ताजा समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु || महोत्तरी ४ ‘क’ मा फोरम र क्षेत्र नं २ र || महोत्तरीको १ मा ‘क’ बाट वामगठबन्धनका शारदा थापा विजयी || सप्तरी १ प्रदेशसभा ‘ख’मा राजपाका उपाध्यक्ष साह विजयी || महोत्तरीको ४ ‘ख’ बाट फोरमका सिंह विजयी || मधेशी जनताको गम्भीर दायित्व र चुनौती थपिएको : नेता भण्डारी || विजयी ¥यालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु || राजपा अध्यक्षमण्डल सदस्य भण्डारी विजयी || महतोको भव्य विजयी जुलुस || लैंगिक हिँसा न्यूनिकरणको लागि नाटक || सुनसरी ४ मा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी || प्यालेष्टिनी हमासले बनाएको सुरुङमार्ग इजरायली सेनाद्वारा ध्वस्त || म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाईटेड पराजित || सिरहा–३ बाट एमालेका श्रेष्ठ विजयी, को हुन् श्रेष्ठ ? || महोत्तरी निर्वाचन क्षेत्र न. ३ महन्थ ठाकुर विजयी || महिला हिंसाविरुद्ध निःशुल्क हेल्पलाइन ११४५ शुरु || पौडेलद्वारा पुनः मतदानको माग || सिरहा–३ मा श्रेष्ठ विजयी || महोत्तरीका सञ्चारकर्मीले सहजरुपमा सूचना पाउन सकेनन् || यो जित मधेस आन्दोलनको जित हो:महतो || महासचिव पोखरेल विजयी || धनुषा ३ (ख) मा राजपा विजयी || सप्तरी ३ मा चौधरी विजयी || प्रधानमन्त्री देउवा छैटौँ पटक विजयी || धनुषा क्षेत्र नं ३(क) मा काँग्रेस विजयी || काँग्रेसका अर्जुननरसिंह केसीलाई एमालेका खतिवडाले १० हजार बढी मतले हराए || मोरङ क्षेत्र नं ५ मा वाम गठबन्धनका मण्डल विजयी || बस पल्टिँदा सत्र घाइते || मोरङ – ४ मा मोदी विजयी || काठमाडौँ क्षेत्र १० बाट केसी विजयी || काँग्रेसलाई पुनःसंरचना गर्ने गगनको अठोट || टेलिसेन्टर सेवा प्रभावकारी बन्न सकेनन् || भ्रष्टाचारजन्य क्रियाकलाप विश्वकै लागि चुनौती ः प्रधानमन्त्री || कास्कीमा वाम गठबन्धनको अग्रता कायमै || नेपाल र एंगोलाबीच कूटनीतिक सम्बन्ध स्थापना || प्रदेश(क)मा वाम गठबन्धनका रेग्मी निर्वाचित || ओली र लिङ्देन अगाडि || श्रेष्ठलाई खेलकुद क्षेत्रदेखि संसद्सम्म पुग्ने अवसर || ट्र्याक्टर दुर्घटनामा मृत्यु || खनाल र नेम्वाङको अग्रता ||
अब छोरी जन्मिने बित्तिकै बैंकमा २० हजार रकम

टुडे समाचारदाता मंसिर २०, २०७४

बुटवल । समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन् ।

जनप्रतिनिधिले गाउँपालिकाको पहिलो गाउँपालिका सभाबाट निर्णय गरेर नै गाउँमा रहेको बालविवाह र महिला तथा लैंगिक हिंसामा कमी ल्याउने उदाहरणीय कार्यक्रम सार्वजनिक गरेका हुन् ।

जिल्लाको ओमसतिया गाउँपालिकामा करिब ३७ हजार जनसंख्या छ । महिलाको संख्या पुरुषभन्दा बढी छ । यो मधेशी समुदायको बाहुल्यता रहेको र खुला सीमा भएको क्षेत्र हो । जिल्लाका साविक हाटी फर्साटिकर, वसन्तपुर, पड्सरी, छोटकीरामनगर र पट्खौली गाविस जोडेर ओमसतिया गाउँपालिका बनेको हो । यहाँका कैयौँ समुदायमा अहिले पनि बालविवाह कायम छ ।

गाउँपालिकाका अध्यक्ष हीरा केवट (राहुल) गाउँमा कुनै कार्यक्रममा पुग्दा स्थानीयवासी कुनै महिलाले परिवारमा आइपरेका पीडा सुनाउँदा छोरीप्रतिको श्रद्धा जगाउँछन् । छोरीलाई जन्मिने बित्तिकै सम्मान जाग्ने खालको काम गर्ने शोचमा उनी र गाउँपालिकाको टिमको थियो । त्यसैले गाउँपालिकाको पहिलो परिषद्ले जन्म दर्ता गराउन आउने वित्तिकै छोरीका नाममा रु २० हजार बैंकमा जम्मा गराउने निर्णय गर्‍यो ।

गाउँपालिकामा निर्वाचित भएको मितिका आधारमा सोही दिनदेखि जन्मिएका कुनै पनि समुदायका छोरीका नाममा बैंकमा रु २० हजार २० वर्षका लागि राख्ने गरी कार्यविधि गाउँपालिकाले बनायो । अहिले नाबालिका रहेकी छोरी वयस्क अर्थात २० वर्षकी हुँदा बैंकमा जम्मा भएको रकमको ब्याजसहित जोड्दा झण्डै रु तीन लाख पुग्छ । सो कार्यका लागि रु एक करोड २१ लाख गाउँपरिषद्बाट विनियोजन भइसकेको छ । सोही गाउँपालिकामा रहेको साना किसान कृषि सहकारीसँग सम्झौताको प्रक्रिया अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष केवटले बताए ।

नेपाल–भारत सीमा क्षेत्र भएकाले वारिपारी बिहेबारीको सम्बन्ध छ । अध्यक्ष केवटले भने, ‘छोरीप्रतिको समुदायको धारणा र भावना परिवर्तन गर्नका लागि केही न केही रचनात्मक काम गर्नैपर्ने ठानेर यस्तो निर्णय गरेका हौँं ।’

यस्तै निर्णय सियारी गाउँपालिकाले पनि गरेको छ । गाउँपालिकाको गत साउनमा बसेको परिषद् बैठकले जन्मिने बित्तिकै छोरीको जीवन बीमा गर्ने निर्णय गरेको सो गाउँपालिकाकी उपाध्यक्ष अमिृता गुरुङले बताइन् । उनी गाउँकी अगुवा नेत्री भएकाले महिला समानता र हक अधिकारका बारेमा चिन्ता गर्थिन् ।

सरकारले शुरु गरेको सामाजिक सुरक्षा भत्ताका कार्यक्रमबाट प्रभावित उपाध्यक्ष गुरुङले गाउँमा अगुवा कार्यकर्ता भएका कारण केही न केही समुदायका लागि गर्नुपर्छ भन्ने भावना जागेकाले सो निर्णय गरिएको बताइन् । गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएको मितिदेखि नै जन्म दर्ता गराउने छोरीको जीवन बीमा गरिदिने निर्णय गरेपछि सवैले उक्त निर्णयको स्वागत गरेका उनले बताइन् ।

सो गाउँपालिकाको करिब ३८ हजार जनसंख्या छ । महिलाको संख्या पुरुषको भन्दा बढी छ । उक्त गाउँपालिका साविकका चिल्हिया, मैनहिया, हर्नैया, दयानगर र पश्चिम अमुवा गाविस मिलेर बनेको हो । गाउँपालिकाका प्राविधिक किरण क्षेत्रीले बीमा योजना र बीमा कम्पनीसित सम्झौताको प्रक्रिया अगाडि बढेकाले चाँडै टुंगोमा पुर्‍याइने बताए ।

गाउँपालिकाको निर्णयले बालविवाह रोक्नेदेखि लैंगिक हिंसा कम गर्न मद्दत पुग्ने ओमसतिया गाउँपालिकाका स्थानीयवासी जगदिश खरबिन्द बताउँछन् । उनी भन्छन्, ‘बीस वर्षसम्म छोरीको नाममा राखिएको रकम रु तीन लाखसम्म पुग्छ, यो रकमले उच्च शिक्षा अध्ययनदेखि विवाह खर्चकोसमेत जोहो हुन्छ ।’ गाउँपालिकाले २० वर्षभन्दा कम उमेरमा विवाह गरेर जाने वा आफै भाग्ने कुनै पनि छोरीका लागि भने उक्त रकम दिन नमिल्ने गरी कार्यविधि बनाइरहेको छ । गाउँपालिकाले विपन्न समुदायका लागि समेत औषधोपचारमा प्रतिव्यक्ति रु १५ हजारसम्म सहयोग उपलव्ध गराउन शुरु गरेको छ ।

Comment Box

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नं २ बिहान पम्प...

महोत्तरी ; महोत्तरी जिल्लाको क्षेत्र नं ४ को प्रदेशसभा ‘क’मा...

महोत्तरी । महोत्तरी जिल्लाको क्षेत्र नं १ को प्रदेशसभा...

राजविराज : सप्तरी प्रदेशसभा १ को ‘ख’मा राजपा नेपालका वरिष्ठ...

महोत्तरी: महोत्तरी जिल्लाको क्षेत्र नं ४ को प्रदेशसभा ‘ख’...

महोत्तरी: महोत्तरी जिल्लाको क्षेत्र नं २ बाट प्रतिनिधिसभा...

नुवाकोट : नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हँुदा सिन्धुपाल्चोक मेलम्ची...

महोत्तरी : महोत्तरीको क्षेत्र नं २ मा राजपाका अध्यक्षमण्डलका...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभामा निर्वाचित...

सुनसरी । प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं ४ मा लोकतान्त्रिक...

जेरुसेलम । इजरायली रक्षा बल (आइडिएफ)ले हमास समूहद्वारा मध्य गाजा...

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले म्यान्चेस्टर...

रामबाबु यादव सिरहा । सिरहा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा...

महोत्तरी : महोत्तरी निर्वाचन क्षेत्र नं ३ मा...

काठमाडौँ : राष्ट्रिय महिला आयोगले लैंगिक हिंसा अन्त्य गर्न...

दमौली, तनहुँ, नेपाली काँग्रेसका युवा नेता एवं तनहुँ क्षेत्र...

सिरहा, सिरहा क्षेत्र नं ३ प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार लीलानाथ...

महोत्तरी : महोत्तरीका सञ्चारकर्मीले सहज र सरल तरिकाले निर्वाचन सम्बन्धी...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा...

काठमाडौँ : काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा...

जनकपुरधाम : धनुषा क्षेत्र नं ३ (ख) मा राष्ट्रिय...

राजविराज : प्रतिनिधिसभा सप्तरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसलाई...

डडेल्धुरा : डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा...

जनकपुरधाम : प्रदेशसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं ३ (क)...

नुवाकोट। नुवाकोटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र तीन...

विराटनगर, मोरङको क्षेत्र नं ५को प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का...

राजविराज, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज बस पल्टिँदा १७ यात्रु...

विराटनगर, मोरङ क्षेत्र नं–४ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट...

काठमाडौँ, काठमाडौँ क्षेत्र नं १० बाट नेपाली काँग्रेसका नेता राजेन्द्रकुमार...

काठमाडाँै, काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका...

कञ्चनपुर, सर्वसाधारणको सूचना प्रविधिमा पहुँच अभिवृद्धि गर्न हुलाक कार्यालय कञ्चनपुरले...

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारजन्य क्रियाकलाप विश्वकै लागि चुनौती भएकाले...

पोखरा, प्रतिनिधिसभा एवं प्रदेश सभाको निर्वाचनको जारी मतगणनामा वाम गठबन्धनको...

काठमाडौँ, अफ्रिकी मुलुक एंगोलासँग नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको छ...

दैलेख, प्रतिनिधिसभा–१, प्रदेशसभा (क) मा वाम गठबन्धनअन्तर्गत नेकपा(माओवादी)का धर्मराज...

भद्रपुर, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झापाको पछिल्लो मत परिणामअनुसार वाम...

श्रेष्ठलाई खेलकुद क्षेत्रदेखि संसद्सम्म पुग्ने अवसर 2017-12-09 10:37 – कृष्णराज गौतम काठमाडौँ,...

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने...

इलाम, प्रतिनिधिसभा तथा प्रदेशसभा सबै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको...