Thu, 13 Dec 2018
ताजा समाचार
मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध || अयोध्या–जनकपुर रामजानकी राजमार्ग, उत्तरप्रदेशले सहयोग गर्न प्रतिबद्ध || मोदी र यादवबीच भेंट || सडक दुर्घटनामा परी एक जनाको मृत्यु || योगी जनकपुरधाममा || स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो || तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु ||
योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा

टुडे समाचारदाता मंसिर २, २०७५

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतले विमानस्थलमा स्वागत गर्ने संभावना छ ।

नेपालको परराष्ट्र मन्त्रालयबाट भ्रमण सम्बन्धी औपचारिक प्रकृयाहरु पुरा भईसकेको स्रोतले जनाएको छ ।प्रदेश २ का मुख्यमन्त्री राउतले भारत उत्तर प्रदेशका समकक्षी योगीलाई विमान स्थलमा स्वागत गर्ने बताईएको छ ।

स्रोतहरुका अनुसार मुख्यमन्त्री योगी विवाहपञ्चमीकै दिन जनकपुरधाम विमानबाट आउने छन् ।उनी रामजानकी विवाह महोत्सवको बारहबिघा मैदानमा हुने स्वयंवर समारोह र जानकी मन्दिरमा दर्शन पुजा गर्ने कार्यक्रम छ ।जनकपुरधाममा पहिलो पटक आउन थालेका मुख्यमन्त्री योगी सोही दिन फर्किने बताईएको छ ।

औपचारिक रुपमा भारती दुतावास र नेपाल सरकार अथवा प्रदेश सरकारले भ्रमणको कार्यक्रम सार्वजनिक नगरेपनि स्रोतहरुका अनुसार मुख्यमन्त्री योगी लखनउबाट सोझै विमानले जनकपुरधाम आउने कार्यक्रम छ ।उनलाई विमानस्थलमा स्वागत गर्न संघिय सरकारका एकजना मन्त्री समेत रहने बताईएको छ ।

सत्तारुढ भारतीय जनता पार्टीमा प्रभावशाली नेताहरु मध्ये गनिने मुख्यमन्त्री योगी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अत्यन्त विश्वासपात्र मानिन्छ ।वैशाख २९ गते मोदी जनकपुरधाम आएका थिए ।योगीको भ्रमणले जनकपुरधाममा धार्मिक पर्यटकको संख्यामा अत्यधिक बृद्धि हुने विश्वास गरिएको छ ।

स्रोतहरुका अनुसार मुख्यमन्त्री योगीको सम्मानमा प्रदेश २ सरकारले मधेश भवन(जनकपुर चुरोट कारखाना परिसर)मा भण्डारा गरिने संभावना छ ।भण्डारामा योगी सहित भारतको अयोध्याबाट जन्ती आएका साधुसन्तहरु समेतको सहभागिता रहनेछ ।जानकी मन्दिर स्रोतका अनुसार भण्डारामा करिब १ हजारको सहभागिता हुनेछ ।

प्रदेश सरकारले जानकी मन्दिरलाई विवाहपञ्चमीका लागि ५० लाख रुपैया उपलब्ध गराएको छ ।जन्ती आउने साधुहरुलाई जानकी मन्दिरले यस पटक धोती गम्छा र ओढने कम्बल बिदाई गर्ने तयारी गरेको छ ।भारतका कयौं स्थानका महन्थ र प्रवचनकर्ताहरुको आगमन विवाहमहोत्सवमा हुने मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले बताए ।

विगतमा विशिष्ट व्यक्तिहरुको सवारीको कारण विवाहमहोत्सव भाडिने अवस्था आउन नदिन विशेष प्रबन्ध मिलाईने तयारी भईरहेको छ ।मुख्यमन्त्री योगी मन्दिरमा दर्शनपुजा र स्वयंवर लगायतका कार्यक्रमहरुमा सहभागि भएपनि सर्वसधारणलाई दर्शन पुजामा कुनै व्यवधान नहुने तयारी भईरहेको मन्दिरले जनाएको छ ।

विशिष्ट व्यक्तिहरुको सवारी विवाहपञ्चमीको दिन हुँदा सर्वसधारणलाई सास्ती हुने गरेकाले विशेष सजगता अपनाइने उत्तराधिकारी महन्त वैष्णवले जनाए ।भ्रमणको वन्दोवस्तको सुरक्षा लगायतका तयारी प्रदेश र संघिय सरकारको रहेको उनले बताए ।

मंसिर २६ गते (डिसेम्वर १२ तारेख)को रामजानकी विवाहमहोत्सव परेको छ ।सो दिन प्रदेश सरकारले सार्वजनिक विदा घोषणा गरिसकेको छ ।विगत वर्षहरुको तुलनामा यस पटक महोत्सवमा जनसहभागिता बढी रहने अनुमान गरिएको छ । उत्तरप्रदेशका मुख्यमन्त्री जन्ती सहित जनकपुरधाम आउन लागेको समाचारलाई भारतीय सञ्चार माध्यमहरुले समेत प्राथमिकताका साथ प्रकाशन , प्रशारण गरेका छन् ।

त्रेताकालमा जनकपुरधाम र अयोध्याबीच पारिवारीक सम्बन्ध गासिएको हो ।भगवती सीताको भगवान रामसित विवाह सम्पन्न भएको संस्मरणमा मिथिला परम्परा अनुसार हरेक वर्ष जानकी मन्दिरले रामजानकी विवाहमहोत्सवको आयोजनागर्दै आएको छ ।केहि वर्षदेखि अयोध्याबाट साधुसन्तहरुको जन्ती आउने र उनीहरु राममन्दिरको तर्फबाट वैवाहिक कार्यक्रमहरुमा सहभागि हुने गरेका छन् ।

योगीको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मीहरु समेत रहने छन् ।भारतीय वाणिज्य दूतावास वीरगञ्जले विवाहपञ्चमीको दुई दिन अगावैदेखि होटेलहरुमा कोठा बुकिंग गरेको छ ।योगीको आगमन पूर्व नै सत्तारुढ दलका कयौं नेता र सुरक्षाकर्मीहरु आउने बुझिएको छ ।उनीहरुका लागि होटेलमा अग्रिम बुकिंग गरिएको छ ।

विवाहमहोत्सव सम्म जानकी मन्दिर वरिपरिका सडकहरु पूर्ण रुपमा व्यवस्थित हुन सक्ने संभावना नरहेकाले सुरक्षा चुनौती थपिएको अधिकारीहरुले जनाएका छन् ।भारतमा योगीलाई ‘जेड श्रेणी’को सुरक्षा व्यवस्था उपलब्ध गराईएको छ ।

अभियुक्तहरुको खोजीमा प्रहरी जुटेपनि हाल सम्म फेला पर्न नसकेको उनले बताए ।दोषीहरु घरमा नरहेकाले फेला पार्न केहि कठिनाई भएपनि चाँडै पक्राउ पर्ने एसपी ढकालले बताए ।

तर अधिकारकर्मीहरुले बलात्कार जस्ता जघन्य अपराधका अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरीले ढिलासुस्ती गर्नु दुखद भएको बताए ।प्रहरीको ढिलासुस्तीबाट आक्रोशित बनेका अधिकारकर्मीहरुले तत्काल पक्राउ गरी कार्वाही नगरिए प्रहरी विरुद्ध संघर्षमा उत्रने धम्की दिएका छन् ।

दलित नेताहरुले प्रहरीको भूमिका शंकाष्पद भएको जनाउँदै पीडितलाई नै प्रभावित गर्न अनेक प्रलोभन दिन थालिएको अवस्थामा दोषीहरुलाई पक्राउ गर्न ढिलाई हुनु मिलोमतो तर्फ संकेत गरेको आरोप लगाए ।पीडित महिलाको घर रहेको टोलका बासिन्दाहरु दोषीलाई कार्वाह ीगर्न प्रहरीमाथि दवाव बढाउन थालेका छन् ।

Comment Box

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...

जनकपुरधाम । भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल...

काठमाण्डु । एकता महाधिवेशनको तयारीमा रहेको संघिय समाजवादी फोरम नेपालका...

सिरहा। पूर्वपश्चिम लोमार्ग अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सोनापुर नजिक सडक...

जनकपुरधाम : भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका...

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...