Sat, 24 Feb 2018
ताजा समाचार
छोराको रड प्रहार बाट आमाको मृत्यु || जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु || बारामा रु एक अर्ब ६३ करोड बराबरको आलु उत्पादन || तालाबन्दीले तीन महिनादेखि पढाई अवरुद्ध || परिक्रमा यात्रीको स्वागतमा धनुषाधाममा सरसफाइ || तीन‘स’बाट पूर्व सैनिक जोड्दै नेपाली सेना || राजधानी सिँगार्न प्रदेश सरकारद्वारा परामर्श प्रारम्भ || माधुर्यता र प्रेमभावका होली गीत लोप हुँदै || शिक्षाको सवालमा सुरुगामा सार्वजनिक सुनुवाई || प्रदेश मन्त्री छड्केमा || काँग्रेसले दुरी बढायो || प्रदेश मन्त्रीको आज टुंगो लाग्ने || मनोरञ्जनात्मक प्रस्तुतीको तयारी तिब्र || छोराले रडले हिर्काउदा आमा घाइते || नेपाल आयातको लागि कोलकत्ताभन्दा बिशाखापटनम सस्तो || पर्वतामा सरसफाई || खेलाडीहरुको विदाई ​ || परिक्रमा आज पर्वतामा || झुलुंगे पुलको निर्माण कार्य अधुरै || प्याराग्लाइडिङबाट पर्यटक आकर्षित || कलैयामा तरकारी सस्तो || नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य रहेको अदालतको फैसला || संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने || खोलामा पानीको सतह घटेपछि सिंचाइको समस्या || कर्मचारी अभावले काम प्रभावित : डा. साह || महासंघका अध्यक्ष, सचिवलाई हत्याको धम्की || लहानमा दिउँसै बम विष्फोट, १ घाईते || जानकी मेडिकल कलेजमा ५ वर्षको सञ्चय कोष र १४ महिनाको || मुख्यमन्त्रीलाई दुई तिहाई बढी मत || ट्रक दुर्घटनाका मृतकको पहिचान || सवारी चालकको आँखा परीक्षण गरिने || पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने || सर्जियो रामोसको पेनाल्टी गोलले रियाल मड्रिड विजयी, लेगानेज पराजित || म्यान्चेस्टर युनाईटेड र सेभियाले बराबरी खेले, शख्तरसँग रोमा पराजित || उपप्रमुखलाई तराजु || फागुन २३ देखि सामान आयात हुने || आमा समूहद्वारा न्यानो कपडा वितरण || बिहानै परकम्प || सिरियामा सेनाले गरेको बमबारीमा २ सय ५० बढी सर्वसाधारणको मृत्यु || चेल्सी र बार्सिलोनाले बराबरी खेले, बायर्न म्युनिखसँग बेसिक्तास पराजित ||
शिक्षक नहुँदा पठनपाठनमा समस्या

रासस कार्तिक २४, २०७४

अरुणकुमार यादव ,राजविराज: सप्तरी भारदहस्थित बिपि माबिमा दरबन्दीअनुसार शिक्षक नहँुदा पठनपाठनमा समस्या देखिएको छ ।

विद्यालयमा विगत २५ वर्षदेखि शिक्षकको अभाव हुँदा पनि सम्बन्धित निकायले ध्यान नदिएका कारण पठनपाठनमा समस्या हुने गरेका छन् ।

विसं २०४९ मा स्थापना भएको उक्त विद्यालयमा विद्यार्थीको चाप बढी रहेको विद्यालयका शिक्षक शिवशंकर मण्डलले दाबी गर्नुभयो । विद्यालयमा करिब एक हजार भन्दा बढी विद्यार्र्थी अध्ययनरत् छन् । विद्यार्थीअनुसार शिक्षक नहुँदा एउटा कक्षामा १६० देखि १७० जना विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

सबैभन्दा बढी मावि र निमावि तहका विद्यार्थी रहेको र सो अनुरुप कक्षा कोठा एंव भौतिकपूर्वाधारको अभाव कारण कक्षा छुट्याउन समेत समस्या परेकाले एउटै कक्षामा एक सयदेखि एक सय ५० विद्यार्थी राखेर पढाउँदा शिक्षकले पढाएको कुरा बुझ्न समेत समस्या हुने गरेको कक्षा दशमा अध्यनरत छात्र नीरजकुमार माझीले बताउनुभयो ।

दरबन्दीअनुसार मावि तहमा १० शिक्षक हुनुपर्नेमा अहिले पाँचजना शिक्षकले मात्र अध्यापन गराइरहेको विद्यालयका प्रधानाध्यापक जयप्रकासप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

मावि तहमा भने थप एकजना शिक्षक राहत दरबन्दीमा काम गरी रहेका छन् । त्यसमा पनि दुई महिना अगाडि मात्रै नेपाली विषयका शिक्षक शान्तिराम अधिकारी अवकांस प्राप्त भएपछि सो विषय पढाउने शिक्षक नहँुदा निमाविस्तरको शिक्षकबाट पढाइ सञ्चालन गर्नुपर्ने अवस्था रहेको प्रअ गुप्ताले बताउनुभयो ।

त्यस्तै निमावि तहमासमेत पाँचजना शिक्षकको अवाश्यकता रहेकोमा अहिले एकजना दरबन्दीमा र एकजना राहत कोटामा काम गरिरहेको उहाँले भन्नुभयो ।

निमाविको शिक्षक पनि बाध्यभएर माविमा पढाउनुपर्ने कारण यहाँ शिक्षकको अभाव देखिएको छ । मावि र निमावि तहमा शिक्षकको अभावका कारण विगत २५ वर्षदेखि निमाविको शिक्षक मावि र प्राविका शिक्षक निमाविमा पढाएर काम चलाउनु परिरहेको सोही विद्यालयका एक शिक्षकको गुनासो छ ।

पूर्व–पश्चिम राजमार्गसँग जोडिएको बिपी मावि भारदहमा विद्यालय परिसरको पर्खाल भत्किएका कारण स–साना बालबालिका भागेर राजमार्गसम्म जाने गरेकाले बालबालिका दुर्घटनामा पर्नसक्ने सम्भावना पनि उतिकै रहेको सोही विद्यालयका अर्का शिक्षक लेखनाथ कोइरालाले बताउनुभयो ।

विद्यार्थीको तुलनामा शिक्षक अभावका कारण सबैलाई एकै ठाउँमा एउटै कोठामा राखेर पठनपाठन गराउँदा आफूहरुलाई पढाएको शब्द पनि बुझन गाहे हुँदा परीक्षामा पास गर्न समेत समस्या हुने गरेको कक्षा ९ मा अध्यनरत अरविन्दकुमार मण्डलले गुनासो गर्नुभयो ।

शिक्षक अभावका कारण कक्षा छुट्याएर एउटै कक्षामा १६० जना विद्यार्थी राखेर अध्यापन गराएका कारण आफूहरु राम्रो शिक्षा पाउन नसकेको मण्डलले बताउनुभयो ।

सो विद्यालयमा जिल्ला शिक्षा कार्यालयले पिसिए शिक्षक दरबन्दी कट्टा गरेपछि शिक्षकको अभाव भएको बताइएको छ । अहिले कक्षा ९ र १० मा अनिवार्य नेपाली र जनसंख्या तथा वातावरण विषयको शिक्षक नहुँदा प्राविस्तरका शिक्षक गएर पढाउनुपर्ने बाध्यता रहेकोले यसप्रति सम्बन्धित निकायको ध्यान जानु जारुरी रहेको स्थानीय अभिभावकको भनाइ छ ।

यसैबीच बिपी मावि भारदहको नाममा करिब १४ बिगाहा जग्गा रहेकोले कक्षा १२ (प्लस टु) सञ्चालन हुनुपर्ने माग स्थानीयवासीको छ ।

सो क्षेत्रका अधिकांश विद्यार्थी १० कक्षा पास गरिसकेपछि पढ्नका लागि बाहिर जानुपर्ने बाध्यता रहेकाले सोही विद्यालयमा प्लस टु सञ्चालन हुनुपर्ने माग स्थानीयवासीको छ । .

भारदह क्षेत्रमा सामुदायक विद्यालयमा प्लस टु नहँुदा त्यहाँका हजारौं विद्यार्थी सदरमुकाम राजविराज, कञ्चनपुर र विराटनगरलगायतका ठाउँमा गएर कक्षा १२ पढनुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ । 

Comment Box

गोलबजार । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ४ मा छोराको रड...

सुरुङ्गा, झापा : झापाको बिर्तामोड नगरपालिका – ७ मा...

कलैया : बारामा यस वर्ष रु एक अर्ब ६२...

गोलबजार । १२ फाल्गुन सिरहाको सिरहा नगरपालिकामा सुर्यनारायण...

राजविराज । सप्तरीको कुशहा स्थित श्रोत केन्द्रमा गुणस्तरिय शिक्षा हामी...

जनकपुरधाम । प्रदेश नम्बर २ का भौतिक पुर्वाधार तथा विकास...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

सरकारमा आउन राजपालाई प्रधानमन्त्रीको आग्रह...

गोलबजार । बुधबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपलिका ४ मा आफनै...

जनकपुरधाम । मिथिला ...

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमा शुक्रबार धनुषाको पर्वता पुग्ने भएको...

मलंगवा । सामान्यतया एउटा झुलुंगे पुल बनाउन ६ महिनादेखि...

कलैया । बारामा यस वर्ष हिउँदे तरकारी कूल ...

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले...

काठमाण्डु । संघीय संसद्अन्तर्गतका ...

गौर । जिल्ला जनस्वास्थ्य कार्यालय ...

राकेश यादवगौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष ,सचिव...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

एमाले, माओवादी पक्षमा, काँग्रेस विपक्षमा...

रत्ननगर, चितवन ; नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय...

पोखरा : बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा...

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको...

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले लेगानेजलाई ३-१ ले...

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभियाले इङ्ल्यान्डको म्यान्चेस्टर...

नगरकोट : न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले...

रसुवा : सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको...

काठमाडौँ : आमा समूह तमू समाज बेल्जियमले शीतलहर प्रभावित तराई...

काठमाडौँ : आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ...

काठमाडौं । सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले...

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१...