ताजा समाचार
जनकपुरमा एक महिलाको रहस्यमय मृत्यु || ट्र्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु, १५ जना घाइते || धनुषामा आगलागी हुँदा ७ लाख बढीको क्षति || रामकलेवासँगै साताव्यापी विवाहमहोत्सव सम्पन्न || चुनाव बिथोल्ने गोईतको धम्की || वाम गठबन्धनको कार्यालयमा विष्फोट, फोरमको गाडीमा बम || आजदेखि अन्तराष्ट्रिय मैथिली सम्मेलन सुरु || मधेशी दललाई समानुपातिक मत बढी आउने || विवाह भए लगत्तै जीप दुर्घटना, ‘नवजोडी’सहित ७ जनाको मृत्यु || मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय गरियो || गाडीहरु आज राती १२ बजे अघि नै गन्तब्यमा पुग्नुपर्ने, भोली || कांग्रेस नेता निधिलाई ‘निमोनिया’ || लोकतन्त्रमा मात्र आर्थिक विकास हुन्छः उद्योगपति चौधरी || जर्जियाको एक होटेलमा आगलागी हुँदा ११ जनाको मृत्यु || सबै कर्मचारी चुनावमा खटिएपछि स्वास्थ्य सेवा प्रभावित || नवलपुरमा कांग्रेस उम्मेदवारको जीपलाई लक्षित गरी बम प्रहार || जर्वजस्ती करणी गरेको अभियोगमा बालक पक्राउ || लियोनल मेस्सीले जिते गोल्डेन-सू अवार्ड || यस्ता थिए, जनवादी गायक पाख्रिन || निधिलाई भेटेर भारतीय राजदूतले गरे स्वास्थ्य लाभको कामना || मोहत्सवमा दुई दर्जन पाकेटमार पक्राउ || निधी र महतो विकासभन्दा परिवारबादमा : नेता यादव || रामजानकी विवाह महोत्सव सम्पन्न || मतपत्र आज आउने || फोरम–राजपा प्यानलै विजयी || मधेश आन्दोलनका सहिद परिवारलाई ‘५० लाख’ || कर सप्ताह सम्पन्न, करको दायरा बढाउन सुझाव || धनकुटाका किसानलाई अझै छोएन निर्वाचनले || जिम्बावेमा नयाँ राष्ट्रपतिको शपथ आज, मुगावे पनि सहभागी हुने || दिनमा ३ कप कफी स्वास्थ्यको लागि फाइदाजनक : अध्ययन || धनकुटामा विस्फोट, पैदलयात्री घाइते || श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार भएका पति पक्राउ || धादिङ र नवलपरासीमा बम फेला || मलेसियालाई नेपाली महिला क्रिकेट टोलीले दियो १०९ रनको लक्ष्य || एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’ || नयाँ रणनीतिका साथ सुरक्षा सर्तकता बढाउँदै प्रहरी || निःशुल्क भोजनको व्यवस्था || मटकोर सम्पन्न || वाम उम्मेदवार यादवको लोहनामा जोडदार स्वागत || मधेश विरोधीलाई ब्यालेटबाट जवाफ दिने अवसर : कार्की ||
तन्दुरुस्ती सफलताको पहिलो सर्त

एजेन्सी कार्तिक २४, २०७४

कार्तिक : २३, २०७४-बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई फिटनेश गुरु मानिन्छ । खास गरी योगमार्फत शरीर स्वस्थ र तन्दुरुस्त राख्न उनी जोड दिने गर्छिन् । तन्दुरुस्ती सफलताको पहिलो सर्त हुने उनी मान्छिन् । फिटनेसलाई सौन्दर्य मन्त्र बनाएकी अर्की बलिउड अभिनेत्री हुन्, विपाशा वसु । युटयुबमा उनले ‘३० मिनेट वर्क आउट’ भन्दै भिडियो नै अपलोड गरेकी छन् । यो भिडियोका भ्युअर्स ३ करोडभन्दा बढी पुगिसकेका छन् । 

फिटनेसको प्रभाव नेपाली कलाकारमा पनि उत्तिकै छ । उमेर पाक्दै गएका अभिनेता राजेश हमाल, अभिनेत्री करिश्मा मानन्धरलगायतका सेलेब्रिटीको फिजिकल फिटनेसले सधंै चर्चा पाइरहन्छ । यसको रहस्य के होला ? राजेशले सामाजिक सञ्जालमार्फत दर्शकलाई जवाफ दिइरहेका हुन्छन् । उनले फिटनेस वर्क आउट गर्दै गरेका विभिन्न तस्बिर फेसबुकमा राखेका छन् । कहिले राति त कहिले बिहान खिचिएका फोटाहरू उनको फेसबुकमा देख्न सकिन्छ । रातमा समेत वर्क आउट गरेको फोटोले उनी फिटनेसप्रति कति गम्भीर छन् भन्ने खुलाउँछ । आफ्नो मात्रै होइन, उनी ‘स्वस्थ्य रहनु’ भन्दै फयानहरूलाई उत्तिकै अभिप्रेरित गरिरहेका हुन्छन्, फेसबुकमार्फत । 

त्यस्तै, फिटनेसमा सचेत हुने अभिनेत्रीमध्ये बेनिसा हमाल पनि पर्छिन् । बिहान होस्् या बेलुकी, जति बेला समय मिल्छ, उतिबेला उनी जिमका लागि तयार हुन्छिन् । ‘कार्डियो’ उनको मन पर्ने एक्सरसाइज हो । कहिलेकाहीं फिल्म सुटिङमा व्यस्त हुँदा भने उनी जिम धाउन पाउँदिनन् । ‘तर, जहाँ भइन्छ त्यहाँ हल्का एक्सरसाइज गरेकै हुन्छु,’ उनी भन्छिन्, ‘एक्सरसाइज नहुँदा मुड अफ भएजस्तो लाग्छ ।’ साताको दुई–तीन पटक चाहिँ उनी जसरी भए पनि जिमखाना जाने गर्छिन् । ‘शरीरलाई तन्दुरुस्त राख्न व्यायाम आवश्यक छ,’ उनी सल्लाह दिन्छिन्, ‘त्यहीअनुसार दैनिक खानपानमा पनि ध्यान दिनुपर्छ ।’ हेभी एक्सरसाइज गर्नेले खानपानको सन्तुलन मिलाउन सकेन भने शरीरलाई उल्टो असर गर्ने उनको अनुभव छ । 

कलाकार एवं कार्यक्रम प्रस्तोता सञ्जय गुप्ता पनि वर्क आउटमा उत्साहित महसुस गर्छन् । उनको इन्स्टाग्राम फोटोले धेरै कुरा खुलाउँछ । हरेक एक्सरसाइज मुभमेन्टमा सेल्फी खिच्दै उनले फोटो पोस्ट गरेका छन् । नियमित व्यायामका लागि उनी साइकलसमेत प्रयोग गर्छन् ।

गायिका सुनीता दुलालले पनि फिटनेसप्रति चासो देखाएकी छन् । ‘आजैदेखि एक्ससाइज सुरु गर्दै छु, र अब सधैं गर्नेछु’ भन्ने स्टाटससहित उनले पनि जिमखानाको फोटो फेसबुकमा राखेकी छन् । उनको फोटामा वर्क आउट गर्दा निकै रमाइलो हुने र सधंै यसलाई जारी राख्नु भन्दै शुभेच्छुकहरूले प्रतिक्रिया दिएका छन् । 

फिटनेसमा रमाउनेमध्ये रंगकर्मी सिर्जना सुब्बा पनि पर्छिन् । उनको एक्सरसाइज गर्ने तरिका भने अलिक बेग्लै छ । उनी जिममा धाउनुभन्दा आउट डोर ट्राभलिङ गर्न मन पराउँछिन् । ‘नेचर लभर छु,’ उनी भन्छिन्, ‘साइक्लिङ जस्तो गुड एक्सरसाइज केही हँुदैन ।’ फिजिकल एक्सरसाइजसँगै शान्त वातावरण स्वास्थ्यका लागि आवश्यक रहेको उनको मत छ । त्यही भएर फुर्सद पाउनासाथ उनी राजधानीको कोलाहल छोडेर साइकल यात्रामा निस्किन्छन् । भन्छिन्, ‘साइकल साथीजस्तै हो । यसले सधैं फ्रेस मुड दिन्छ ।’ 

साभार कान्तिपुर डट कम 

 

Comment Box

जनकपुरमा शनिबार बिहान एक महिलाको रहस्यमय अवस्थामा शव भेटिएको छ...

गौशाला : महोत्तरी जिल्लाको बलवा नगरपालिका–७ मा गएराति एक ट्र्याक्टरले...

धनुषा । धनुषामा शुक्रबार राति आगलागी हुँदा एउटा घर...

जनकपुरधाम । रामकलेवा कार्यक्रम गरी साताव्यापी...

जनकपुरधाम । स्वतन्त्र तराईमा बन्दूकको बलमा टिकेको अवैध नेपाली शासनलाई...

लहान । सिराहा जिल्लाको मिर्चैया नगर पालिकाको वडा नम्बर ५...

जनकपुरधाम । १९ औ अन्तराष्ट्रिय मैथिली सम्मेलन आज शनिवार जनकपुरमा...

जनकपुरधाम । प्रदेश नम्बर २ को ३२ प्रतिनिधि सभा र...

रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६ मा शुक्रबार...

धादिङ । दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं ५ स्थित...

काठमाडौं । आजराति १२ बजेअघि नै आफ्नो गन्तव्यमा पुग्न सरकारले...

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमा निमोनिया देखिएको...

धनगढी । वरिष्ठ उद्योगपति विनोदकुमार चौधरीले लोकतन्त्रमा मात्र देशलाई आर्थिक...

काठमाडौं । जर्जियाको एक होटेलमा आगलागी हुँदा ११ जनाको...

बैतडी । बैतडीमा अधिकांश स्वास्थ्यकर्मी निर्वाचनमा खटिँदा स्वास्थ्य सेवा...

काठमाडौं । नवलपरासीको पूर्वी क्षेत्र नवलपुरका कांग्रेस उम्मेदवारलाई लक्षित गरी...

गाईघाट, उदयपुर : जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई...

काठमाडौं । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल...

नारायण ढुंगाना :चितवन, मंसिर ६ । ‘नेतालेमात्रै हुँदैन, विश्व बदल्ने...

काठमाडौं । राजधानीको ओम अस्पतालमा उपचार गराइरहनु भएका नेपाली कांग्रेस...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा प्रहरीले जनकपुर बजारबाट...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट उम्मेदवार...

जनकपुरधाम । रामायणमा वर्णित त्रेता युगमा मार्र्ग शुक्ल पञ्चमीका दिन...

जनकपुरधाम । पहिलो चरणको मतदानको तयारी पुरा भए लगतै दोस्रो...

राजविराज । जिल्ला समन्वय समिति(जिसस) सप्तरीमा फोरम–राजपा गठबन्धनको पुरै प्यानल...

जलेश्वर ।राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले मधेश आन्दोलनका सहिदहरुको परिवारलाई ५०–५० लाख...

काठमाडौं । छैटौं राष्ट्रिय कर सप्ताह बिहीबार सकिएको छ...

धनकुटा । प्रदेश र प्रतिनिधिसभा सदस्य पदका लागि मतदानको...

हरारे । जिम्बावेका पूर्व उपराष्ट्रपति एमर्सन मनाङ्गावालाई आज राष्ट्रपतिको...

काठमाडौं । गर्भवती महिलाबाहेक अन्य मानिसले दिनमा ३ कप कफी...

धनकुटा । अज्ञात समुहले आज बिहान धनकुटाको फुङसुवा खोलामा बम...

लहान । श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमानलाई...

काठमाडौं । धादिङ र नवलपरासीमा बम फेला परेको छ...

काठमाडौं । टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गको चौथो खेलमा...

काठमाडौं । एनसेलले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन ‘डिजिटल...

जनकपुरधाम । आसन्न चुनावलाई लिएर धनुषा प्रहरीले नयाँ रणनिति तहत...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको अवसर पारेर भगवती दीनानाथ ट्रष्ट जनकपुरले...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको पूर्वसन्ध्यामा बुधवार मटकोर सम्पन्न भएको छ...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर–३ ...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका तर्फबाट धनुषा क्षेत्र नम्बर...