ताजा समाचार
जनकपुरमा एक महिलाको रहस्यमय मृत्यु || ट्र्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु, १५ जना घाइते || धनुषामा आगलागी हुँदा ७ लाख बढीको क्षति || रामकलेवासँगै साताव्यापी विवाहमहोत्सव सम्पन्न || चुनाव बिथोल्ने गोईतको धम्की || वाम गठबन्धनको कार्यालयमा विष्फोट, फोरमको गाडीमा बम || आजदेखि अन्तराष्ट्रिय मैथिली सम्मेलन सुरु || मधेशी दललाई समानुपातिक मत बढी आउने || विवाह भए लगत्तै जीप दुर्घटना, ‘नवजोडी’सहित ७ जनाको मृत्यु || मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय गरियो || गाडीहरु आज राती १२ बजे अघि नै गन्तब्यमा पुग्नुपर्ने, भोली || कांग्रेस नेता निधिलाई ‘निमोनिया’ || लोकतन्त्रमा मात्र आर्थिक विकास हुन्छः उद्योगपति चौधरी || जर्जियाको एक होटेलमा आगलागी हुँदा ११ जनाको मृत्यु || सबै कर्मचारी चुनावमा खटिएपछि स्वास्थ्य सेवा प्रभावित || नवलपुरमा कांग्रेस उम्मेदवारको जीपलाई लक्षित गरी बम प्रहार || जर्वजस्ती करणी गरेको अभियोगमा बालक पक्राउ || लियोनल मेस्सीले जिते गोल्डेन-सू अवार्ड || यस्ता थिए, जनवादी गायक पाख्रिन || निधिलाई भेटेर भारतीय राजदूतले गरे स्वास्थ्य लाभको कामना || मोहत्सवमा दुई दर्जन पाकेटमार पक्राउ || निधी र महतो विकासभन्दा परिवारबादमा : नेता यादव || रामजानकी विवाह महोत्सव सम्पन्न || मतपत्र आज आउने || फोरम–राजपा प्यानलै विजयी || मधेश आन्दोलनका सहिद परिवारलाई ‘५० लाख’ || कर सप्ताह सम्पन्न, करको दायरा बढाउन सुझाव || धनकुटाका किसानलाई अझै छोएन निर्वाचनले || जिम्बावेमा नयाँ राष्ट्रपतिको शपथ आज, मुगावे पनि सहभागी हुने || दिनमा ३ कप कफी स्वास्थ्यको लागि फाइदाजनक : अध्ययन || धनकुटामा विस्फोट, पैदलयात्री घाइते || श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार भएका पति पक्राउ || धादिङ र नवलपरासीमा बम फेला || मलेसियालाई नेपाली महिला क्रिकेट टोलीले दियो १०९ रनको लक्ष्य || एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’ || नयाँ रणनीतिका साथ सुरक्षा सर्तकता बढाउँदै प्रहरी || निःशुल्क भोजनको व्यवस्था || मटकोर सम्पन्न || वाम उम्मेदवार यादवको लोहनामा जोडदार स्वागत || मधेश विरोधीलाई ब्यालेटबाट जवाफ दिने अवसर : कार्की ||
‘होल बडी चेकअप’ र चलाइएको हौवा'

एजेन्सी जेठ २९, २०७४


 


डा. समिर लामा



 हिजोआज स्वास्थ्यको बजारमा ’होल बडी चेकअप’को फेसन  खुब चलेको छ । यसलाई छोटकरीमा डब्लुबीसी पनि भन्दा रहेछन्। विभिन्न अस्पतालहरुले यसका विभिन्न प्याकेजहरु ल्याएर ग्राहकहरुलाई आफूतिर तान्ने होडबाजी नै चलेको छ। यसको आफ्नै फाइदाहरु पनि छन्। आफूलाई स्वस्थ ठान्ने व्यक्तिहरुले पनि यो जाँच गराउदा रोग पत्ता लागि बेलैमा उपचार शुरु गरेर जीवन नै बचेको घटनाहरु पनि छन्।

जुन देख्दा सुन्दा सबैले यो गर्नैपर्ने जस्तो भान हुन्छ। आफूले वरपर जे देखियो, सुनियो, आफूलाई नि त्यही रोग लागे झैं लाग्नु सामान्य ह्युमन साइकोलोजी नै हो। फलाना त जन्डिस लागेर मर्‍यो भनेपछी सामान्य विरामी भए पनि अस्पताल पुगेर जन्डिस जाँच नगराई मनले मान्दैन। फलानाका टाउको दुख्यो–दुख्यो भन्थ्यो, पछी त ब्रेन ट्युमरले मरेछ भनेको सुन्दा आफ्नो टाउको दुखाइ नि कतै ब्रेन ट्युमर त हैन, एकपटक सिटी स्क्यान गर्न पाए ढुक्क भइन्थ्यो भन्ने कुरा मनमा खेलिरहन्छ। तर के यसरी डाक्टरको उचित सल्लाह विना आफ्नो डरले गरिने, प्याकेजको रुपमा गरिने जाँचहरुले वास्तवमै हित गरिरहेका हुन्छन् त ?

’होल बडी चेकअप’ गरेर बेलैमा रोग पत्ता लागेर यसको फाइदा लिएकाहरुका लागि त यो वरदान नै हुन्छ। तर ती कति छन्? कति जनाको होल बडी चेकअप गर्दा कति प्रतिशतमा रोग देखिएको हो? अर्थात जाँच गरिएको मध्ये कति प्रतिशतलाई यसले फाईदा पुर्‍याएको हो? यसको भने कतै हिसाब भएको पाइदैन। हुन त स्वास्थ्यको लागि के पैसाको हिसाब गर्ने भन्ने पनि होलान् तर स्वास्थ्य भनेर जथाभावी र अनावश्यक जाँचहरु गर्नु र जनतामा त्यसको गलत सन्देश दिएर त्यसबाट व्यापारिक फाईदा उठाउनु गलत हो ।

यहाँ मैले नियमित स्वास्थ्य परिक्षणको विरोध गरेको छैन। स्वस्थ हुँदा नै नियमित रुपमा चिकित्सकलाई भेटेर शारिरिक परिक्षण गराउनु (जसमा ल्याब टेस्ट गर्नैपर्छ भन्ने हुन्न) तौल, उचाइ, पेटको गोलाई नाप्ने, बीएमआइ नाप्ने, स्वास्थ्य सम्बन्धी जानकारीहरु लिने र आवश्यक परेमा ल्याब टेस्टहरु गराउने प्रकृयाको म समर्थन गर्छु। तर यहाँ त विभिन्न रगत जाँचहरुलाई प्याकेजको रुपमा सुपथ मूल्यमा अफर दिएर उपभोक्तालाई दिग्भ्रमित गर्दै आकर्षित गरिदैछ, त्यसको मैले विरोध गरेको हुँ।

हामी चिकित्सकसँग गरिने कन्सल्टेसन, शारिरिक जाँचलाई भन्दा मेसिनले गर्ने रगत, पिसाब, पेट, छाती र सम्पूर्ण शरीर जाँचलाई बढी महत्व दिइरहेका छौं, जुन गलत हो। यस्ता होल बडी चेकअपका प्याकेजहरुले समाजमा ठूलो समस्याको रुपमा रहेको मानसिक रोगहरुलाई पनि नजरअन्दाज गरेको छ। हामी रोग रगत, पिसाब, एक्सरे, सिटी स्क्यान, कागजी रिपोर्टमा खोज्दै गर्छौं, उपचार गोली, सूई, सलाइनमा खोज्दै गर्छौं, र चिकित्सकसँगको सल्लाह, परामर्श, रोग र स्वास्थ्य बारेको जानकारीलाई बिर्सदै गएका छौं ।

’होल बडी चेकअप’ गरेर बेलैमा रोग पत्ता लागेर यसको फाइदा लिएकाहरुका लागि त यो वरदान नै हुन्छ। तर ती कति छन्? कति जनाको होल बडी चेकअप गर्दा कति प्रतिशतमा रोग देखिएको हो ? अर्थात जाँच गरिएको मध्ये कति प्रतिशतलाई यसले फाईदा पुर्‍याएको हो? यसको भने कतै हिसाब भएको पाइदैन। हुन त स्वास्थ्यको लागि के पैसाको हिसाब गर्ने भन्ने पनि होलान् तर स्वास्थ्य भनेर जथाभावी र अनावश्यक जाँचहरु गर्नु र जनतामा त्यसको गलत सन्देश दिएर त्यसबाट व्यापारिक फाईदा उठाउनु गलत हो ।

उदाहरणको लागि बेसिक हेल्थ प्याकेजमा सीबीसी, क्रिएटिनिन, टिएसएच, बिलिरुबिनलाई पनि राखिएको रहेछ । यी जाँचहरुले के रोग पत्ता लगाउन खोज्या हुन्? विना कुनै स्वास्थ्य समस्याका सामान्य मान्छेमा सीबीसी जाँच हेरेर के रोग पत्ता लगाउन खोज्या हुन्? ब्लड क्यान्सर? कि रक्तअल्पता? कि कुनै संक्रमण? क्रिएटिनिनलाई सामान्यरुपमा म्रिगौलाको जाँचको रुपमा लिइन्छ, तर धेरै नन (मेडिकल मान्छेहरुलाई थाहा नहुनसक्छ, दूवै म्रिगौलाको काम ६० प्रतिशतसम्म बिग्रदा पनि क्रिएटिनिन भन्ने जाँच नर्मल आउनसक्छ।

म्रिगौलाको अवस्था सहि भए नभएको थाहा पाउन यो जाँच फाइदाजनक छैन । बरु नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले हेल्थ पोस्ट स्तरसम्म पुर्याएको निस्शुल्क पिसाब जाँचमा हेरिने एल्बुमिन र सुगरको डिपस्टिक टेस्टले राम्रो स्क्रिनिङ टेस्टको काम गर्छ। हिजोआज थाइरोइडको जाँच पनि अन्धाधुन्द हुने जाँचहरुमा प्रमुखरुपमा आउछ। सबै स्वस्थ मान्छेहरुलाई होल बडी चेकअप भन्दै महंगो थाइरोइडको जाँच गराइनु लुट नै हो । डाक्टरसँगको परामर्शमा थाइरोइड सम्बन्धी रोग हुने शंका लागेमा र केही निश्चित समूहमा स्क्रिनिङ टेस्टको रुपमा यो जाँच गर्न सकिन्छ ।

स्वास्थ्यमा गरिने कुनै पनि जाँचले कसरी रिजल्ट दिन्छ? त्यो पोजिटिभ आउनुको मतलब के हो ? त्यसको मात्रा सामान्य भन्दा बढी देखिनुको मतलब के हो ? कुनै पनि जाँचको सामान्य मात्रा वा नर्मल लेभल भनेको के हो ? यी कुराहरु सामान्यतया मान्छेहरुले बुझेका हुँदैनन् । जस्तो खाली पेटको सुगर जाच्दा १२७ आयो भने सुगर भयो भने पूरै खाना बार्ने तर १२५ आयो भने मलाई सुगर छैन भने खुसी हुने जमात ठूलै छ, जुन गलत हो। जन्डिस २ पुग्दा नि ’ओहो, मलाई जन्डिस भयो’ भनेर सबै खाना बार्ने अनि १२ पुग्ने बित्तिकै जाँडरक्सी शुरु गर्नेको भिड नि ठूलो छ ।

अर्को कुरा कुनै पनि टेस्ट सतप्रतिशत सहि हुँदैन। कुनै टेस्ट पोजिटिभ आउँदैमा त्यो व्यक्तीलाई उक्त रोग छ भन्ने १००५ ग्यारेन्टी हुँदैन र टेस्ट नेगेटिभ आउँदैमा १०० प्रतिशत रोग छैन भन्ने पनि हुँदैन। त्यसैले मेडिसिनमा सधैं भनिन्छ, टेस्टको हैन विरामीको उपचार गर्नुपर्छ। उसको लक्षण, समस्या, अनी उपचार प्रकृयाले आउनसक्ने जटिलता सबैलाई तौलिएर मात्र उपचार अघी बढाउनुपर्छ ।

अर्को अचम्मको जाँच भनेको रगतमा हेरिने युरिक एसिड हो। नेपालीलाई जहाँ जे दुखे पनि युरिक एसीड हेर्नुपर्छ, डाक्टरहरुलाई नि सजिलो, युरिक एसिड हेरम भन्दियो। सुन्दा अचम्म लाग्ला मेडिसिनमा युरिक एसिड भन्ने रोग नै छैन । युरिक एसिडको मात्रा जोर्नीमा बढी भएर जोर्नी दुख्ने रोगलाई गाउट भनिन्छ, यसको डायग्नोसिस क्लिनिकल्ली अर्थात लक्षण र शारिरिक जाँचको आधारमा पनि गर्न सकिन्छ, कन्फर्म जाँचको लागि सुन्निएको जोर्नीबाट पानी (साइनोभियल फ्लुड) निकालेर जाच्नुपर्छ । रगतमा युरिक एसिडको मात्रा बढ्दैमा त्यसैले जोर्नी दुखेको भन्न मिल्दैन ।

यो कुरा आम मानिसलाई कसले भन्दियोस, सबै जो रगत जाँच गराउदै युरिक एसिडको नाममा व्यापार गर्न व्यस्त छन् । ४० वर्ष कटेपछीको प्याकेजमा पीएसए प्रोस्टेटको क्यान्सरको जाँच पनि रहेछ । अझै पनि विश्वभरी नै पीएसएलाई प्रोस्टेट क्यान्सरको लागि प्रारम्भिक जाँच मान्ने कि नमान्ने भनेर बहस चलिरहेको बेलामा नेपालमा ४० कटेका सबैलाई होल बडी चेकअप भनेर ’पीएसए’ टेस्ट राखिनुको अर्थ के हो? पीएसएको मात्रा धेरै आउँदैमा तपाईंलाई प्रोस्टेट क्यान्सर छ नै भन्ने पनि हुँदैन, उमेर बढ्दै गएपछी प्रोस्टेट बढ्दा पनि यसको लेभल बढ्न सक्छ र यो क्यान्सर पत्ता लागे पनि यसको उपचार गराएर फाईदा बढी हुन्छ कि बेफाईदा भन्ने पनि बहसको कुरा छ ।

 यस्तो जाँचलाई ४० वर्ष माथिका सबैलाई भनेर राख्दा पोजिटिभ आएर उक्त व्यक्तीलाई पर्ने अनावश्यक आर्थिक, मानसिक, शारिरिक भारको जिम्मा कल्ले लिन्छ? (सौजयन्यःस्वास्थ्य खबर )

Comment Box

जनकपुरमा शनिबार बिहान एक महिलाको रहस्यमय अवस्थामा शव भेटिएको छ...

गौशाला : महोत्तरी जिल्लाको बलवा नगरपालिका–७ मा गएराति एक ट्र्याक्टरले...

धनुषा । धनुषामा शुक्रबार राति आगलागी हुँदा एउटा घर...

जनकपुरधाम । रामकलेवा कार्यक्रम गरी साताव्यापी...

जनकपुरधाम । स्वतन्त्र तराईमा बन्दूकको बलमा टिकेको अवैध नेपाली शासनलाई...

लहान । सिराहा जिल्लाको मिर्चैया नगर पालिकाको वडा नम्बर ५...

जनकपुरधाम । १९ औ अन्तराष्ट्रिय मैथिली सम्मेलन आज शनिवार जनकपुरमा...

जनकपुरधाम । प्रदेश नम्बर २ को ३२ प्रतिनिधि सभा र...

रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६ मा शुक्रबार...

धादिङ । दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं ५ स्थित...

काठमाडौं । आजराति १२ बजेअघि नै आफ्नो गन्तव्यमा पुग्न सरकारले...

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमा निमोनिया देखिएको...

धनगढी । वरिष्ठ उद्योगपति विनोदकुमार चौधरीले लोकतन्त्रमा मात्र देशलाई आर्थिक...

काठमाडौं । जर्जियाको एक होटेलमा आगलागी हुँदा ११ जनाको...

बैतडी । बैतडीमा अधिकांश स्वास्थ्यकर्मी निर्वाचनमा खटिँदा स्वास्थ्य सेवा...

काठमाडौं । नवलपरासीको पूर्वी क्षेत्र नवलपुरका कांग्रेस उम्मेदवारलाई लक्षित गरी...

गाईघाट, उदयपुर : जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई...

काठमाडौं । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल...

नारायण ढुंगाना :चितवन, मंसिर ६ । ‘नेतालेमात्रै हुँदैन, विश्व बदल्ने...

काठमाडौं । राजधानीको ओम अस्पतालमा उपचार गराइरहनु भएका नेपाली कांग्रेस...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा प्रहरीले जनकपुर बजारबाट...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट उम्मेदवार...

जनकपुरधाम । रामायणमा वर्णित त्रेता युगमा मार्र्ग शुक्ल पञ्चमीका दिन...

जनकपुरधाम । पहिलो चरणको मतदानको तयारी पुरा भए लगतै दोस्रो...

राजविराज । जिल्ला समन्वय समिति(जिसस) सप्तरीमा फोरम–राजपा गठबन्धनको पुरै प्यानल...

जलेश्वर ।राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले मधेश आन्दोलनका सहिदहरुको परिवारलाई ५०–५० लाख...

काठमाडौं । छैटौं राष्ट्रिय कर सप्ताह बिहीबार सकिएको छ...

धनकुटा । प्रदेश र प्रतिनिधिसभा सदस्य पदका लागि मतदानको...

हरारे । जिम्बावेका पूर्व उपराष्ट्रपति एमर्सन मनाङ्गावालाई आज राष्ट्रपतिको...

काठमाडौं । गर्भवती महिलाबाहेक अन्य मानिसले दिनमा ३ कप कफी...

धनकुटा । अज्ञात समुहले आज बिहान धनकुटाको फुङसुवा खोलामा बम...

लहान । श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमानलाई...

काठमाडौं । धादिङ र नवलपरासीमा बम फेला परेको छ...

काठमाडौं । टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गको चौथो खेलमा...

काठमाडौं । एनसेलले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन ‘डिजिटल...

जनकपुरधाम । आसन्न चुनावलाई लिएर धनुषा प्रहरीले नयाँ रणनिति तहत...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको अवसर पारेर भगवती दीनानाथ ट्रष्ट जनकपुरले...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको पूर्वसन्ध्यामा बुधवार मटकोर सम्पन्न भएको छ...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर–३ ...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका तर्फबाट धनुषा क्षेत्र नम्बर...