Sat, 24 Feb 2018
ताजा समाचार
छोराको रड प्रहार बाट आमाको मृत्यु || जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु || बारामा रु एक अर्ब ६३ करोड बराबरको आलु उत्पादन || तालाबन्दीले तीन महिनादेखि पढाई अवरुद्ध || परिक्रमा यात्रीको स्वागतमा धनुषाधाममा सरसफाइ || तीन‘स’बाट पूर्व सैनिक जोड्दै नेपाली सेना || राजधानी सिँगार्न प्रदेश सरकारद्वारा परामर्श प्रारम्भ || माधुर्यता र प्रेमभावका होली गीत लोप हुँदै || शिक्षाको सवालमा सुरुगामा सार्वजनिक सुनुवाई || प्रदेश मन्त्री छड्केमा || काँग्रेसले दुरी बढायो || प्रदेश मन्त्रीको आज टुंगो लाग्ने || मनोरञ्जनात्मक प्रस्तुतीको तयारी तिब्र || छोराले रडले हिर्काउदा आमा घाइते || नेपाल आयातको लागि कोलकत्ताभन्दा बिशाखापटनम सस्तो || पर्वतामा सरसफाई || खेलाडीहरुको विदाई ​ || परिक्रमा आज पर्वतामा || झुलुंगे पुलको निर्माण कार्य अधुरै || प्याराग्लाइडिङबाट पर्यटक आकर्षित || कलैयामा तरकारी सस्तो || नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य रहेको अदालतको फैसला || संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने || खोलामा पानीको सतह घटेपछि सिंचाइको समस्या || कर्मचारी अभावले काम प्रभावित : डा. साह || महासंघका अध्यक्ष, सचिवलाई हत्याको धम्की || लहानमा दिउँसै बम विष्फोट, १ घाईते || जानकी मेडिकल कलेजमा ५ वर्षको सञ्चय कोष र १४ महिनाको || मुख्यमन्त्रीलाई दुई तिहाई बढी मत || ट्रक दुर्घटनाका मृतकको पहिचान || सवारी चालकको आँखा परीक्षण गरिने || पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने || सर्जियो रामोसको पेनाल्टी गोलले रियाल मड्रिड विजयी, लेगानेज पराजित || म्यान्चेस्टर युनाईटेड र सेभियाले बराबरी खेले, शख्तरसँग रोमा पराजित || उपप्रमुखलाई तराजु || फागुन २३ देखि सामान आयात हुने || आमा समूहद्वारा न्यानो कपडा वितरण || बिहानै परकम्प || सिरियामा सेनाले गरेको बमबारीमा २ सय ५० बढी सर्वसाधारणको मृत्यु || चेल्सी र बार्सिलोनाले बराबरी खेले, बायर्न म्युनिखसँग बेसिक्तास पराजित ||
सुन्तलाको बगैँचामा ८५ प्रतिशतसम्म अनुदान

टुडे समाचारदाता मंसिर १२, २०७४

काठमाडौं। कृषि विकास मन्त्रालयले सुन्तला, कागती र जुनारको पुरानो बिरुवा पूर्ण रूपले नष्ट गरी आधुनिक नर्सरीबाट गुणस्तरीय नर्सरीसहितको सुन्तला बगैँचा स्थापना गर्न किसानलाई अनुदान दिने नीति लागू गरेको छ । अनुदानबाट सञ्चालन हुने कार्यक्रमले सुन्तलाको नमुना फार्म वा स्रोत केन्द्र स्थापना गर्न सकिने मन्त्रालयले जनाएको छ ।orange

हाल देशभर ६२ जिल्लामा सुन्तला, कागती र जुनार खेती भइरहेको छ । मन्त्रालयले बृहत् सुन्तला जात (सुन्तला, कागती, जुनार) अनुसन्धान, विकास र विस्तार (स्रोत केन्द्र स्थापना) कार्यक्रम सञ्चालन कार्यविधि– ०७४ लागू गरी अनुदान वितरण गर्न लागेको हो । कार्यक्रममार्फत उन्नत जातका सुन्तला, कागती र जुनारको बगैँचा निर्माण गर्ने जनाएको हो ।

यस्तो छ रणनीति
सुन्तला, जुनार र कागती खेती व्यावसायिक रूपमा सञ्चालन भएका ठाउँमा बगैँचा काँटछाँट, मलजल, सिँचाइसमेत व्यवस्थापन गरी ५० प्रतिशतभन्दा कम क्षति भएका बोटलाई पुनर्जीवन दिइनेछ । त्यस्तै, ५० प्रतिशतभन्दा बढी क्षति भएका बोटलाई भने पूर्ण रूपले हटाएर पुनः नयाँ रोगमुक्त बिरुवा लगाइनेछ । उच्च गुणस्तरीय बेर्नाको उत्पादन गरी नयाँ रोगमुक्त पकेट क्षेत्र पहिचान गर्ने, तीन–तीन मिटरको फरकमा बिरुवा लगाउन सचेतना वृद्धि गर्ने, नमुना बगैँचा बनाउन कम्तीमा ३ वर्षसम्म अनुदान उपलब्ध गराउने रणनीति लिइएको छ । एउटा जिल्लाबाट बढीमा २ वटा फर्म छनोट गरी अनुदान वितरण गर्ने लक्ष्य राखिएको छ ।

यस्ता फर्मले पाउँछन् अनुदान
कम्तीमा ४० रोपनी जग्गामा सुन्तला, जुनार र कागती बगैँचा फलफूल भएको र बगैँचा विस्तार गरी १ सय रोपनीसम्म पुर्‍याउन मिल्ने स्थानमा अनुदान कार्यक्रम वितरण हुनेछ । बगैँचा मोटरबाटो, बिजुली, सिँचाइ भएको वा पुग्न सक्ने स्थानमा हुनुपर्छ । गुणस्तरीय र स्वस्थ कलमी बेर्नाको उत्पादन गर्ने नर्सरी भएको वा नर्सरी स्थापना गर्नका लागि आवश्यक पूर्वाधार तथा सम्भावना भएको, कम्तीमा १ वर्षदेखि कृषि क्षेत्रमा काम गरेको अनुभवसमेत हासिल गरेकाहरू अनुदान पाउन योग्य हुन्छन् ।

अनुदान वितरण प्रक्रिया
पुरानो बगैँचा र नर्सरी व्यवस्थापनका लागि ७५ प्रतिशत, बगैँचा विस्तार गर्न तथा नयाँ बिरुवा रोपणका लागि ७५ प्रतिशत, टनेल निर्माणका लागि ७५ प्रतिशत, रोग परीक्षण नमुना संकलनका लागि ८५ प्रतिशत र कृषि औजार खरिदका लागि ७५ प्रतिशत अनुदान दिइनेछ । त्यस्तै, माटो परीक्षण लागतका लागि ७५ प्रतिशत, सिँचाइ (प्लास्टिक पोखरी, सिमेन्टको पोखरी, पाइप, थोपा सिँचाइ, कुलो निर्माण) मा ८५ प्रतिशत अनुदान दिइनेछ । यो अनुदान रकम कुल लागतको हिसाबले गणना गरी भुक्तानी हुने मन्त्रालयले जनाएको छ । अनुदानबाहेकको बाँकी लागत किसानले व्यहोर्ने भरपर्दो आधार देखाएपछि मात्रै परियोजना स्वीकृत गरी अनुदानबाट कार्यक्रम सञ्चालन हुनेछ । अनुदान रकम एकमुष्ठ नभई कार्य प्रगतिका आधारमा तीन किस्तामा वितरण गरिनेछ ।-नयाँ पत्रिका

Comment Box

गोलबजार । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ४ मा छोराको रड...

सुरुङ्गा, झापा : झापाको बिर्तामोड नगरपालिका – ७ मा...

कलैया : बारामा यस वर्ष रु एक अर्ब ६२...

गोलबजार । १२ फाल्गुन सिरहाको सिरहा नगरपालिकामा सुर्यनारायण...

राजविराज । सप्तरीको कुशहा स्थित श्रोत केन्द्रमा गुणस्तरिय शिक्षा हामी...

जनकपुरधाम । प्रदेश नम्बर २ का भौतिक पुर्वाधार तथा विकास...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

सरकारमा आउन राजपालाई प्रधानमन्त्रीको आग्रह...

गोलबजार । बुधबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपलिका ४ मा आफनै...

जनकपुरधाम । मिथिला ...

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमा शुक्रबार धनुषाको पर्वता पुग्ने भएको...

मलंगवा । सामान्यतया एउटा झुलुंगे पुल बनाउन ६ महिनादेखि...

कलैया । बारामा यस वर्ष हिउँदे तरकारी कूल ...

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले...

काठमाण्डु । संघीय संसद्अन्तर्गतका ...

गौर । जिल्ला जनस्वास्थ्य कार्यालय ...

राकेश यादवगौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष ,सचिव...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

एमाले, माओवादी पक्षमा, काँग्रेस विपक्षमा...

रत्ननगर, चितवन ; नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय...

पोखरा : बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा...

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको...

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले लेगानेजलाई ३-१ ले...

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभियाले इङ्ल्यान्डको म्यान्चेस्टर...

नगरकोट : न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले...

रसुवा : सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको...

काठमाडौँ : आमा समूह तमू समाज बेल्जियमले शीतलहर प्रभावित तराई...

काठमाडौँ : आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ...

काठमाडौं । सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले...

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१...