Sat, 24 Feb 2018
ताजा समाचार
छोराको रड प्रहार बाट आमाको मृत्यु || जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु || बारामा रु एक अर्ब ६३ करोड बराबरको आलु उत्पादन || तालाबन्दीले तीन महिनादेखि पढाई अवरुद्ध || परिक्रमा यात्रीको स्वागतमा धनुषाधाममा सरसफाइ || तीन‘स’बाट पूर्व सैनिक जोड्दै नेपाली सेना || राजधानी सिँगार्न प्रदेश सरकारद्वारा परामर्श प्रारम्भ || माधुर्यता र प्रेमभावका होली गीत लोप हुँदै || शिक्षाको सवालमा सुरुगामा सार्वजनिक सुनुवाई || प्रदेश मन्त्री छड्केमा || काँग्रेसले दुरी बढायो || प्रदेश मन्त्रीको आज टुंगो लाग्ने || मनोरञ्जनात्मक प्रस्तुतीको तयारी तिब्र || छोराले रडले हिर्काउदा आमा घाइते || नेपाल आयातको लागि कोलकत्ताभन्दा बिशाखापटनम सस्तो || पर्वतामा सरसफाई || खेलाडीहरुको विदाई ​ || परिक्रमा आज पर्वतामा || झुलुंगे पुलको निर्माण कार्य अधुरै || प्याराग्लाइडिङबाट पर्यटक आकर्षित || कलैयामा तरकारी सस्तो || नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य रहेको अदालतको फैसला || संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने || खोलामा पानीको सतह घटेपछि सिंचाइको समस्या || कर्मचारी अभावले काम प्रभावित : डा. साह || महासंघका अध्यक्ष, सचिवलाई हत्याको धम्की || लहानमा दिउँसै बम विष्फोट, १ घाईते || जानकी मेडिकल कलेजमा ५ वर्षको सञ्चय कोष र १४ महिनाको || मुख्यमन्त्रीलाई दुई तिहाई बढी मत || ट्रक दुर्घटनाका मृतकको पहिचान || सवारी चालकको आँखा परीक्षण गरिने || पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने || सर्जियो रामोसको पेनाल्टी गोलले रियाल मड्रिड विजयी, लेगानेज पराजित || म्यान्चेस्टर युनाईटेड र सेभियाले बराबरी खेले, शख्तरसँग रोमा पराजित || उपप्रमुखलाई तराजु || फागुन २३ देखि सामान आयात हुने || आमा समूहद्वारा न्यानो कपडा वितरण || बिहानै परकम्प || सिरियामा सेनाले गरेको बमबारीमा २ सय ५० बढी सर्वसाधारणको मृत्यु || चेल्सी र बार्सिलोनाले बराबरी खेले, बायर्न म्युनिखसँग बेसिक्तास पराजित ||
फूल बेचेर एकैदिनमा डेढ लाख आम्दानी

रासस कार्तिक २२, २०७४

बेँसीशहर: ढकमक्क फूलबारी । बिहानैदैखि कोही न कोही ग्राहक फूलबारीमा आउँछन् । ग्राहकलाई फूल देखाउँदा, बिक्री गर्दा व्यवसायी हुमा गुरुङलाई फुर्सद नै छैन ।

बेँसीशहर नगरपालिका–३, बोहोरावेसीमा तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा लाग्नुभएकी गुरुङको जीवनशैली नै परिवर्तन भएको छ । पुख्र्यौली घर घनपोखराबाट १५ वर्षअघि बेँसीशहर झर्नुभएकी हुमा शुरुमा एउटा निजी विद्यालयमा पढाउनुहुन्थ्यो । केही वर्ष पढाएर गुरुङले एउटा गैरसरकारी सस्थामा काम गर्नुभयो । त्यहाँको जागिर पनि छोडेर गुरुङले तीन वर्षअघिबाट पुष्प व्यावसाय शुरु गर्नुभएको हो ।

पुष्प व्यवसाय शुरु गर्नुभएकी गुरुङ जिल्लामै एक्लो हो । उहाँले यसलाई सम्भावनाको पेशाका रुपमा चिनाउनुभएको छ । शुरुमा फूल व्यवसाय पनि हुन्छ र ? भनेर गुरुङको खिल्ली उडाउनेहरु अहिले उहाँकै नर्सरीमा फूल किन्न पुग्ने गर्दछन् ।

“फूलको पनि खेती हुन्छ र भन्नेहरु अहिले सबैभन्दा महँगो फूल किन्न आउने गरेका छन्,” गुरुङ भन्नुहुन्छ ।

पुष्प व्यवसायबाट नैै मासिक रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी गर्न सकेको उहाँले बताउनुभयो । फूल, बिरुवा, दुवो र बगैँचा सजावटबाट नै मनग्य आम्दानी हुने गरेको गुरुङको भनाइ छ । “एकै दिनमा डेढलाख रुपैयाँसम्मको फूल बिक्री गरेकी छु”, उहाले भन्नुभयो, “अरु बेला सामान्यतया दैनिक रु पाँच हजारदेखि रु दश हजारसम्म बिक्री हुन्छ ।”

करिब आठ रोपनी जमिनमा उहाँले मौसमी तथा सदाबहार पुष्प नर्सरी व्यवसाय गर्दै आउनुभएको छ । उहाँले पछिल्लो समय दुवोको समेत व्यवसाय शुरु गर्नुभएको छ । तिहार लक्षित गरेर गुरुङले तीन रोपनी जग्गामा सयपत्री जातको फूल खेती गर्नुभएको थियो । तर तिहार अगावै सबै फूल बिक्री भयो । सो बाहेक धूपी, अशोका, क्रिसमस ट्री, सप्लेरिया लगायतका आकर्षक बिरुवा नर्सरीमा उमार्नुभएको छ । उहाँले आफ्नो नर्सरीबाट फिटोनिया, असर्पी, केलनडुला, डेन्थ सिनेरिया, प्रिमुला, जारबेरा, कार्मेसन, सनफ्लावर, बटरफ्लाई जस्ता मौसमी पूmलका बिरुवा र एजोलिया, कार्नेसन, मिमोलस जस्ता सदाबहार फूलका बिरुवा बिक्री गर्दै आउनुभएको छ ।

फूलको प्रजाति, विशेषता आदिका बारेमा प्रशिक्षण लिँदै अर्को मौसमका लागि बिरुवा उमार्ने तयारीमा गुरुङ हुनुहुन्छ । फूलका बिरुवा खरिद तथा संरचना निर्माणका लागि उहाँले झण्डै रु ५० लाख लगानी भएको बताउनुभयो । “मैले अपेक्षा गरेको भन्दा निकै राम्रो व्यापार भएको छ”, गुरुङले भन्नुभयो, “ग्राहकको मागलाई थेग्न निकै मुस्किल परेको छ ।”

व्यावसायिक फूल खेतीका लागि जिल्लाकै एक मात्र व्यवसायी भए पनि सरकारी निकायबाट सहयोग नपाएको उहाँको गुनासो छ । सरकारी निकायमा सहयोग माग्दा निकै झन्झट बेहोर्नु परेको गुरुङले बताउनुभयो । “शुरु–शुरुमा सरकारी निकायमा सहयोग माग्न गए”, गुरुङले भन्नुभयो, “ आश्वासन पाएँ तर कहिल्यै सहयोग पाइनँ ।”

बिहानदेखि साँझसम्म आपैmँ बारीमा खट्ने गुरुङले अहिले दुईजनालाई रोजगारीसमेत दिनुभएको छ । त्यो बाहेक फूल रोप्ने बेला ज्यालामा खेताला समेत लगाउने गरेको उहाँले बताउनुभयो । नर्सरीमा उत्पादन भएको फूलले बजार पाउँदा आफुलाई निकै खुशी लागेको गुरुङ बताउनुहुन्छ । “फूल र मालाको माग बढ्दा झन उत्साहित भएकी छु”, उहाँले भन्नुभयो, “आगामी वर्ष अझै विस्तार गर्ने योजनामा छु ।” 

Comment Box

गोलबजार । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ४ मा छोराको रड...

सुरुङ्गा, झापा : झापाको बिर्तामोड नगरपालिका – ७ मा...

कलैया : बारामा यस वर्ष रु एक अर्ब ६२...

गोलबजार । १२ फाल्गुन सिरहाको सिरहा नगरपालिकामा सुर्यनारायण...

राजविराज । सप्तरीको कुशहा स्थित श्रोत केन्द्रमा गुणस्तरिय शिक्षा हामी...

जनकपुरधाम । प्रदेश नम्बर २ का भौतिक पुर्वाधार तथा विकास...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

सरकारमा आउन राजपालाई प्रधानमन्त्रीको आग्रह...

गोलबजार । बुधबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपलिका ४ मा आफनै...

जनकपुरधाम । मिथिला ...

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमा शुक्रबार धनुषाको पर्वता पुग्ने भएको...

मलंगवा । सामान्यतया एउटा झुलुंगे पुल बनाउन ६ महिनादेखि...

कलैया । बारामा यस वर्ष हिउँदे तरकारी कूल ...

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले...

काठमाण्डु । संघीय संसद्अन्तर्गतका ...

गौर । जिल्ला जनस्वास्थ्य कार्यालय ...

राकेश यादवगौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष ,सचिव...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

एमाले, माओवादी पक्षमा, काँग्रेस विपक्षमा...

रत्ननगर, चितवन ; नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय...

पोखरा : बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा...

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको...

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले लेगानेजलाई ३-१ ले...

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभियाले इङ्ल्यान्डको म्यान्चेस्टर...

नगरकोट : न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले...

रसुवा : सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको...

काठमाडौँ : आमा समूह तमू समाज बेल्जियमले शीतलहर प्रभावित तराई...

काठमाडौँ : आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ...

काठमाडौं । सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले...

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१...