Tue, 22 Jan 2019
ताजा समाचार
नापी कार्यालय बर्दिवास सञ्चालन नहुँदा सेवाग्राही मर्कामा || बर्दिवासस्थित बाँके जङ्गलमा सडक दुर्घटना हुँदा एकको मृत्यु || ड्रम पड्किएर मजदूरको मृत्यु || नीति निर्माणको संक्रमणमा स्थानीय तह : मेयर साह || गाउँ सभा सम्पन्न || जयनगर–सिरहा मार्ग आज ठप्प गरिने || चिकित्सा विधेयक जबरजस्ती ल्याए अवरोध : कोईराला || कम्युनिष्ट केन्द्र फोरममा समाहित || प्रहरीले बरामद गरेको चार किलो सुन राजस्वमा पुग्दा तामा || नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेस नेताबीच कुटाकुट || फरार वडाध्यक्षद्वारा आत्मसमर्पण || तान्जिनियाको पानी जहाजमा आगलागी, ११ जनाको मृत्यु, १४ को उद्धार || अस्ट्रेलिया एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश || वेवारीसे शिशु भेटियो || ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कपडा वितरण || गोलबजारमा नेपाल रेडक्रस उपशाखा भवन शिलान्यास || उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच वैठक सम्पन्न || डा केसीको माग पूरा || केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु || फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग || एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने || स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायणको मेला || चितुवाको छालासहित युवक पक्राउ || तीन वर्षदेखि फरार मुर्ति चोर प्रहरीको नियन्त्रणमा || दुर्गम बस्तीको विद्यालय नमूना बन्दै || प्रधानमन्त्री ओली दोहामा || दाइजोकै कारण दुई वर्षिया छोरी र आमाको हत्या , सासु || नेपाल राष्ट्र बैंकद्वारा भारतीय नोटमा प्रतिबन्ध || मधेशी आयोगमा दत्त || लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग ||
उद्योग नचल्ने भएपछि उखु पेल्दै किसान

टुडे समाचारदाता पौष १९, २०७५

बर्दिवास :  पुस तेस्रो साता सकिन लाग्दासम्म चिनी उद्योग सञ्चालनमा आउने कुनै भेउ नपाएपछि महोत्तरीका उखु किसान आफैँ उखु पेलेर सख्खर बनाउन थालेका छन् ।

 


जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डिष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग, एभरेष्ट चिनी मिल) ले यसपाली उखु क्रसिङबारे चासो नदेखाउँदा यहाँका किसान धमाधम आफ्नै गाउँ÷नगर बस्तीमा कोलमा उखु पेलेर सख्खर बनाउन थालेका हुन् ।

खेतबारीमा खुट्टी उखु (दोस्रो पटकको उत्पादन लिइने उखुबाली) सुक्न लागेपछि बाध्य भएर कोल (उखु पेल्ने घरैया मशिन, तुर्पिन) खोजेर उखु पेल्न थालिएको किसान बताउँछन् । खुट्टी उखु काट्ने समय घर्किनै लाग्दासम्म उद्योग चल्ने छाँटकाँट नदेखिएकाले आफ्नै बस्तीमा तुर्पिन भाडामा लिएर उखु पेल्न थालिएको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान हजारी महतोले बताउनुभयो ।

खुट्टी उखु मङ्सिर दोस्रो सातासँगै काटेर खाली खेतमा हिउँदेबाली लगाउन पर्नेमा यसपालि पुस तेस्रो साता बित्न लाग्दासम्म चिनी मिल नचल्ने छाँट देखिएपछि उखु सुकेर खेरजाने भएकाले पेलेर सख्खर बनाउनु परेको किसानको भनाइ छ । “के गर्नु हजुर, उखु पेल्नु भनेको आफैँ पेलिनुजस्तै हो, भन्या बेला कोल पाइँदैन, कोलको भाडा त्यस्तै महँगो, तर के गरौँ ?” बर्दिवास नगरपालिका–९ पशुपतिनगरका पुराना उखु किसान ७५ वर्षीय नथुनी महतोले भन्नुभयो, “पेलेर सख्खर बनाए केही त हात लाग्ला भनेर पेल्न थालिएको हो ।”

खुट्टी उखु काटेर खाली भएको खेतमा पुस २२ भित्र गहुँ, वैशाखी लहरे तरकारी र घाँसेबाली लगाइसक्नु पर्ने भए पनि उद्योग चल्ने आसमा पर्खदापर्खदै ढिलो हुँदा अब हिउँदे बाली लगाउने समय घर्किने किसान बताउँछन् । “भर्खर पेल्न थाल्यौँ, एक कट्ठाको उखु पेल्न नै तीन÷चार दिन लाग्छ, अब दुई बिघाको उखु कैले पेलीसक्नु ? कहिले खेतबारी खनजोत गरेर नयाँ बाली लगाउनु ?” धमाधम उखु पेलाइमा ब्यस्त रहनुभएका बर्दिवास–१२ बिजलपुराका अर्का किसान रामबिलास महतोले आफ्नो वह पोख्नुभयो ।

अन्तिम समयमा घरमै उखु पेल्ने कोल पनि नभेटेका किसानले भने सख्खर बनाउने भट्ठीलाई कौडीको मूल्यमा उखु बेच्नु परेको छ । “हामीकहाँ कोल राख्ने किसान १०÷१२ मात्र छन्, सबै कोल खोज्ने हुँदा नपाइएपछि भट्ठीले मागेकै दाममा उखु दिन परेको छ” जिल्लाको रामगोपालपुर नगरपालिका–१ को महनपुरका किसान इम्तियाज अलीले वीरक्तिँदै भन्नुभयो, “मिलमा गतसाल रु ४६५ प्रतिक्विन्टल पाइएको उखु अहिले भट्ठीबालालाई ३०० भित्रै दिनुपरेको छ, नदिउँ..त्यो पनि सुकेरै जान्छ , के गरु ?”

जिल्लामा यसपालि चार हजार हेक्टरमा मुडन (पहिलो वर्षको उखुबाली) र करीब पाँच हजार हेक्टरमा खुट्टी रहेको उखु उत्पादक किसानका प्रतिनिधिमूलक संस्था उखु उत्पादक सङ्घ र उखु उत्पादक कृषक सङ्घले जनाएका छन् । मुड्न उखु चैत मसान्तसम्म काट्न सकिए पनि खुट्टी भने काटेर खाली भएको खेतबारीमा नयाँ बाली लगाउन पाइने आसमा किसान सस्तोमा उखु बेच्न बाध्य भएका उखु उत्पादक सङ्घ रामनगरका अध्यक्ष श्याम शङ्कर बताउनुहुन्छ ।

यता किसानको गुनासोसँगै उद्योग सञ्चालकले पनि आफ्नो पीडा सुनाउने गरेका छन् । करोडौँ लगानी गरेर सञ्चालन गरिएका उद्योगबाट उत्पादित चिनी गोदाममा थन्किदा आफूहरुको विचल्ली भएको एभरेष्ट चिनी उद्योगका कार्यकारी सञ्चालक एसके शर्राफ (सरेशकुमार शर्राफ) बताउनुहुन्छ । “हाम्रो उत्पादन गोदाममा थन्किएको छ” एभरेष्ट चिनी उद्योगका कार्यकारी सञ्चालक सुरेशकुमार शर्राफले भन्नुभयो, “चिनीको आयात खुला भएकाले हाम्रो उत्पादन बिक्री भएको छैन, किसानलाई हामीले के दिनु ? अब त उद्योग नै धराशायी हुने भो..! हामी के गरौँ ?” सरकारले विज्ञसहितको टोली गठन गरेर उखुको मूल्य निर्धारण गर्दै चिनीको आयात रोकेमात्र उद्योग र किसान दुवै उक्सिने चिनी उद्योग सञ्चालक बताउँछन् ।

Comment Box

बर्दिवास : महोत्तरीस्थित उत्तरी क्षेत्रका बासिन्दा सरकारी कार्यालयबाट...

गौशाला : पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासस्थित बाँके जङ्गलमा रुई...

उर्लाबारी : मोरङ बेलबारी नगरपालिका– ११ मा आज बिहान ग्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच...

लालबाबु बानिया ,पोखरिया । कालिका माई गाउँपालिकाका चौथो गाउँसभा सोमवार...

जयनगर, (मधुवनी) । भारत नेपालको अन्तराष्ट्रिय सीमामा मधुवनी जिल्लाका उखु...

जनकपुरधाम । चिकित्सा विधेयक सदनमा जबरजस्ती ल्याए त्यसको अवरोध गर्ने...

काठमाण्डु । महाधिवेशनको संघारमा रहेको सङ्घीय समाजवादी फोरम नेपालले सोमवार...

काठमडौं । १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलो...

ओखलढुंगा । नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेसका नेताबीच कुटाकुट...

दमौली । जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागन्डकी...

काठमाडौं । तान्जिनियाको झन्डा रहेका दुई वटा मालवाहक पानी जहाजमा...

काठमाडौं । साविक विजेता अस्ट्रेलियासँगै जापान र आयोजक युएई एसियन...

सिरहाको गोलबजारमा सोमबार विहान एक नवजात शिशु फेला परेको...

जनकपुरधाम : ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय...

सिरहा : नेपाल रेडक्रस उपशाखा गोलबजारको विधिवत रुपमा भवन शिलान्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग...

काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा...

काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा...

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।...

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल...

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको...

डोल्पा : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका...

डडेल्धुरा : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै...

भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ...

जनकपुर उपमहानगरपालिका ४ की दुई वर्षिया गौरी शर्मा र...

अब नेपाल राष्ट्र बैंकले सर्वसधारणलाई १ सय दरको भन्दा माथिको...

जनकपुरधाम । मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजय दत्तको...

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...