Sat, 24 Feb 2018
ताजा समाचार
छोराको रड प्रहार बाट आमाको मृत्यु || जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु || बारामा रु एक अर्ब ६३ करोड बराबरको आलु उत्पादन || तालाबन्दीले तीन महिनादेखि पढाई अवरुद्ध || परिक्रमा यात्रीको स्वागतमा धनुषाधाममा सरसफाइ || तीन‘स’बाट पूर्व सैनिक जोड्दै नेपाली सेना || राजधानी सिँगार्न प्रदेश सरकारद्वारा परामर्श प्रारम्भ || माधुर्यता र प्रेमभावका होली गीत लोप हुँदै || शिक्षाको सवालमा सुरुगामा सार्वजनिक सुनुवाई || प्रदेश मन्त्री छड्केमा || काँग्रेसले दुरी बढायो || प्रदेश मन्त्रीको आज टुंगो लाग्ने || मनोरञ्जनात्मक प्रस्तुतीको तयारी तिब्र || छोराले रडले हिर्काउदा आमा घाइते || नेपाल आयातको लागि कोलकत्ताभन्दा बिशाखापटनम सस्तो || पर्वतामा सरसफाई || खेलाडीहरुको विदाई ​ || परिक्रमा आज पर्वतामा || झुलुंगे पुलको निर्माण कार्य अधुरै || प्याराग्लाइडिङबाट पर्यटक आकर्षित || कलैयामा तरकारी सस्तो || नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य रहेको अदालतको फैसला || संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने || खोलामा पानीको सतह घटेपछि सिंचाइको समस्या || कर्मचारी अभावले काम प्रभावित : डा. साह || महासंघका अध्यक्ष, सचिवलाई हत्याको धम्की || लहानमा दिउँसै बम विष्फोट, १ घाईते || जानकी मेडिकल कलेजमा ५ वर्षको सञ्चय कोष र १४ महिनाको || मुख्यमन्त्रीलाई दुई तिहाई बढी मत || ट्रक दुर्घटनाका मृतकको पहिचान || सवारी चालकको आँखा परीक्षण गरिने || पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने || सर्जियो रामोसको पेनाल्टी गोलले रियाल मड्रिड विजयी, लेगानेज पराजित || म्यान्चेस्टर युनाईटेड र सेभियाले बराबरी खेले, शख्तरसँग रोमा पराजित || उपप्रमुखलाई तराजु || फागुन २३ देखि सामान आयात हुने || आमा समूहद्वारा न्यानो कपडा वितरण || बिहानै परकम्प || सिरियामा सेनाले गरेको बमबारीमा २ सय ५० बढी सर्वसाधारणको मृत्यु || चेल्सी र बार्सिलोनाले बराबरी खेले, बायर्न म्युनिखसँग बेसिक्तास पराजित ||
डुवान क्षेत्रमा फैलिने रोग र बाच्ने उपाय

एजेन्सी साउन ३१, २०७४

 


यतिबेला देशका विभिन्न भागका बासिन्दा बाढी–पहिरोको चेपटामा छन्। खासगरी तराईका बासिन्दा डुबानमा परेपछि घर छाडेर सुरक्षित स्थानमा सरेका छन्। बाढी(पहिरोबाट विस्थापित भएकाहरुको सामूहिक बसाइ हुने भएकाले खाना, शुद्ध पिउने पानी, उचित शौच जस्ता अत्यावश्यक कुरामा समस्या पर्छ।

यस्तो बेलामा लामखुट्टे, मुुसा र सर्पका कारण पनि रोगको जोखिम बढ्नेगर्छ। त्यसैले प्रकृतिक प्रकोपपछि विभिन्न रोगले महामारीकै रुप लिने गरेका उदाहरण छन्।
के–के रोग फैलिन सक्छन्?

प्रकोपपछि खाने पानीका मुहान दूषित हुन्छन्। शुद्धीकरण तथा निर्मलीकरणका विकल्प पनि कम हुन्छन्। जसले गर्दा पानीजन्य रोग बढ्ने सम्भावना अधिक हुन्छ। अशुद्ध पानीका कारण धेरै फैलिने रोग डायरिया हो। हेपाटाइटिइटिस ए र ई को जोखिम पनि बढ्न सक्छ। ज्वरो आउने, बान्ता हुने, खान मन नलाग्ने आदि हेपाटाइटिस ए र ई का लक्षण हुनसक्छन्।

 यो कहिलेकाहीँ जन्डिसकै तहसम्म पनि पुग्न सक्छ। कीटजन्य रोगको जोखिम पनि यस्तै बेला बढी देखिने गरेको छ। बाढीले जताजतै फोहोर पानी जमेको हुनाले यो समय लामखुट्टेको वृद्धि हुन्छ। लामखुट्टेका कारण डेँगु, कालजार, मलेरिया, चिकनगुनियाँ जस्ता रोग लाग्छन्।

 बाढीका कारण मुसाहरु मर्छन्। मुसाहरुमा रहेको एक प्रकारको ब्याक्टेरियाका कारण लेप्टोस्पाइरोसिस भन्ने रोग लाग्छ। मुसा मरेपछि यी ब्याक्टेरिया पानीमा मिसिन्छिन् र घाउ वा अन्य माध्यमबाट मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्छ।

बाढी पहिरोका कारण सर्पहरु दुलोबाट निस्केर सुरक्षित ठाउँतिर लाग्छन्। सुरक्षित ठाउँ निकै कम हुने भएकाले घर वा विस्थापित भएर मानिसहरुले अस्थायी बसोबास गर्ने ठाउँमा सर्पको बिगबिगी हुन सक्छ। जसका कारण सर्पदंशको जोखिम पनि बढ्न सक्छ।


कसरी जोगिने?
धेरै रोग त अशुद्ध पानीकै कारण लाग्ने र फैलिने भएकाले पानी शुद्धीकरण गरेर मात्रै पिउनु जरुरी हुन्छ। सकेसम्म उमालेर पिउने, तर यसो गर्न सकिने अवस्था भएन भने पियूषजस्ता पानी शुद्ध बनाउने औषधि हालेर पिउने गर्नुपर्छ।

सामूहिक बसोबासमा शौचालयको व्यवस्था हुने गरेको पाइँदैन। खाद्यान्य र अन्य कुरामा ध्यान दिँदादिँदै शौचालयबारे सोच्ने फुर्सद धेरैलाई हुँदैन। तर, शौचालयको उचित व्यवस्था नहुँदा पनि रोग फैलिने डर हुन्छ। त्यसैले सामूहिक बसोबासका बेला पनि शौच गर्ने ठाउँको व्यवस्थापन सँगै गर्नुपर्छ। किनभने जथाभावी शौच गर्दा फोहोर बढेर मात्रै होइन, पानीमा मिसिएर पनि रोग लाग्ने गर्छ।
यस्तै, लामखुट्टेबाट जोगिने उपाय अपनाउनुपर्छ।

यसका लागि राति अनावश्यक बाहिर ननिस्किने, झुल टाँगेर सुत्ने, लामो बाहुला भएको लुगा लगाउने आदि उपाय छन्। यसैगरी, सर्पबाट जोगिन सर्प हुने सम्भावित ठाउँतिर जानु हुँदैन। आफू बस्ने ठाउँ वरिपरि सरसफाई गर्नुपर्छ।
 यस्तो बेला खानाको समस्या हुन्छ। त्यसैले जस्तो पायो त्यस्तै खाने गरेको पाइन्छ। बासी, सडेगलेका खानेकुरा सकेसम्म नखाने र नखुवाउने गर्नुपर्छ।

सौजन्य :स्वास्थ्य खबर

Comment Box

गोलबजार । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ४ मा छोराको रड...

सुरुङ्गा, झापा : झापाको बिर्तामोड नगरपालिका – ७ मा...

कलैया : बारामा यस वर्ष रु एक अर्ब ६२...

गोलबजार । १२ फाल्गुन सिरहाको सिरहा नगरपालिकामा सुर्यनारायण...

राजविराज । सप्तरीको कुशहा स्थित श्रोत केन्द्रमा गुणस्तरिय शिक्षा हामी...

जनकपुरधाम । प्रदेश नम्बर २ का भौतिक पुर्वाधार तथा विकास...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

सरकारमा आउन राजपालाई प्रधानमन्त्रीको आग्रह...

गोलबजार । बुधबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपलिका ४ मा आफनै...

जनकपुरधाम । मिथिला ...

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमा शुक्रबार धनुषाको पर्वता पुग्ने भएको...

मलंगवा । सामान्यतया एउटा झुलुंगे पुल बनाउन ६ महिनादेखि...

कलैया । बारामा यस वर्ष हिउँदे तरकारी कूल ...

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले...

काठमाण्डु । संघीय संसद्अन्तर्गतका ...

गौर । जिल्ला जनस्वास्थ्य कार्यालय ...

राकेश यादवगौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष ,सचिव...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

एमाले, माओवादी पक्षमा, काँग्रेस विपक्षमा...

रत्ननगर, चितवन ; नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय...

पोखरा : बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा...

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको...

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले लेगानेजलाई ३-१ ले...

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभियाले इङ्ल्यान्डको म्यान्चेस्टर...

नगरकोट : न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले...

रसुवा : सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको...

काठमाडौँ : आमा समूह तमू समाज बेल्जियमले शीतलहर प्रभावित तराई...

काठमाडौँ : आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ...

काठमाडौं । सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले...

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१...