ताजा समाचार
लियोनल मेस्सीले जिते गोल्डेन-सू अवार्ड || यस्ता थिए, जनवादी गायक पाख्रिन || निधिलाई भेटेर भारतीय राजदूतले गरे स्वास्थ्य लाभको कामना || मोहत्सवमा दुई दर्जन पाकेटमार पक्राउ || निधी र महतो विकासभन्दा परिवारबादमा : नेता यादव || रामजानकी विवाह महोत्सव सम्पन्न || मतपत्र आज आउने || फोरम–राजपा प्यानलै विजयी || मधेश आन्दोलनका सहिद परिवारलाई ‘५० लाख’ || कर सप्ताह सम्पन्न, करको दायरा बढाउन सुझाव || धनकुटाका किसानलाई अझै छोएन निर्वाचनले || जिम्बावेमा नयाँ राष्ट्रपतिको शपथ आज, मुगावे पनि सहभागी हुने || दिनमा ३ कप कफी स्वास्थ्यको लागि फाइदाजनक : अध्ययन || धनकुटामा विस्फोट, पैदलयात्री घाइते || श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार भएका पति पक्राउ || धादिङ र नवलपरासीमा बम फेला || मलेसियालाई नेपाली महिला क्रिकेट टोलीले दियो १०९ रनको लक्ष्य || एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’ || नयाँ रणनीतिका साथ सुरक्षा सर्तकता बढाउँदै प्रहरी || निःशुल्क भोजनको व्यवस्था || मटकोर सम्पन्न || वाम उम्मेदवार यादवको लोहनामा जोडदार स्वागत || मधेश विरोधीलाई ब्यालेटबाट जवाफ दिने अवसर : कार्की || यूनियन लाइफको सातौं शाखा जनकपुरमा || रामजानकी विवाहमहोत्सव आज मनाईदै || विद्युतीय पुस्तकालय सञ्चालन || हिँडेरै कर्मचारी मतदान केन्द्रमा || तस्करीका सामान बरामद || रु दुई अर्ब ४० करोडको लागतमा कालोपत्रे सडक बन्ने || प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति चुनावी एजेण्डा || बाबुले गरे छ वर्षे छोराको हत्या || ट्रकमा मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु || आश्वासनप्रति विश्वास छैनः वादी समुदायलाई चुनाव भन्दा छाक टार्ने चिन्ता || मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजियो : पौडेल || चार वर्षीय बालकले गरे बलात्कार ! चिकित्सकबाट पुष्टि || बार्सिलोना र चेल्सी च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश || विशेषज्ञ चिकित्सकको सम्मेलन हँुदै || डिटोनेटरसहित एक पक्राउ || संकटमोचन माविलाई खेल सामाग्री हस्तान्तरण || नेकपाका एकजना कार्यकर्ता पक्राउ ||
सवारी चालक अनुमति पत्र ‘स्मार्ट कार्ड’ दिने योजना कार्यान्वयनमा कठिनाइ

रासस कार्तिक २७, २०७४

 काठमाडौं । पाँच वर्षभित्र सेवाग्राहीको मागअनुसार विद्युतीय सवारी चालक अनुमति पत्र ‘स्मार्ट कार्ड’ उपलब्ध गराइसक्ने यातायात व्यवस्था विभागको योजना कार्यान्वयनमा कठिनाइ भएको छ ।

चालक अनुमति पत्रलाई ‘स्मार्ट कार्ड’ मा परिवर्तनका लागि लाखौंले राजश्व तिरेका छन् ‘स्मार्ट कार्ड’ चालक अनुमति पत्र लिनका लागि मोटरसाइकललाई रू ७००, कार जिपलाई रू एक हजार र ठूला सवारीका लागि रू दुई हजार शुल्क तोकिएको वाग्मती सवारी चालक अनुमति पत्रको कार्यालयका प्रमुख तेजनारायण यादव राससलाई बताउँछन् ।

‘लाखौंले राजश्व तिरेर ‘स्मार्ट कार्ड’ चालक अनुमति पत्र लिन प्रतीक्षा गरेपनि दुई लाख ३० हजारमात्र छापिएर आएको छ, मागअनुसार कार्ड नछापिँदा सेवाग्राही प्रतीक्षा सूचीमा बस्नुपर्ने बाध्यता छ, अहिलेसम्म दुई लाख ३० हजारलाई वितरण गरेका छौं, माग गर्ने एक लाख सेवाग्राही अझै प्रतीक्षा सूचीमा छन्, विभागले मागअनुसार ‘स्मार्ट कार्ड’ उपलब्ध गराउन सकेको छैन’–उनी भन्छन् ।

‘स्मार्ट कार्ड’ छपाइको काम विभागको केन्द्रीय कार्यालय मीनभवनमा भइरहेको छ । तीनओटा उपकरणबाट कार्ड छाप्ने काम भइरहे पनि मागबमोजिमको आपूर्ति हुननसकेको विभागले जनाएको छ । विभागका महानिर्देशक रूपनारायण भट्टराई ‘स्मार्ट कार्ड’ नेपालका लागि नयाँ प्रविधि भएकाले मागअनुसार छापेर वितरण गर्न नसकिएको स्वीर्काछन् ।

विभागले विसं २०७२ मसिर २० गतेदेखि ‘स्मार्ट कार्ड’ को दरखास्त लिन सुरु गरेर पुस ३ गतेदेखि वितरण गर्न थालेको थियो ।

भारतको ‘मद्रास सेक्युरिटी प्रिन्टर्स’ कम्पनीले रू १५ करोडको लागतमा ‘स्मार्ट कार्ड’ छाप्ने तीन ओटा ‘लेजर इन्ग्रेडिङ मेसिन’, हार्डवेयर सामग्री र एक लाख ६० हजार थान ‘स्मार्ट कार्ड’ छाप्ने कागज ल्याएको थियो ।

हाल यातायातको १३ ओटा अञ्चल कार्यालयबाट ‘स्मार्ट कार्ड’ वितरण सुरु भइरहेको छ । कर्णालीमा भने नेपाल टेलिकमले ‘स्मार्ट कार्ड’ वितरण गर्न सक्ने क्षमताको इन्टरनेट सेवा उपलब्ध नगराएकाले ढिला भएको विभागका प्रवक्ता डा।टोकराज पाण्डेले राससलाई जानकारी दिए ।

पाँच वर्षभित्रमा हस्तलिखितलगायत अन्य प्रकृतिका चालक अनुमति पत्रलाई ‘स्मार्ट कार्ड’ मा परिवर्तन गर्ने विभागको योजना छ । मागअनुसारको आपूर्ति हुन नसकेकाले पाँच वर्षमा ‘स्मार्ट कार्ड’ वितरण सक्न मुस्किल देखिएको छ । पाँच वर्षमध्ये दुई वर्ष सकिन लागेको छ । बाँकी तीन वर्षमा नवीकरण र नयाँ आउने सबैलाई ‘स्मार्ट कार्ड’ वितरण गर्नु विभागका लागि चुनौती छ ।

‘स्मार्ट कार्ड’ लिन दुई महिनादेखि सबै प्रक्रिया पूरा गरेपनि एकान्तकुनास्थित वाग्मती अञ्चल यातायात कार्यालयले विभागबाट छापिएर आएको छैन भन्दै नदिएको सेवाग्राही नारायण गुरुङ बताउँछन् । ‘पटकरपटक सम्पर्क गर्नु भन्छन्, जहिले सम्पर्क गरेपनि ‘स्मार्ट कार्ड’ छापिएर आएको छैन भन्ने जवाफ पाइन्छ’–उनी भन्छन् ।

‘स्मार्ट कार्ड’ वितरण गर्ने वाग्मती कार्यालयका प्रमुख यादव सेवाग्राही धेरै, सेवा प्रदायक थोरै र छापिएर आउनुपर्ने कार्डकै लागि महिनौ कुर्नुपर्ने भएकाले तोकिएको अवधिमा कामसम्पन्न गर्नु चुनौतीपूर्ण रहेको बताउँछन् ।

विभागले यसवर्ष पनि ‘स्मार्ट कार्ड’ छाप्न बोलपत्र आह्वान गरेकामा ‘मद्रास सेक्युरिटी प्रिन्टर्स’ले नौ लाख ६४ हजार अमेरिकी डलरमा छाप्ने जिम्मेवारी पाएको छ । यस पटक सात लाख ५० हजार ‘स्मार्ट कार्ड’ छापिने प्रवक्ता पाण्डे उल्लेख गर्छन् ।

अहिले नयाँ निवेदन दिने, प्रतिलिपि लिने र नवीकरण गर्ने सबैलाई ‘स्मार्ट कार्ड’ चालक अनुमति पत्रमात्र दिइएको विभागले जनाएको छ ।

Comment Box

काठमाडौं । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल...

नारायण ढुंगाना :चितवन, मंसिर ६ । ‘नेतालेमात्रै हुँदैन, विश्व बदल्ने...

काठमाडौं । राजधानीको ओम अस्पतालमा उपचार गराइरहनु भएका नेपाली कांग्रेस...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा प्रहरीले जनकपुर बजारबाट...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट उम्मेदवार...

जनकपुरधाम । रामायणमा वर्णित त्रेता युगमा मार्र्ग शुक्ल पञ्चमीका दिन...

जनकपुरधाम । पहिलो चरणको मतदानको तयारी पुरा भए लगतै दोस्रो...

राजविराज । जिल्ला समन्वय समिति(जिसस) सप्तरीमा फोरम–राजपा गठबन्धनको पुरै प्यानल...

जलेश्वर ।राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले मधेश आन्दोलनका सहिदहरुको परिवारलाई ५०–५० लाख...

काठमाडौं । छैटौं राष्ट्रिय कर सप्ताह बिहीबार सकिएको छ...

धनकुटा । प्रदेश र प्रतिनिधिसभा सदस्य पदका लागि मतदानको...

हरारे । जिम्बावेका पूर्व उपराष्ट्रपति एमर्सन मनाङ्गावालाई आज राष्ट्रपतिको...

काठमाडौं । गर्भवती महिलाबाहेक अन्य मानिसले दिनमा ३ कप कफी...

धनकुटा । अज्ञात समुहले आज बिहान धनकुटाको फुङसुवा खोलामा बम...

लहान । श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमानलाई...

काठमाडौं । धादिङ र नवलपरासीमा बम फेला परेको छ...

काठमाडौं । टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गको चौथो खेलमा...

काठमाडौं । एनसेलले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन ‘डिजिटल...

जनकपुरधाम । आसन्न चुनावलाई लिएर धनुषा प्रहरीले नयाँ रणनिति तहत...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको अवसर पारेर भगवती दीनानाथ ट्रष्ट जनकपुरले...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको पूर्वसन्ध्यामा बुधवार मटकोर सम्पन्न भएको छ...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर–३ ...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका तर्फबाट धनुषा क्षेत्र नम्बर...

जनकपुरधाम । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले जनकपुरमा सातौ शाखा संचालनमा...

जनकपुरधाम । त्रेता युगमा मार्ग ...

रत्ननगर, चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका– ७ स्थित शिरकोट...

जाजरकोट : सडक सञ्जालले नछोएका यहाँका दुर्गम गाउँमा पुग्न कर्मचारीलाई...

नेपालगञ्ज ; बाँके प्रहरीले नेपालगञ्ज धम्बोझीस्थित चार घरमा छापा मारेर...

पथरी, मोरङ : सडक विस्तारको क्रममा भत्किएर अलपत्र अवस्थामा रहेको...

कञ्चनपुर : कञ्चनपुर क्षेत्र नं ३ का वाम गठबन्धन...

जुम्ला : यहाँको पातारासी गाउँपालिका–६ एक व्यक्तिले छ महिने छोराको...

परासी । नवलपरासीको कावासोती नगरपालिका–११ लोकाहा पुलमा गएराति सवा १०...

बझाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा बझाङमा...

लमजुङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...

नयाँ दिल्ली । दैनिक बलात्कारका घटना प्रकाशमा आइरहेका हुन्छन्...

काठमाडौं । स्पेनिस फुटबल क्लव बार्सिलोना र इङ्ल्यान्डको चेल्सी युरोपियन...

काठमाडौँ : जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ चिकित्सकको दक्षिण...

मलेखु : नेपाल प्रहरीले नेकपा (विप्लव)का एक कार्यकर्तालाई आज बिहान...

जनकपुरधाम । अन्तराष्ट्रिय बाल अधिकार...

इटहरी : निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका आरोपमा प्रहरीले नेत्रविक्रम...