सुरेन्द्र सिंह
मंसिर ३, २०७५
जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ ।उत्तर प्रदेश राज्य पथ परिवहन सेवाको बस आईतवार जनकपुर आएर फर्केको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा वैशाख २९ गते प्रारम्भ गरेको जनकपुरधाम–अयोध्या बस सेवा नियमित हुन सकेको थिएन् ।
उत्तरप्रदेशका मुख्यमन्त्री रामजानकी विवाहमहोत्सवमा सहभागि हुन आउने निश्चित भएपछि अयोध्या–जनकपुरधाम बस सेवा सुरु भएको छ ।उत्तर प्रदेश सरकारले बस सेवा सञ्चालनलाई नियमित बनाएपनि नेपालबाट बस सेवा सञ्चालन हुन सकेको छैन् ।
‘उत्तरप्रदेश सरकारले बस सेवा नियमित गरेको छ’ जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले भने, अब नेपालबाट पनि बस सेवा सञ्चालनको प्रकृया अगाडी बढाईनेछ ।
हप्तामा एक अथवा दुई दिन बस सेवा सञ्चालन गर्न सकिने उनले बताए ।