Sun, 17 Feb 2019
ताजा समाचार
ट्रक दुर्घटना हुँदा दुईको मृत्यु || तीन कोइराला एउटै मालामा || काँग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध , मधेशी सहिद पार्क बनाउने निर्णय || मेस्सीको निर्णायक गोलले बार्सिलोना विजयी || भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी विमान कोलम्बियामा || सर्लाहीमा ट्राफिक कम्युनिकेशन एप्लिकेसन मार्फत सवारीसाधनको चेकजाँच || माघ महिनाको सवारी दुर्घटनाको विवरण सार्वजनिक : ९ को || भारतीय सुरक्षाकर्मीहरुलाई श्रद्धाञ्जली दिन मलंगवामा मैनबत्ती जुलुस निकालियो || लायन्स फाउण्डेशनको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न || चेम्बर अफ कमर्स द्वारा विपन्न तथा दलित समुदायका सयौं || राहत शिक्षकको चौथो अधिवेशन फागुन २५ गते हुने || रोकिएन करेन्ट लगाएर माछा मार्ने प्रक्रिया || रोकिएन गिट्टी वालुवा तस्करी,एसपी श्रेष्ठलाई चुनौती || राजधानीमा भूकम्पको धक्का || सिरहामा पोखरीको विवादमा झडप हुँदा ११ घाइते, प्रहरीले चलाए गोली || असनपुरमा वेवारिसे अवस्थामा पेस्तोल फेला || प्रदेश ५ सरकारको स्थापना दिवस || खेतबारी हराभरा भएपछि चिन्ता छैन केही, विदेश पनि यही || कश्मीरमा आक्रमण गर्ने र तिनका मालिकले ठूलो मूल्य चुकाउनुपर्छ : || हजुरबुवाबाटै ५ वर्षीया नातिनी बलात्कृत || श्रीमानविरुद्ध बलात्कारको मुद्दा || बृहत स्वास्थ्य शिविर || आचारसंहिता उल्लङ्घनका ३९३ घटना || महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा || नरैनापुरमा धार्मिक मेला शुरु || सातै प्रदेशमा रासस वार्षिकोत्सव मनाइने : समाचारदाताहरू पुरस्कृत || नेपाल पत्रकार महासंघ बाराको १५ औँ बार्षिक सभा सम्पन्न || पाकिस्तान विरुद्ध नाराबाजी || लेखा समिति सभापतिको उम्मेदवार साह प्रारम्भमै नैतिक संकटमा || प्रदेश सरकारको एक वर्ष, संघीय सरकारको असहयोगले अपेक्षाकृत काम || ७८ लाख घुस आरोपमा पाठकको राजिनामा || दुखरन पासमानको दुख अब दुर हुने || आफ्नै अपरहण गराएर रकम ठग्न खोज्ने तीन पक्राउ || वड़ा नम्बर ८ सेमि फाइनलमा प्रवेश || फरार अभियुक्त पक्राउ || गौशाला उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दिएकामध्ये १ ले लिए || मौषम बदली : जनकपुरसहितका क्षेत्रमा वर्षा हुँदै || जपानी प्रविधियुक्त शितभण्डारको शिलान्यास || भारतमा आत्मघाती हमला, कम्तिमा ३४को मृत्यु || उखुवारीमा जलाएको अवस्थामा ११ वर्षीय बालिकाको लाश भेंट्यो ||
मन्त्रालयमा पत्र अलपत्र : दलित दाजुभाईको एमबिविएस पढ्ने सपना चकनाचुर हुने सम्भावना

टुडे समाचारदाता मंसिर १३, २०७५

जनकपुरधाम : सर्लाही ईश्वरपुर नगरपालिका १ घर भएका रुकेश राम र प्रमोद रामलको एमविविएस पढ्ने सपना चकनाचुर हुने सम्भावना बढेको छ । दलितमा पर्ने चमार समुदायका रुकेश र प्रमोद दुबै दाजुभाई हुन् ।
नेपाल सरकारको छात्रबृति कोटामा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा एमविविएस दोस्रो वर्षमा अध्ययनरत उनीहरु परीक्षा दिन पाएका छैन । बढी रकम मागेको र तिर्न नसकेपछि कलेजले परीक्षा फारम नै भर्न नदिएपछि परीक्षा दिन नपाएको उनीहरुको गुनासो छ । परीक्षाबाट बंचित भएपछि दुबै दाजुभाई काठमाडौंदेखि जिल्ला प्रशासनसम्म धाए । तर कहीबाट न्याय नपाउने भएपछि उनी पाँच दिनअगाडी जनकपुर आएर प्रदेश सरकारसँग गुहार मागे । प्रदेश सरकारबाट पनि न्याय नपाउने सम्भावना बढेपछि उनीहरु निरास बनेका छन् ।
जनकपुर आएर दलित दाजुभाईले सामाजिक विकास मन्त्रालय र प्रदेशसभा अन्र्तगतको महिला बालबालिका तथा सामाजिक न्याय समितिमा उजुरी दर्ता गराए । समितिको बैठकले सामाजिक विकास मन्त्रालय मार्फत परीक्षाबाट किन बंचित गराएको यर्थात जानकारी कलेजसँग लिने निर्णय गरियो । सोमवार नै मन्त्रालयमा पत्र पठाइयो । तर पत्र मन्त्रालयमा अलपत्र परेको छ । मन्त्रालयका सचिव दिवाकर भण्डारीले समितिले पत्र पठाएको कुरा थाहा नभएको प्रतिक्रिया दिए । 
यता, राज्यमन्त्री अभिराम शर्माले समितिको पत्र मन्त्रालयमा आएको तर कलेजमा पठायो कि पठाएन भनेर मन्त्रालयका सचिवसँग बुझ्न भनेका थिए । तर सचिवले पनि पत्रबारे अनभिज्ञता जनाउँदा कलेजसँग सोधपुछ नै गर्न नचाहेको हो कि भन्ने प्रश्न उब्जेको छ । यो विषयमा बुझ्न मन्त्री नवलकिशोर साहलाई फोन गर्दा उठेन ।
कलेजको गैरकानुनी असुली धन्दाका कारण विद्यार्थी रुकेश र प्रमोद एमबिविएस परीक्षा दिनबाट बंचित भएका छन् । छात्रबृतिमा नाम निकालेपछि पठनपाठन बापत शिक्षा मन्त्रालय अन्तर्गत रहेका विश्वविद्यालय अनुदान आयोगले सम्बन्धित कलेजलाई आफैंले रकम बुझाउँछ भने विद्यार्थीलाई मासिक ५ हजारका दरले खाना र बस्ने खर्च उपलब्ध गराउँछ । आयोगका अनुसार पठनपाठन बापत आयोगले सबै रकम बुझाउने गरेको र अन्य कुनै बहानामा थप रकम विद्यार्थीबाट कलेजले असुल गर्न पाउँदैन । तर कलेजले पुस्तकालय, ल्याब र भर्ना शुल्क भनेर मोटो रकम लिएको देखिन्छ । साथै जर्वजस्ती होस्टलमा बस्न लगाएको छ । आयोगबाट वार्षिक मात्र ५ हजार पाउने विद्यार्थी होस्टलमा बस्दा १ लाख ३७ हजार तिर्नुपर्ने बाध्यता छ– उक्त कलेजमा । सोही कारण दलित दाजुभाई रुकेश र प्रमोद रकम तिर्न सकेका छैन । कलेजले रुकेशलाई करिब ११ लाख र प्रमोदलाई ९ लाख ५५ हजार ६ सय रुपैयाँको बिल थमाएको छ ।
कलेज संचालक भन्छन्– मन्त्रालय र प्रशसन धाएर केहि हुँदैन 
कलेज संचालक बसरुदीन अन्सारीले रकम नतिरेपछि रुकेश र प्रमोदलाई परीक्षा फारम भर्न नदिएको स्वीकार गरेका छन् । भन्छन्, ‘अहिले मन्त्रालय र प्रशासन धाइरहेको थाहा पाए । विभिन्न मिडियामा समाचार पनि आयो । यसले केहि हुँदैन ।’ उनको प्रश्न छ, ‘दलित हुँदैमा के भो ? रकम तिर्नु पर्दैन ?’ 
संचालक अन्सारीले कलेजमा रकम बुझाएपछि परीक्षा नदिएपनि कुनै असर नपर्ने बताए । उनले होस्टलमा सबैले बस्नुपर्ने नियम बनाएकोले उनीहरुलाई पनि बस्न लगाएको पनि स्वीकार गरेका छन् । भने, ‘होस्टल किन छ ? सबै विद्यार्थी बाहिर नै बस्यो भने समस्या हुन्छ, यहाँ पढ्ने सबैले होस्टलमा बस्नैपर्छ ।’ उनले कलेज बढी रकम नमागेको पनि दावी गरेका छन् । नेकपासँग आवद्ध अन्सारीको कलेज पटक पटक विवादमा पर्ने गरेका छन् । कलेजको बिलमाथि अनुसन्धान गर्दा गैरकानुनी धन्दाको पर्दाफास हुने एक साँसदले टुडेसँग बताए ।

 

Comment Box

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज...

काँग्रेसमा अब कोईरालाहरु एक भईसकेको उल्लेखगर्दै उनले भनिन् ‘हामी...

प्रदेश सरकारको १ वर्ष पुरा गरेको अवसरमा उपलब्धि सार्वजनिक गर्न...

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई हराएको छ...

काठमाडौं । भेनेजुएलाका लागि मानवीय सहायता बोकेको अमेरिकी सेनाको विमान...

सर्लाही । सवारी दुर्घटना न्युनिकरण तथा सुरक्षित यात्राका लागि...

मलंगवा ।जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले माघ महिनामा भएका ...

मलंगवा । भारतको जम्मु कश्मिरको पुल्बामा भएको आतंककारी हमलामा...

वीरगंज । नेपाल लायन्स फाउण्डेशनको राष्ट्रिय सम्मेलन वीरगंजमा सम्पन्न भएको...

जनकपुरधाम । नेपाल चेम्बर अफ कमर्सले शाखा विस्तार गर्ने क्रममा...

गौशाला । राहत शिक्षक संघर्ष समिती महोत्तरीले फागु्न २५ गते...

चन्द्रपुर : बागमती नदीमा अवैध रूपमा करेन्ट लगाएर माछा मार्ने...

लहान । लहानबाट निकासी भएका गिट्टी वालुवा सिमावर्ती नरगीमा...

काठमाडौं : राजधानीमा शक्तिशाली भूकम्पको धक्का महसुुस भएको छ...

सिरहा : सिरहाको सुखीपुर नगरपालिका २ विद्यानगरस्थित सिकिया पोखरीको विवादमा...

लहान । सशस्त्र प्रहरी वलले वेवारिसे अवस्थामा कटुवा पेस्तोल...

बुटवल । प्रदेश ५ सरकारले बुटवलमा विशेष कार्यक्रम गरी प्रथम...

सागरनाथले तीन छोराछोरी खेतीपाती गरेरै हुर्काउनुभयो । जेठी छोरीको बिहे...

नयाँ दिल्ली : भारत प्रशासित कश्मीरमा बिहीबार भएको आक्रमणमा...

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा वडा नम्बर ११ अमिलेमा ...

डोटी : शिखर नगरपालिका वडा नम्बर ६ की एक...

तुलसीपुर : तुलसीपुर–२ की ८२ वर्षीय सरस्वती वलीले लामो...

काठमाडौँ : प्रेस काउन्सिल नेपालले एक वर्षमा पत्रकार आचारसंंहिता...

काठमाडौँ : एनसिएल स्पोर्टस् प्रालिले महिला टि–२० क्रिकेट लिग...

नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका–२ मियापुर्वामा आजदेखि खलिफा सैयद...

काठमाडौँ : राष्ट्रिय समाचार समिति (रासस) ले यही फागुन...

जीतपुर : नेपाल पत्रकार महासंघ संघ बाराको १५ औँ बार्षिक...

अखिल भारतीय विद्यार्थी परिषद, रकसौल नगर इकाईले जम्मू कश्मीर...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल...

जनकपुरधाम । प्रदेश २ मा सरकार गठन भएको एक वर्ष...

पाठक हटेपछि सत्तारुढ दलले आफ्ना एकजना कार्यकर्तालाई आयुक्तमा बहाल गर्ने...

जनकपुरधाम : हेल्प मधेशीको आर्थिक सहयोगले घरविहिन दुखारन पासमानको...

जनकपुरधाम : आफ्नै अपरहण गराएर झूठो नाटक गरी रकम...

रौतहट : रौतहट जिल्लाको गौरमा जारी रहेको गौर नगरस्तरीय...

रौतहट: हत्या गर्ने उदेश्यले गोली हानि फरार भएका एक...

गौशाला । महोत्तरीको गौशाला उद्योग वाणिज्य संघका लागि मनोनयन...

जनकपुरधाम : पश्चिमी वायुको प्रभावले तीन दिनसम्म बदली र वर्षाको...

राजविराज । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नम्वर–१५ स्थित देउरी–भरुवामा...

नयाँदिल्ली । भारतको कश्मीरमा विहिवार भएको आतंककारी आत्मघाती हमलामा कम्तिमा...

धनुषामा ११ वर्षीय बालिकाको विहिवार लास फेला परेको छ...