ताजा समाचार
नवलपुरमा कांग्रेस उम्मेदवारको जीपलाई लक्षित गरी बम प्रहार || जर्वजस्ती करणी गरेको अभियोगमा बालक पक्राउ || लियोनल मेस्सीले जिते गोल्डेन-सू अवार्ड || यस्ता थिए, जनवादी गायक पाख्रिन || निधिलाई भेटेर भारतीय राजदूतले गरे स्वास्थ्य लाभको कामना || मोहत्सवमा दुई दर्जन पाकेटमार पक्राउ || निधी र महतो विकासभन्दा परिवारबादमा : नेता यादव || रामजानकी विवाह महोत्सव सम्पन्न || मतपत्र आज आउने || फोरम–राजपा प्यानलै विजयी || मधेश आन्दोलनका सहिद परिवारलाई ‘५० लाख’ || कर सप्ताह सम्पन्न, करको दायरा बढाउन सुझाव || धनकुटाका किसानलाई अझै छोएन निर्वाचनले || जिम्बावेमा नयाँ राष्ट्रपतिको शपथ आज, मुगावे पनि सहभागी हुने || दिनमा ३ कप कफी स्वास्थ्यको लागि फाइदाजनक : अध्ययन || धनकुटामा विस्फोट, पैदलयात्री घाइते || श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार भएका पति पक्राउ || धादिङ र नवलपरासीमा बम फेला || मलेसियालाई नेपाली महिला क्रिकेट टोलीले दियो १०९ रनको लक्ष्य || एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’ || नयाँ रणनीतिका साथ सुरक्षा सर्तकता बढाउँदै प्रहरी || निःशुल्क भोजनको व्यवस्था || मटकोर सम्पन्न || वाम उम्मेदवार यादवको लोहनामा जोडदार स्वागत || मधेश विरोधीलाई ब्यालेटबाट जवाफ दिने अवसर : कार्की || यूनियन लाइफको सातौं शाखा जनकपुरमा || रामजानकी विवाहमहोत्सव आज मनाईदै || विद्युतीय पुस्तकालय सञ्चालन || हिँडेरै कर्मचारी मतदान केन्द्रमा || तस्करीका सामान बरामद || रु दुई अर्ब ४० करोडको लागतमा कालोपत्रे सडक बन्ने || प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति चुनावी एजेण्डा || बाबुले गरे छ वर्षे छोराको हत्या || ट्रकमा मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु || आश्वासनप्रति विश्वास छैनः वादी समुदायलाई चुनाव भन्दा छाक टार्ने चिन्ता || मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजियो : पौडेल || चार वर्षीय बालकले गरे बलात्कार ! चिकित्सकबाट पुष्टि || बार्सिलोना र चेल्सी च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश || विशेषज्ञ चिकित्सकको सम्मेलन हँुदै || डिटोनेटरसहित एक पक्राउ ||
कीर्तिपुरमा किलोको ३० रुपैयाँमा बिक्री हुन्छ गोलभेडा, सात किलोमिटर पार गर्दा ९० रुपैयाँ पुग्छ

एजेन्सी कार्तिक २६, २०७४
काठमाडौं। कालिमाटीबाट कीर्तिपुरको दुरी ७ किलोमिटर मात्र छ। कीर्तिपुरमा ७०० रुपैयाँमा किनेको गोलभेडा क्रेट सात किलोमिटर यात्रा गरेपछि १७ सय रुपैयाँ पूग्छ।

कीर्तिपुरका ठेकेदारहरुले सात सय रुपैयाँमा किनेको गोलभेडा १७ सय रुपैयाँ क्रेटमा बिक्री गर्छन्।किसानले दिनरात नभनी उब्जाएको गोलभेडा ठेकेदारले कुनै लगानी नगरि एक हजार रुपैयाँ नाफा खाएर कालिमाटीमा बिक्री गर्छ।ठेकेदारले कालिमाटीमा कति रुपैयाँ किलो तरकारी बेच्छन् भन्ने कुरा कुनै पनि व्यावसायीले मुख खोल्दैनन्। किसानले प्रतिकिलो ३० रुपैयाँमा बेचेको तरकारीलार्इ खुद्रा व्यापारीहरुले कालिमाटीबाट उठाउँदा प्रतिकिलो ९० रुपैयाँ हालिरहेका छन्।
 
खुद्रा व्यापारीले पनि गाडीमा हालेरै पसल सम्म तरकारी पुर्याउँछन्। यसरी तरकारी लैजाँदा पनि ढुवानी खर्च थप हुन्छ। खुद्रा व्यापारीले पनि अलिकति नाफा राखेर बेच्दा त्यसको मूल्य ४ गुणा बढी सकेको हुन्छ। अर्थात किसानले ३०/३५ रुपैयाँ किलोमा बेचेको तरकारी उपभोक्ता सम्म पूग्दा थोरैमा पनि १०० रुपैयाँ देखि १२० रुपैयाँ सम्म मूल्य पूगेको हुन्छ।

 
 
 
ठेकदारले प्रति क्रेट ७०० रुपैयाँ देखि ८०० रुपैयाँ सम्म मात्र किसानलाई दिएर टमाटर उठाउँछन्। त्यहि टमाटर कालिमाटीबाट खुद्रा व्यापारीले लैजाँदा प्रति क्रेट १७०० देखि १८०० सय रुपैयाँ सम्म हाल्छन्। ७०० देखि १७०० रुपैयाँबीचको पैसाको मुनाफा ठेकेदार र कालिमाटीका थोक व्यापारिले राखेको देखिन्छ। एक क्रेटमा २३ किलो टमाटर हुन्छ।
 
सबै खुद्रा व्यापारीले क्रेट उठाउन सक्दैनन्। ५ किलो १० किलो गरेर लैजाँदा प्रतिकिलो ९० रुपैयाँ देखि १०० रुपैयाँ सम्मै हाल्छन्।गोलभेडा मात्र नभएर, अन्य तरकारी काउली, बन्दा, करेला, काँक्रो, साग सबैमा बिचौलियाको हिस्सा दोब्बर रहेको पाईन्छ।
 
                                                        ….
धादिङमा तरकारी खेती गर्दा स्थानीय बजार नहुने र बिचौलियालाई बेच्नेहरु कहिलेई ऋण मुक्त हुन नसकेको देखेपछि धादिङमा सेतेमान श्रेष्ठ काठमाडौं आएर तरकारी खेती गरिरहेका छन्।कीर्तिपुरमा स्थानीय बजार छ। बिचौलियालाई नदिएर स्थानीय बजारमा बेच्न पाउँदा राम्रो नाफा आउने विश्लेषण सहित उनले काठमाडौंको यात्रा गरेका हुन।
 
तर उनको यात्रामा पहिलो गासमै ढुङ्गा लाग्यो। जव सरकारले घोषणा गरेको सहुलियत ऋण लिने उपाय भेटेनन्।बैंकमा पनि धाए तर ऋण पाएनन्। महिनौ सम्म त्यसै बरालिएपछि उनले एक जना ऋण दिने व्यक्ति भेटे। जसले तरकारी खेती सुरु गर्न आवश्यक ऋण उपलब्ध गराए।तरकारी खेती सुरु गरे। खेती पनि राम्रो भयो। तीन रोपनीमा गरेको खेतीले पहिलो वर्षनै ऋण मुक्त हुने अपेक्षा थियो श्रेष्ठको।
 
तर तरकारी बेच्ने बेलामा ऋण दिने व्यक्तिनै तरकारी लिन आए।उत्पादन भएको तरकारी लोड गरेर लगे। ऋण दिने साहुले आउने/जाने गाडीभाडा कटाए, ऋण सापटी दिएको भन्दै अरुको भन्दा १० रुपैयाँ सस्तोमा तरकारी हिसाब गरेर किने।ऋणकै बराबर तरकारी हिसाब पुर्याए।बजारमा सय रुपैयाँमा बिक्री हुने गोलभेडा ४० रुपैयाँमा बिक्री गर्न बाध्य भए।यो तरकारी उत्पादन गर्ने श्रेष्ठको जस्तै कथा अरुको पनि छ।१२ महिना दु:ख गर्यो तर हातमा लाग्यो शुन्य।
 
कीर्तिपुरकै किसान गोपाल तामाङ पनि १० वर्षदेखि तरकारी खेती गरिरहेका छन्। उनको कथा पनि त्यस्तै छ। उत्पादन सबै बेच्दा साउको ऋण तिर्न पुग्छ तर हातमा केही पर्दैन्। 
 
स्थानीय सरकारले झनै अप्ठेरोमा
कीर्तिपुरमा पहिले पहिले उत्पादन गरेको तरकारीहरु सडक छेउमा राखेर बेच्ने गरेका थिए। स्थानीय निर्वाचनपछि कीर्तिपुर नगरपालिकाले जनप्रतिनिधि पायो।

जनप्रतिनिधिले सडकछेउमा तरकारी राखेर बेच्न नदिने निर्णय गरेसँगै किसानहरुले नचाहेर पनि बिचौलिया मार्फत तरकारी बेच्न थालेको कीर्तिपुरका किसान विरेन्द्र शाहीले बताए।शाहीले भने, राज्यको ढुकुटीमा केहि त जम्मा हुन्छ। बिचौलियासँग मिलेर किसान र उपभोक्ता मार्ने काम भएको छ।
'बारिमा पुग्ने ग्राहकलाई ८० रुपैयाँ किलो टमाटर बेच्छु। हामीलाई पनि नाफा हुन्छ। ग्राहक पनि बचतमा हुन्छन्। सधै बारीमा ग्राहक जाँदैनन्। गएपनि एक दुई किलो किन्नेमात्र जान्छन्। सडकछेउमा राखेर बेच्न पाईदैन। कुहिएर जानुभन्दा ४०/४५ रुपैयाँमै भएपनि बिचौलिया मार्फत बेच्नुपर्दा हामीलाई अन्याय भएको छ।' शाहीले भने।
 
तरकारी अभाव मूल्य बृद्धिको बहाना मात्रै
तरकारीको अभाव पनि मूल्यवृद्धिको एक कारण हो। तराईमा आएको बाढीले तरकारीबाली बगाएको र अन्य क्षेत्रको बालीमा रोग किरा लागेपछि तरकारीको माग अनुसार आपूर्ति हुन सकेको छैन।

तर तरकारीको अभाव बिचौलियाको मूल्यवृद्धिको बाहाना मात्रै भएको किसानहरु स्वंय बताउँछन्।उनीहरुका अनुसार बजारमा ५० रुपैयाँ किलोमा गोलभेडा बिक्री गर्दा किसानले २० रुपैयाँ किलोमा बेचिरहेका थिए।
 
तीनथरी बिचौलिया
कीर्तिपुरमै तरकारी खेती गरिरहेकी दाङकी बिना चौधरीको बारीमा एक दिन अनौठो ग्राहक आए।‘घरमा भोज छ भनेर तरकारी टिपेर तौलिएर पैसा थमाए,उनले भनिन्, ‘बजारमा १ सय ३० रुपैयाँमा बिक्री भइरहेको काउलीलार्इ ६० रुपैयाँ तिरेर लगे।दिन्न भन्दा धम्क्याएर लिएर गए।‘उनका अनुसार त्यही व्यक्तिले आफूसँग किनेको तरकारी बिक्री गरेको देखेर आश्चर्यचकित भए।
 
निश्चित क्षेत्रफलमा लगाएको तरकारीलाई कालिमाटीमा लैजान कुनै एक जना व्यक्ति तोकिएको हुन्छ।गाउँमा सबै तरकारी बिक्री नहुने र कालिमाटी लगायतका बजारमा प्रत्यक्ष रुपमा तरकारी नकिन्ने भएकोले विचौलिया प्रयोग गर्न किसान बाध्य छन्। एकथरि बिचौलिया किसानलाई चाहिएको बेला ऋण दिन्छन्। पछि उसको तरकारी सबै आफैले किन्छन्।
साभार बिजमानडु डट कम
Comment Box

काठमाडौं । नवलपरासीको पूर्वी क्षेत्र नवलपुरका कांग्रेस उम्मेदवारलाई लक्षित गरी...

गाईघाट, उदयपुर : जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई...

काठमाडौं । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल...

नारायण ढुंगाना :चितवन, मंसिर ६ । ‘नेतालेमात्रै हुँदैन, विश्व बदल्ने...

काठमाडौं । राजधानीको ओम अस्पतालमा उपचार गराइरहनु भएका नेपाली कांग्रेस...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा प्रहरीले जनकपुर बजारबाट...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट उम्मेदवार...

जनकपुरधाम । रामायणमा वर्णित त्रेता युगमा मार्र्ग शुक्ल पञ्चमीका दिन...

जनकपुरधाम । पहिलो चरणको मतदानको तयारी पुरा भए लगतै दोस्रो...

राजविराज । जिल्ला समन्वय समिति(जिसस) सप्तरीमा फोरम–राजपा गठबन्धनको पुरै प्यानल...

जलेश्वर ।राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले मधेश आन्दोलनका सहिदहरुको परिवारलाई ५०–५० लाख...

काठमाडौं । छैटौं राष्ट्रिय कर सप्ताह बिहीबार सकिएको छ...

धनकुटा । प्रदेश र प्रतिनिधिसभा सदस्य पदका लागि मतदानको...

हरारे । जिम्बावेका पूर्व उपराष्ट्रपति एमर्सन मनाङ्गावालाई आज राष्ट्रपतिको...

काठमाडौं । गर्भवती महिलाबाहेक अन्य मानिसले दिनमा ३ कप कफी...

धनकुटा । अज्ञात समुहले आज बिहान धनकुटाको फुङसुवा खोलामा बम...

लहान । श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमानलाई...

काठमाडौं । धादिङ र नवलपरासीमा बम फेला परेको छ...

काठमाडौं । टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गको चौथो खेलमा...

काठमाडौं । एनसेलले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन ‘डिजिटल...

जनकपुरधाम । आसन्न चुनावलाई लिएर धनुषा प्रहरीले नयाँ रणनिति तहत...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको अवसर पारेर भगवती दीनानाथ ट्रष्ट जनकपुरले...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको पूर्वसन्ध्यामा बुधवार मटकोर सम्पन्न भएको छ...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर–३ ...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका तर्फबाट धनुषा क्षेत्र नम्बर...

जनकपुरधाम । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले जनकपुरमा सातौ शाखा संचालनमा...

जनकपुरधाम । त्रेता युगमा मार्ग ...

रत्ननगर, चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका– ७ स्थित शिरकोट...

जाजरकोट : सडक सञ्जालले नछोएका यहाँका दुर्गम गाउँमा पुग्न कर्मचारीलाई...

नेपालगञ्ज ; बाँके प्रहरीले नेपालगञ्ज धम्बोझीस्थित चार घरमा छापा मारेर...

पथरी, मोरङ : सडक विस्तारको क्रममा भत्किएर अलपत्र अवस्थामा रहेको...

कञ्चनपुर : कञ्चनपुर क्षेत्र नं ३ का वाम गठबन्धन...

जुम्ला : यहाँको पातारासी गाउँपालिका–६ एक व्यक्तिले छ महिने छोराको...

परासी । नवलपरासीको कावासोती नगरपालिका–११ लोकाहा पुलमा गएराति सवा १०...

बझाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा बझाङमा...

लमजुङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...

नयाँ दिल्ली । दैनिक बलात्कारका घटना प्रकाशमा आइरहेका हुन्छन्...

काठमाडौं । स्पेनिस फुटबल क्लव बार्सिलोना र इङ्ल्यान्डको चेल्सी युरोपियन...

काठमाडौँ : जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ चिकित्सकको दक्षिण...

मलेखु : नेपाल प्रहरीले नेकपा (विप्लव)का एक कार्यकर्तालाई आज बिहान...