Sat, 24 Feb 2018
ताजा समाचार
छोराको रड प्रहार बाट आमाको मृत्यु || जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु || बारामा रु एक अर्ब ६३ करोड बराबरको आलु उत्पादन || तालाबन्दीले तीन महिनादेखि पढाई अवरुद्ध || परिक्रमा यात्रीको स्वागतमा धनुषाधाममा सरसफाइ || तीन‘स’बाट पूर्व सैनिक जोड्दै नेपाली सेना || राजधानी सिँगार्न प्रदेश सरकारद्वारा परामर्श प्रारम्भ || माधुर्यता र प्रेमभावका होली गीत लोप हुँदै || शिक्षाको सवालमा सुरुगामा सार्वजनिक सुनुवाई || प्रदेश मन्त्री छड्केमा || काँग्रेसले दुरी बढायो || प्रदेश मन्त्रीको आज टुंगो लाग्ने || मनोरञ्जनात्मक प्रस्तुतीको तयारी तिब्र || छोराले रडले हिर्काउदा आमा घाइते || नेपाल आयातको लागि कोलकत्ताभन्दा बिशाखापटनम सस्तो || पर्वतामा सरसफाई || खेलाडीहरुको विदाई ​ || परिक्रमा आज पर्वतामा || झुलुंगे पुलको निर्माण कार्य अधुरै || प्याराग्लाइडिङबाट पर्यटक आकर्षित || कलैयामा तरकारी सस्तो || नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य रहेको अदालतको फैसला || संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने || खोलामा पानीको सतह घटेपछि सिंचाइको समस्या || कर्मचारी अभावले काम प्रभावित : डा. साह || महासंघका अध्यक्ष, सचिवलाई हत्याको धम्की || लहानमा दिउँसै बम विष्फोट, १ घाईते || जानकी मेडिकल कलेजमा ५ वर्षको सञ्चय कोष र १४ महिनाको || मुख्यमन्त्रीलाई दुई तिहाई बढी मत || ट्रक दुर्घटनाका मृतकको पहिचान || सवारी चालकको आँखा परीक्षण गरिने || पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने || सर्जियो रामोसको पेनाल्टी गोलले रियाल मड्रिड विजयी, लेगानेज पराजित || म्यान्चेस्टर युनाईटेड र सेभियाले बराबरी खेले, शख्तरसँग रोमा पराजित || उपप्रमुखलाई तराजु || फागुन २३ देखि सामान आयात हुने || आमा समूहद्वारा न्यानो कपडा वितरण || बिहानै परकम्प || सिरियामा सेनाले गरेको बमबारीमा २ सय ५० बढी सर्वसाधारणको मृत्यु || चेल्सी र बार्सिलोनाले बराबरी खेले, बायर्न म्युनिखसँग बेसिक्तास पराजित ||
फोरम–राजपा गठबन्धनमा समानुपातिक मत विवाद

टुडे समाचारदाता मंसिर १६, २०७४

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल गठबन्धनमा समानुपातिक मतको माँग्न विवाद हुन थालेको छ ।

 

गठबन्धनको औपचारिकता निर्वाह गर्न सँगसँगै मत माँग्ने फोरम  र राजपाका नेताहरुबीच समानुपातिक मत माग्न बिबाद बढन थालेपछि छुट्टाछुट्टै मत माग्न थालिएको छ ।

फोरम र राजपाले प्रत्यक्षमा गठबन्धन गरेपनि समानुपातिक तर्फ छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् । फोरमका उम्मेदवारको प्रचारमा रहेका राजपाका नेताहरु समानुपातिक तर्फ दुवै मत छाता छापमा माग्ने र फोरमले चारवटै मत मसाल छापमा दिन भनेपछि विवाद चुलिएको छ ।

प्रतिनिधि र प्रदेश सभामा उम्मेदवारी दिएको राजपाले चारवटै मत माग्ने गरेका छन् । दुवै दलका नेताहरुबीच समानुपातिक मतका लागि विवाद देखिएको छ ।

धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा फोरम नेपालका उम्मेदवारहरुसँगै घरदैलो कार्यक्रममा रहेका राजपाका नेताहरुले समानुपातिक तर्फ छाता छापमा मत माग्दा अपमानित हुनु परेको दुखेसो गरेका छन् ।

राजपाबाट प्रतिनिधि सभाको समानुपातिक सुचीमा रहेकी सुनीता दासले भनिन् ,‘फोरमका उम्मेदवारहरुले चारै मत मसाल छापमा दिन आग्रहगर्ने तर उनीहरुसँगै रहेर हामीले समानुपातिक तर्फ छाता छापको लागि मत माग्दा बिरोध गर्छन् ।

तर फोरमका नेता बजरंग कुमार यादवले प्रचारमा रहेका राजपाका नेताहरुले फोरमको मसाल छापमा मत माग्न अबरोध गरेको आरोप लगाए ।

‘राजपाका प्रतिनिधि र प्रदेशमा प्रत्यक्ष उम्मेदवारका समर्थकहरुले फोरमका कार्यकर्ताहरुलाई समानुपातिक मत माग्न दिदैन्’ उनले भने, ‘ प्रत्यक्ष तर्फ एउटा र समानुपातिक तर्फ अर्को मत माग्ने सहमति शिर्ष नेताहरुमा भएको  छ ,तर उनीहरुले बिरोध सहज ढंगले कार्य गर्न दिदैन् ।’

जनकपुर नगर क्षेत्रमापनि राजपाका नेता, कार्यकर्ताहरुले चारवटै मत माग्ने गरेका छन् । फोरमका कार्यकर्ताहरु राजपाको प्रचार भन्दा अलगै रहेर समानुपातिक मत माग्दै गरेको भेटिन्छ ।

सँगै रहेका फोरम र राजपाका कार्यकर्ताहरुले एउटै मतदातासित फरक फरक छापमा मत माग्दा मतदाताहरु समेत अन्योलमा पर्न थालेका छन् । प्रत्यक्ष तर्फ उम्मेदवार नरहेका क्षेत्रका नेता, कार्यकर्ताहरुले अर्को क्षेत्रमा प्रचार प्रसार गरेको देखिन्छ ।

उम्मेदवार सवार प्रचार गाडीमा फोरम र राजपाका झण्डा झुण्डयाइएको भएपनि जुलुस र सभाहरुमा उम्मेदवार रहेका दलको झण्डा मात्र देखिन्छ । गठबन्धनमा बिद्राही उम्मेदवार, निर्वाचित पदाधिकारी गठबन्धन बाहिरका उम्मेदवारको प्रचार प्रसार गर्ने र समानुपातिक मत माग्न देखिएको विवाद दुवै दलका लागि घातक हुने देखिन्छ ।

फोरम–राजपा गठबन्धनका लागि समानुपातिक मत माग्नु कठिन भएको छ । हुनत प्रत्यक्ष भन्दा फोरम र राजपाको समानुपातिक तर्फ बढी मत पर्ने बताईन्छ । प्रत्यक्ष तर्फ उम्मेदवारहरुको ‘मुख र धन’ हेरिने भएकाले फोरम–राजपा गठबन्धनलाई समानुपातिक तर्फ अत्यधिक मत बढने संभावना छ ।

 

Comment Box

गोलबजार । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ४ मा छोराको रड...

सुरुङ्गा, झापा : झापाको बिर्तामोड नगरपालिका – ७ मा...

कलैया : बारामा यस वर्ष रु एक अर्ब ६२...

गोलबजार । १२ फाल्गुन सिरहाको सिरहा नगरपालिकामा सुर्यनारायण...

राजविराज । सप्तरीको कुशहा स्थित श्रोत केन्द्रमा गुणस्तरिय शिक्षा हामी...

जनकपुरधाम । प्रदेश नम्बर २ का भौतिक पुर्वाधार तथा विकास...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

सरकारमा आउन राजपालाई प्रधानमन्त्रीको आग्रह...

गोलबजार । बुधबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपलिका ४ मा आफनै...

जनकपुरधाम । मिथिला ...

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमा शुक्रबार धनुषाको पर्वता पुग्ने भएको...

मलंगवा । सामान्यतया एउटा झुलुंगे पुल बनाउन ६ महिनादेखि...

कलैया । बारामा यस वर्ष हिउँदे तरकारी कूल ...

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले...

काठमाण्डु । संघीय संसद्अन्तर्गतका ...

गौर । जिल्ला जनस्वास्थ्य कार्यालय ...

राकेश यादवगौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष ,सचिव...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

एमाले, माओवादी पक्षमा, काँग्रेस विपक्षमा...

रत्ननगर, चितवन ; नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय...

पोखरा : बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा...

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको...

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले लेगानेजलाई ३-१ ले...

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभियाले इङ्ल्यान्डको म्यान्चेस्टर...

नगरकोट : न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले...

रसुवा : सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको...

काठमाडौँ : आमा समूह तमू समाज बेल्जियमले शीतलहर प्रभावित तराई...

काठमाडौँ : आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ...

काठमाडौं । सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले...

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१...