Fri, 23 Feb 2018
ताजा समाचार
मनोरञ्जनात्मक प्रस्तुतीको तयारी तिब्र || छोराले रडले हिर्काउदा आमा घाइते || नेपाल आयातको लागि कोलकत्ताभन्दा बिशाखापटनम सस्तो || पर्वतामा सरसफाई || खेलाडीहरुको विदाई ​ || परिक्रमा आज पर्वतामा || झुलुंगे पुलको निर्माण कार्य अधुरै || प्याराग्लाइडिङबाट पर्यटक आकर्षित || कलैयामा तरकारी सस्तो || नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य रहेको अदालतको फैसला || संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने || खोलामा पानीको सतह घटेपछि सिंचाइको समस्या || कर्मचारी अभावले काम प्रभावित : डा. साह || महासंघका अध्यक्ष, सचिवलाई हत्याको धम्की || लहानमा दिउँसै बम विष्फोट, १ घाईते || जानकी मेडिकल कलेजमा ५ वर्षको सञ्चय कोष र १४ महिनाको || मुख्यमन्त्रीलाई दुई तिहाई बढी मत || ट्रक दुर्घटनाका मृतकको पहिचान || सवारी चालकको आँखा परीक्षण गरिने || पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने || सर्जियो रामोसको पेनाल्टी गोलले रियाल मड्रिड विजयी, लेगानेज पराजित || म्यान्चेस्टर युनाईटेड र सेभियाले बराबरी खेले, शख्तरसँग रोमा पराजित || उपप्रमुखलाई तराजु || फागुन २३ देखि सामान आयात हुने || आमा समूहद्वारा न्यानो कपडा वितरण || बिहानै परकम्प || सिरियामा सेनाले गरेको बमबारीमा २ सय ५० बढी सर्वसाधारणको मृत्यु || चेल्सी र बार्सिलोनाले बराबरी खेले, बायर्न म्युनिखसँग बेसिक्तास पराजित || मध्यरातमा काठमाडौंमा ३ दशमलव ६ म्याग्निच्युटको भूकम्प || सम्सीको बजेट रु २८ करोड ४४ लाख || बिधार्थि संघले मुसहर विद्यार्थीहरुलाई शौक्षिक समाग्रीहरु वितरण || सदायको शव फेला, हत्याको आशंका || महिला साइकल दौडको उपाधि चौधरी || सभामुखको आवास खाली गर्न ढिलाई || मुसलिम संघका अध्यक्ष अपदस्थ || प्रवासी नेपालीको सपना ‘कोलकातामा नेपाल हाउस’ || शहिद परिवारका बालबालिकालाई निःशुल्क शिक्षा || प्रजातन्त्र दिवसमा शैक्षिक समाग्री वितरण || केन्द्र सरकारमा फोरम गएपनि प्रदेशमा वाम हुँदैन् : साँसद || वीरगञ्जका आन्दोलनकारीसित आज प्रदेश सरकारको वार्ता ||
विवाह महोत्सवको रौनक

रासस मंसिर ६, २०७४

जनकपुरधाम :  मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भोलि हुने भगवान् सीता–राम विवाह महोत्सवको रौनक बढेको छ ।

जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन् । यो महोत्सवमा नेपाल, भारतलगायत अन्य राष्ट्रका धार्मिक पर्यटक सहभागी हुँदै आएका छन् । एक साताअघिदेखि नै वैवाहिक विधि शुरु भए पनि भोलि हुने वैवाहिक समारोहमा सहभागी हुन जनकपुरधाममा भक्तजनको भीड लागिसकेको छ । त्रेतायुगमा मिथिला नरेश जनकले छोरी सीताको स्वयम्बरका लागि प्रतिस्पर्धामा राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा सुपुत्र रामले तीन टुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको थियो ।


गोस्वामी तुलसी दासको रामायणअनुसार जनकपुरधामको रंगभूमिमा आयोजना गरिएको सो स्वयम्बरमा ३३ कोटी देवी देवताको उपस्थिति थियो ।

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।
यस महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईलगायत अन्य धर्मावलम्बी पनि सामेल हुने गरेका छन् ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार तिलकोत्सव, मटकोर, स्वयम्बर र विवाह संस्कार पनि हुने गरेको छ । पौराणिक व्यवस्थाअनसार राममन्दिरबाट बाजागाजा र झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोलामा राखी रंगभूमि पु¥याइन्छ ।त्यस्तै जानकी मन्दिरबाट सीताको प्रतिमालाई सुसज्जित डोलामा राखी रंगभूमिमा पु¥याइन्छ । रंगभूमिमा स्वयम्बर विधि, परीक्षण र वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिन्छ ।

त्यस अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा अधिराज्यका विभिन्न ठाउँलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु, पर्यटक पनि सहभागी हुने गर्छन् । रंगभूमि मैदानमा वर र कन्या पक्षबीच हुने गरेको हाँसोठट्टा, गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्क झाँकी र लाखौँ संख्यामा सम्मिलित श्रद्धालुको उत्साहले महोत्सव वास्तविक विवाहभन्दा पनि रमाइलो हुने गरेको छ ।

फूलबारी प्रसंगदेखि स्वयम्बरसम्मको आयोजनाले महोत्सव देवी विवाह महोत्सवका रूपमा रूपान्तरित भएको अनुभूति गर्दै सहभागी मिथिलाका नारी तथा पुरुष आफूलाई धन्य सम्झन्छन् ।

महोत्सवका दिन श्रद्धालु बिहान सबेरैदेखि पवित्र सरोवरमा स्नान गरी पूजाअर्चना र भाकल गर्ने गर्छन् । यस अवसरमा भजन, कीर्तन, रामलीला, झाँकी र प्रवचन पनि गरिन्छ ।

Comment Box

गोलबजार । बुधबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपलिका ४ मा आफनै...

जनकपुरधाम । मिथिला ...

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमा शुक्रबार धनुषाको पर्वता पुग्ने भएको...

मलंगवा । सामान्यतया एउटा झुलुंगे पुल बनाउन ६ महिनादेखि...

कलैया । बारामा यस वर्ष हिउँदे तरकारी कूल ...

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले...

काठमाण्डु । संघीय संसद्अन्तर्गतका ...

गौर । जिल्ला जनस्वास्थ्य कार्यालय ...

राकेश यादवगौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष ,सचिव...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

एमाले, माओवादी पक्षमा, काँग्रेस विपक्षमा...

रत्ननगर, चितवन ; नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय...

पोखरा : बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा...

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको...

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले लेगानेजलाई ३-१ ले...

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभियाले इङ्ल्यान्डको म्यान्चेस्टर...

नगरकोट : न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले...

रसुवा : सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको...

काठमाडौँ : आमा समूह तमू समाज बेल्जियमले शीतलहर प्रभावित तराई...

काठमाडौँ : आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ...

काठमाडौं । सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले...

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१...

काठमाडौं । काठमाडौंलाई केन्द्र विन्दू बनाएर गएराति भूकम्पको परकम्पन गएको...

गौशाला : महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका लागि रु २८ करोड...

रौतहट : ६८ औं प्रजातन्त्र दिवसको अबसरमा रौतहटको चन्द्रपुर नगरपालिका...

सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा फेला...

गौर । छैठौ जिल्ला स्तरिय महिला साइकल दौड प्रतियोगिताको ...

जनकपुरधाम । प्रदेश सभा परिसरमा ...

जनकपुरधाम ।नेपाली काँग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ धनुषाका अध्यक्ष...

जनकपुरधाम । प्रदेश नम्बर २ का शहिद परिवारका बालबालिकाहरु अब...

वीरगञ्ज । प्रदेश नम्बर २ को सरकारले वीरगञ्जलाई राजधानी माग्दै...