिन्न क्षेत्रसित छलफल गरेको छ ।
राजदूत पुरीले जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवसित रामजानकी विवाहमहोत्सवको कार्यक्रमहरुबारे विस्तृत छलफल गरेका छन् ।मुख्यमन्त्री योगीले यस पटक अयोध्याबाट सन्तहरु सम्मिलित जन्तीको नेतृत्वगर्दै जनकपुरधाम रामजानकी विवाहमहोत्सवमा सहभागि हुन आउन लागेका हुन् ।
‘रामजानकी विवाहमहोत्सवमा उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी आउने निश्चित भएको छ ’उत्तराधिकारी महन्त दासले भने, अन्य अतिथिहरुको आउने सुनिश्चितता हुने क्रममा छ ।
भारतीय राजदूत पुरीले प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतसितपनि छलफल गरेका छन् ।मुख्यमन्त्री राउत र पुरी नेतृत्वको भारतीय टोलीसित छलफल भएको बताईएको छ ।मुख्यमन्त्री योगीको भ्रमणले भारतीय पर्यटकहरुको आकर्षण जनकपुरधामप्रति अत्यधिक बढने विश्वास गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम आएको ७ महिना भित्रै भारत सरकारका कयौं मन्त्री, साँसद, विधायकहरुले जनकपुरधामको भ्रमण गरिसकेका छन् ।भारतीय पर्यटकहरुको आगमनमा उल्लेख्य बृद्धि भएको छ ।
मन्दिरका महन्थ समेत रहेका मुख्यमन्त्री योगीसित कयौं स्थानका महन्थ लगायतका विशिष्ट सन्तहरु जनकपुरधाम आउने बताईएको छ ।जानकी मन्दिरको आग्रहमा हरेक वर्ष अयोध्याबाट जनकपुरधाममा जन्ती आउने गरेको छ ।जन्तीको स्वागतको विशेष तयारी प्रारम्भ भईसकेको उत्तराधिकारी महन्थ दासले बताए ।मंसिर २८ गते रामजानकी विवाहमहोत्सव परेको छ । 
स्रोतहरुका अनुसार मुख्यमन्त्री योगीको सुरक्षा, विवाहमहोत्सवको मुख्य कार्यक्रमहरुमा सहभागिता लगायतका विषयहरुमा भारतीय राजदूतले विभिन्न निकायहरुसित छलफल गरेका छन् ।राजदूत पुरीसँगै वीरगञ्ज स्थित भारतीय वाणिज्य दूतावासका प्रमुख पीसी प्रधान समेत छलफलमा सहभागि थिए ।
मुख्यमन्त्री योगीले दीपावलीको अवसरमा अयोध्यामा आयोजित विशेष कार्यक्रममा जन्ती लिएर जनकपुरधाम जाने घोषणा गरेका थिए ।उनले अध्योध्यामा राममन्दिर निर्माण गर्ने संकेतदिदै जनकपुरधामसितको सम्बन्ध प्रधानमन्त्री मोदीको भ्रमणले प्रगाढ बनेको बताएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधामन्त्री मोदीले संयुक्त रुपमा गत वैशाख २९ गते जनकपुरधाम–अयोध्या बस सेवा शुभारम्भ गरेका थिए ।तर सात महिना वितिसक्दापनि सेवा नियमित हुन सकेको छैन् ।जनकपुरधामबाट गएको बस फर्किएपछि हाल सम्म अयोध्याबाट बस आएको छैन् ।मुख्यमन्त्री योगीको आगमनसँगै बस सेवालाई निरन्तरता दिने कार्य अगाडी बढने छ ।
भारतको अत्यन्त महत्वाकांक्षी योजनाहरु मध्ये मानिएको रामायण सर्किटमा जनकपुरधामलाई जोडिएको छ ।बस, रेल लगायतका यातायात साधनहरुबाट जनकपुरधामलाई अयोध्यासित सोझै जोडिने कार्यक्रम रहेको छ ।रामायण सर्किटमा जोडिएपछि जनकपुरधाममा हिन्दू पर्यटकहरुको आगमनमा भारी बृद्धि हुने संभावना छ ।
रामजानकी विवाहमहोत्सवलाई भव्यता प्रदान गर्न प्रदेश सरकारले ५० लाख रुपैया उपलब्ध गराएको छ ।भारतले उपलब्ध गराएको १ अर्व मध्ये जानकी मन्दिरको सौन्दर्यीकरणको कार्य प्रारम्भ भईसकेको छ ।

 

Comment Box

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज...

काँग्रेसमा अब कोईरालाहरु एक भईसकेको उल्लेखगर्दै उनले भनिन् ‘हामी...

प्रदेश सरकारको १ वर्ष पुरा गरेको अवसरमा उपलब्धि सार्वजनिक गर्न...

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई हराएको छ...

काठमाडौं । भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी सेनाको विमान...

सर्लाही । सवारी दुर्घटना न्युनिकरण तथा सुरक्षित यात्राका लागि...

मलंगवा ।जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले माघ महिनामा भएका ...

मलंगवा । भारतको जम्मु कश्मिरको पुल्बामा भएको आतंककारी हमलामा...

वीरगंज । नेपाल लायन्स फाउण्डेशनको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न भएको...

जनकपुरधाम । नेपाल चेम्बर अफ कमर्सले शाखा विस्तार गर्ने क्रममा...

गौशाला । राहत शिक्षक संघर्ष समिती महोत्तरीले फागु्न २५ गते...

चन्द्रपुर : बागमती नदीमा अवैध रूपमा करेन्ट लगाएर माछा मार्ने...

लहान । लहानबाट निकासी भएका गिट्टी वालुवा सिमावर्ती नरगीमा...

काठमाडौं : राजधानीमा शक्तिशाली भूकम्पको धक्का महसुुस भएको छ...

सिरहा : सिरहाको सुखीपुर नगरपालिका २ विद्यानगरस्थित सिकिया पोखरीको विवादमा...

लहान । सशस्त्र प्रहरी वलले वेवारिसे अवस्थामा कटुवा पेस्तोल...

बुटवल । प्रदेश ५ सरकारले बुटवलमा विशेष कार्यक्रम गरी प्रथम...

सागरनाथले तीन छोराछोरी खेतीपाती गरेरै हुर्काउनुभयो । जेठी छोरीको बिहे...

नयाँ दिल्ली : भारत प्रशासित कश्मीरमा बिहीबार भएको आक्रमणमा...

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा वडा नम्बर ११ अमिलेमा ...

डोटी : शिखर नगरपालिका वडा नम्बर ६ की एक...

तुलसीपुर : तुलसीपुर–२ की ८२ वर्षीय सरस्वती वलीले लामो...

काठमाडौँ : प्रेस काउन्सिल नेपालले एक वर्षमा पत्रकार आचारसंंहिता...

काठमाडौँ : एनसिएल स्पोर्टस् प्रालिले महिला टि–२० क्रिकेट लिग...

नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका–२ मियापुर्वामा आजदेखि खलिफा सैयद...

काठमाडौँ : राष्ट्रिय समाचार समिति (रासस) ले यही फागुन...

जीतपुर : नेपाल पत्रकार महासंघ संघ बाराको १५ औँ बार्षिक...

अखिल भारतीय विद्यार्थी परिषद, रकसौल नगर इकाईले जम्मू कश्मीर...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल...

जनकपुरधाम । प्रदेश २ मा सरकार गठन भएको एक वर्ष...

पाठक हटेपछि सत्तारुढ दलले आफ्ना एकजना कार्यकर्तालाई आयुक्तमा बहाल गर्ने...

जनकपुरधाम : हेल्प मधेशीको आर्थिक सहयोगले घरविहिन दुखारन पासमानको...

जनकपुरधाम : आफ्नै अपरहण गराएर झूठो नाटक गरी रकम...

रौतहट : रौतहट जिल्लाको गौरमा जारी रहेको गौर नगरस्तरीय...

रौतहट: हत्या गर्ने उदेश्यले गोली हानि फरार भएका एक...

गौशाला । महोत्तरीको गौशाला उद्योग वाणिज्य संघका लागि मनोनयन...

जनकपुरधाम : पश्चिमी वायुको प्रभावले तीन दिनसम्म बदली र वर्षाको...

राजविराज । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्वर–१५ स्थित देउरी–भरुवामा...

नयाँदिल्ली । भारतको कश्मीरमा विहिवार भएको आतंककारी आत्मघाती हमलामा कम्तिमा...

धनुषामा ११ वर्षीय बालिकाको विहिवार लास फेला परेको छ...