Thu, 13 Dec 2018
ताजा समाचार
मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध || अयोध्या–जनकपुर रामजानकी राजमार्ग, उत्तरप्रदेशले सहयोग गर्न प्रतिबद्ध || मोदी र यादवबीच भेंट || सडक दुर्घटनामा परी एक जनाको मृत्यु || योगी जनकपुरधाममा || स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो || तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु ||
प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद

टुडे समाचारदाता मंसिर ३, २०७५

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र विवाद देखिएको छ ।प्रदेश सरकारमा विपक्षी दलका नेता रामसरोज यादव यादवले प्रदेशको नाम मिथिला–भोजपुरा हुनुपर्ने धारणा सार्वजनिक गरेको मञ्चबाट सो पार्टीका साँसद स्मृतीनारायण चौधरीले मिथिला मात्र राख्नु पर्ने बताए ।

नेपाली काँग्रेसको राजनीतिक प्रस्ताव मस्यौदा सम्बन्धमा राय, सुझाव संकलनका लागि आईतवार यहाँ आयोजित प्रदेश स्तरीय कार्यशाला गोष्ठिमा बोल्दै साँसद चौधरीले भने, ‘दुई वटा नाम जोडेर नामाकरणगर्दा पछि समस्या आउनेछ ।’प्रदेशको नाम मिथिला राख्नुपर्नेमा उनले जोड दिए ।

तर प्रदेसमा काँग्रेसका नेता यादवले मिथिला–भोजपुरा नामाकरण गर्नुपर्नेमा जोड दिए ।केहि दिन पूर्व सम्म उनीपनि मिथिला राज्यको पक्षमा रहेका थिए ।काँग्रेस मिथिला राज्यको पक्षमा देखिए पर्सा जिल्लामा उसको जनाधार खस्कने खतरा व्याप्त छ ।

नामाकरण र राजाधनीको टुंगो लगाउन सुझाव संकलनका लागि प्रदेश सरकारले गठन गरेको आयोगले काम थालिसकेको छ ।डेढ महिनाको समयावधी तोकिएको आयोगले हाल सम्म जिल्लागत रुपमा सुझाव संकलन गरेको छैन् ।तर सुझाव संकलनका लागि आवश्यक ढाँचा तयारी भईरहेको बताईएको छ ।

प्रदेशको राजधानी जनकपुरधाम रहनेमा सत्तापक्ष र विपक्षीहरुबीच खासै विवाद देखिएको छैन् ।राजधानीको लागि प्रारम्भमा वीरगञ्जमा भएको आन्दोलन मत्थर भईसकेको छ ।

संघिय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी(राजपा)नेपाल मधेश प्रदेशको पक्षमा छन् ।फोरम र राजपाको गठबन्धन सरकारले प्रदेशको नाम मधेश प्रदेश नै राखिने अडानमा छन् । नामको विषयमा सत्तापक्ष एकजुट रहे जस्तै मधेश प्रदेशको विरोधमा दुवै विपक्षी दल नजिक छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)पनि मिथिला भोजपुरा प्रदेशमा सहमत हुन सक्ने संभावना छ । सत्तापक्षले एउटै नाम प्रस्ताव गरे जस्तो विपक्षी दलहरु भने अझै कुनै एउटै नाममा सहमत हुन सकेका छैनन् ।नेकपाको पूर्व माओवादी केन्द्रले मिथिला–भोजपुरालाई जनयुद्धको नारा स्थापित हुने ढंगले बुझेको छ ।‘मिथिला–भोजपुरा’ माओवादीले जनयुद्धकालमा गठन गरेको प्रादेशिक संरचनाको नाम हो ।एमाले भने मिथिला, जनक, जानकी, जनकपुरधाम, विदेह लगायतका नाममा जोड दिएको देखिन्छ ।

प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेश सभामा दुई तिहाई बहुमत अनिवार्य छ ।त्यो संख्या सत्ता र प्रतिपक्ष दुवैसित पुग्ने छाँट देखिएको छैन् ।प्रदेशको नामाकरणका लागि सत्तापक्षमाथि विपक्षी दलहरुले दवाव बढाउदै आएका छन् ।सरकारले सदनमा प्रस्ताव नल्याए विपक्षीहरुले नै ल्याउने धम्की दिन थालेपछि सरकारले आयोग गठन गरेको बताईएको छ ।

प्रदेशको नामाकरणमा काँग्रेसमा विवाद देखिएपछि सत्तापक्षले केहि राहत महसुस गरेको हुन सक्छ ।चौधरीले मिथिला प्रदेश नभए भोजपुरा जोड्नुको औचित्य नरहने आशय व्यक्त गरे ।जिल्ला राजनीतिमा चौधरी र यादव निधि खेमामा नै छन् ।

नेकपामा संसदीय दल नेताको विषयमा उत्पन्न गंभीर विवाद र काँग्रेसमा देखिएको किचलोलाई प्रदेश सरकारले ‘अनुकुल’बनाउने रणनीति लिएको बताईन्छ ।

नामाकरण र राजधानी सम्बन्धी प्रस्तावलाई दुई तिहाई बहुमतबाट पारित गर्न सत्तारुढ गठबन्धनले विपक्षी दलहरु नेकपा र काँग्रेस मध्ये एउटाको समर्थन लिनै पर्ने बाध्यता छ ।सदनमा त्यो सुनिश्चितता नभए सम्म प्रदेश सरकारले प्रस्ताव लाने जोखिम मोल्न चाहेको छैन् ।

आयोगको सुझाव संकलनका लागि आवश्यकता अनुसार समय थप गर्न सक्ने सत्तारुढ दलका साँसदहरुको कथन छ । प्रदेश सभाको दोस्रो अधिवेशनमा नामाकरण र राजधानीको प्रस्ताव पेशहुने संभावना नरहेको साँसदहरुले बताए ।

Comment Box

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...

जनकपुरधाम । भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल...

काठमाण्डु । एकता महाधिवेशनको तयारीमा रहेको संघिय समाजवादी फोरम नेपालका...

सिरहा। पूर्वपश्चिम लोमार्ग अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सोनापुर नजिक सडक...

जनकपुरधाम : भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका...

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...