Sat, 24 Feb 2018
ताजा समाचार
छोराको रड प्रहार बाट आमाको मृत्यु || जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु || बारामा रु एक अर्ब ६३ करोड बराबरको आलु उत्पादन || तालाबन्दीले तीन महिनादेखि पढाई अवरुद्ध || परिक्रमा यात्रीको स्वागतमा धनुषाधाममा सरसफाइ || तीन‘स’बाट पूर्व सैनिक जोड्दै नेपाली सेना || राजधानी सिँगार्न प्रदेश सरकारद्वारा परामर्श प्रारम्भ || माधुर्यता र प्रेमभावका होली गीत लोप हुँदै || शिक्षाको सवालमा सुरुगामा सार्वजनिक सुनुवाई || प्रदेश मन्त्री छड्केमा || काँग्रेसले दुरी बढायो || प्रदेश मन्त्रीको आज टुंगो लाग्ने || मनोरञ्जनात्मक प्रस्तुतीको तयारी तिब्र || छोराले रडले हिर्काउदा आमा घाइते || नेपाल आयातको लागि कोलकत्ताभन्दा बिशाखापटनम सस्तो || पर्वतामा सरसफाई || खेलाडीहरुको विदाई ​ || परिक्रमा आज पर्वतामा || झुलुंगे पुलको निर्माण कार्य अधुरै || प्याराग्लाइडिङबाट पर्यटक आकर्षित || कलैयामा तरकारी सस्तो || नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य रहेको अदालतको फैसला || संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने || खोलामा पानीको सतह घटेपछि सिंचाइको समस्या || कर्मचारी अभावले काम प्रभावित : डा. साह || महासंघका अध्यक्ष, सचिवलाई हत्याको धम्की || लहानमा दिउँसै बम विष्फोट, १ घाईते || जानकी मेडिकल कलेजमा ५ वर्षको सञ्चय कोष र १४ महिनाको || मुख्यमन्त्रीलाई दुई तिहाई बढी मत || ट्रक दुर्घटनाका मृतकको पहिचान || सवारी चालकको आँखा परीक्षण गरिने || पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने || सर्जियो रामोसको पेनाल्टी गोलले रियाल मड्रिड विजयी, लेगानेज पराजित || म्यान्चेस्टर युनाईटेड र सेभियाले बराबरी खेले, शख्तरसँग रोमा पराजित || उपप्रमुखलाई तराजु || फागुन २३ देखि सामान आयात हुने || आमा समूहद्वारा न्यानो कपडा वितरण || बिहानै परकम्प || सिरियामा सेनाले गरेको बमबारीमा २ सय ५० बढी सर्वसाधारणको मृत्यु || चेल्सी र बार्सिलोनाले बराबरी खेले, बायर्न म्युनिखसँग बेसिक्तास पराजित ||
महिलालाई स्वस्थ रहन १० टिप्स

एजेन्सी जेठ २४, २०७४

 


महिला तथा प्रसूति विशेषज्ञ एवं ‘भि फर भेजिना’ पुस्तककी सहलेखिका डा. एलिसा डेकले आफ्नो स्वास्थ्यको हेरविचार गर्न महिलाका लागि यस्ता सुझाव दिएकी छन :

१. तनाव निर्मूल पार्नुहोसः अधिकांश महिला अनावश्यक रुपमा तनाव लिइरहेका हुन्छन् । तनावले प्रजनन् क्षमतादेखि डिप्रेसन, ‘एन्जाइटी’ र मुटुसम्बन्धी रोगको जोखिम बढ्छ। त्यसैले सकेसम्म तनाव लिनु हुँदैन। तनावरहित हुन हरदम कोसिस गर्नुपर्छ। तपाईंले लिएको तनावले तपाईंको काम बन्दैन बरु स्वास्थ्य बिगार्छ। आफूलाई तनाव नहुने उपाय खोज्ने र निरन्तर अवलम्बन गर्ने गर्नुहोस् ।

२. डाइटिङ नगर्नुहोसः स्वस्थकर भोजनको अर्थ घरिघरि एक ग्लास वाइन, एक टुक्रा चकलेट वा केकको एक टुक्रा खानु होइन, बरु भोजनमा संयम र सुधार ल्याउनु हो। थोरै प्रोटिनयुक्त, स्वस्थ्यकर फ्याटयुक्त, कार्बोहाइड्रेट र फाइबर मिश्रित भोजन गर्नु उपयुक्त हुन्छ ।

३. क्याल्सियमको बढी मात्रा नलिनेः शरीरमा धेरै मात्रामा क्याल्सियम भए मिर्गौलामा पत्थरी हुने सम्भावना हुन्छ। साथै, मुटसम्बन्धी रोगको जोखिम पनि बढ्छ। तपाईं ५० वर्षमुनि हुनुहुन्छ भने दैनिक एक हजार मिलिग्राम र ५० वर्षमाथि भए एक हजार दुई सय मिलिग्राम क्याल्सियम भए पुग्छ। यो क्याल्सियम पनि खासगरी भोजनबाट प्राप्त गर्नु उपयुक्त हुन्छ। जस्तो कि क्याल्सियमयुक्त खानेकुरा– दुध, साल्मन माछा, हाडे बदाम आदि खानुपर्छ ।

४. पर्याप्त व्यायाम गर्नुहोस : महिलालाई मुटु बलियो पार्न र रोगप्रतिरोध क्षमता बढाउन ‘वेट बियरिङ एक्सरसाइज’ (शरीरको वजन वहन क्षमता बढाउने व्यायाम) सातामा पाँच दिन गर्नुपर्छ। जस्तै– नृत्य, जगिङ, कम्तिमा ३० मिनेट हिँड्नु, पौडी खेल्नु आदि । व्यायामले ‘ओस्टोपोरोसिस’जस्ता हाडसम्बन्धी रोग, मुटुसम्बन्धी रोग, क्यान्सर मधुमेहजस्ता रोगबाट जोगिन सघाउँछ। व्यायामले महिलामा आत्मविश्वास बढाउनुका साथै आफूप्रतिको धारणा पनि सकारात्मक बनाउने हुनाले मानसिक स्वास्थ्य सबल हुन्छ ।


५. प्रजनन्बारे बेलैमा विचार गर्नुहोस : ३० वर्ष हाराहारीका अधिकांश महिलालाई गर्भवती हुँदा खासै समस्या आउँदैन। तर, सामान्यतया ३२ वर्षको उमेरपछि महिलाको प्रजनन् क्षमता घट्न थाल्छ। त्यसैले आफ्नो करियर बनाउन सन्तान ढिलो जन्माउने सम्बन्धमा चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ। (अहिले विदेशमा महिलाको ‘अन्डा’ वा विवाहित भए ‘भ्रुण’ नै पनि फ्रिज गर्ने प्रविधि आइसकेको छ, तर महँगो छ।)
६. गर्भ निरोधक प्रयोगः गर्भ निरोधकको प्रयोगले गर्भवती हुनबाट मात्र सुरक्षा दिँदैन, यससम्बन्धी भएका अध्ययनले पाठेघर र ओभ्यारियन क्यान्सरको जोखिम घटाउनुका साथै महिनावारी समेत नियमित गर्ने देखाएका छन् ।

७. बर्से्नि स्वास्थ्य परीक्षण गराउनुहोस : २१ वर्ष पुगेका महिलाले ३–३ वर्षमा पाठेघरको मुख (सर्भाइकल) को क्यान्सर’ परीक्षण ‘प्याप स्मेयर टेस्ट’ गराउनुपर्छ। ३०–६५ वर्ष उमेर समूहका महिलाले ५–५ वर्षमा प्याप स्मेयर टेस्टसँगै ‘एचभिपी’ टेस्ट गर्नुपर्छ । ६५ वर्षभन्दा माथिका महिलाले भने चिकित्सकले क्यान्सरको सम्भावना न्यून बताए टेस्ट गरिरहनुपर्दैन। तर, सक्रिय यौनजीवन बिताइरहेका महिलाले भने गनोरिया, भिरिंगीजस्ता सरुवा रोगको बर्से्नि परीक्षण गराउनुपर्छ भने एचआइभीको पनि परीक्षण गराउनुपर्छ।
८. स्वस्थ यौन सम्पर्कः स्वस्थ यौन सम्पर्कले तनाव घटाउँछ भने दीर्घ (क्रोनिक) रोगको जोखिम पनि न्यून पार्छ। तर, यौनबाट आनन्द आउन छोड्यो भने त्यसले थप तनाव दिन्छ। यौन सम्पर्कमा सुख्खापन वा पीडा हुन थाले चिकित्सकसँग परामर्श लिनुपर्छ।

९. पर्याप्त सुत्नुहोसः व्यक्तिअनुसार कति घन्टा सुत्ने समय फरक फरक हुन सक्छ। तर, बिहान ओछ्यानबाट उठ्न अल्छि लाग्ने, छिटै थाक्ने, एकाग्र हुन कठिन हुने, ब्युझिँन कठिन हुने जस्ता कुराले तपाईं पर्याप्त सुत्नुभएको छैन भन्ने दर्शाउँछ। हालै भएका अध्ययनले निद्रा नपुग्दा मुटुसम्बन्धी रोग र मानसिक रोगको जोखिम उच्च हुने देखाएका छन्।

त्यसैले शरीरलाई आराम पुग्नेगरी पर्याप्त सुत्नुपर्छ । १०. जेनेटिक परीक्षणः स्तन क्यान्सर, ‘ओभ्यारियन क्यान्सर’ र विभिन्न दीर्घरोगको जोखिमको मात्रा थाहा पाउन र रोकथाम गर्न हिजोआज ‘जेनेटिक’ परीक्षण गर्न सकिन्छ। चिकित्सकहरूले महिलामा यस्ता रोगको जोखिम थाहा पाउन जेनेटिक परीक्षणको सहायता लिन थालेका छन्। त्यसैले चिकित्सकसँग परामर्श गरी जेनेटिक परीक्षण गरी यस्ता रोगबाट बेलैमा जोगिने उपाय गर्न सक्नुहुन्छ ।

नेपाली अनुवाद :  स्वस्थ्य खबर

 

Comment Box

गोलबजार । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ४ मा छोराको रड...

सुरुङ्गा, झापा : झापाको बिर्तामोड नगरपालिका – ७ मा...

कलैया : बारामा यस वर्ष रु एक अर्ब ६२...

गोलबजार । १२ फाल्गुन सिरहाको सिरहा नगरपालिकामा सुर्यनारायण...

राजविराज । सप्तरीको कुशहा स्थित श्रोत केन्द्रमा गुणस्तरिय शिक्षा हामी...

जनकपुरधाम । प्रदेश नम्बर २ का भौतिक पुर्वाधार तथा विकास...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

सरकारमा आउन राजपालाई प्रधानमन्त्रीको आग्रह...

गोलबजार । बुधबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपलिका ४ मा आफनै...

जनकपुरधाम । मिथिला ...

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमा शुक्रबार धनुषाको पर्वता पुग्ने भएको...

मलंगवा । सामान्यतया एउटा झुलुंगे पुल बनाउन ६ महिनादेखि...

कलैया । बारामा यस वर्ष हिउँदे तरकारी कूल ...

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले...

काठमाण्डु । संघीय संसद्अन्तर्गतका ...

गौर । जिल्ला जनस्वास्थ्य कार्यालय ...

राकेश यादवगौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष ,सचिव...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

एमाले, माओवादी पक्षमा, काँग्रेस विपक्षमा...

रत्ननगर, चितवन ; नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय...

पोखरा : बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा...

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको...

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले लेगानेजलाई ३-१ ले...

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभियाले इङ्ल्यान्डको म्यान्चेस्टर...

नगरकोट : न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले...

रसुवा : सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको...

काठमाडौँ : आमा समूह तमू समाज बेल्जियमले शीतलहर प्रभावित तराई...

काठमाडौँ : आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ...

काठमाडौं । सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले...

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१...