ताजा समाचार
प्रदेश नं २ मा शपथ सम्पन्न || खुकुरी प्रहार गरी श्रीमतीको हत्या || गुल्मीको रिडी मेलामा ३७ करोडभन्दा बढीको कारोबार || काबुलको होटलमा सुरक्षाकर्मी र बन्दुकधारीबीच भिडन्त, दुईको मृत्यु, पाँच जना || प्रदेशसभा सदस्यहरुको शपथ आज हुँदै, यस्तो छ तयारी || लमजुङमा पुनःनिर्माणले गति लिँदै || पर्यटकलाई समेत लक्षित गर्दै अत्याधुनिक मन्दिर || म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल र चेल्सी विजयी, सिटी शिर्ष || चार सयभन्दा बढी कोरियाली बौद्धमार्गीद्वारा विश्व शान्तिको प्रार्थना || आमा सेतुली माया स्मृति वृत्तिबाट आनन्दित गृह सम्मानित || प्रदेश सभा सदस्यको शपथ ग्रहण व्यापार संघमा || ‘मैथिली भाषाको पाठ्यपुस्तक उपलब्ध छैन्’ || कवि उदयको कृति प्रर्दशनी हुने || समानुपातिकमा मुस्लिम, दलितलाई नराखेकोमा गठबन्धनको आपति || इङ्गलिस प्रियिमर लिगमा आज आठ खेल हुँदै || जनकपुरधामलाई राजधानी तोकिएपछि नगरमा दीपावली || जब श्रद्धाले भनिन्–‘म पनि अब ध्यान गर्छु !’ || राष्ट्र बैंकले गेष्टहाउस दिएन् || मधेशवादी दलको सरकार निश्चित : राजपा नेता यादव || बलिदानी दिवसमा नेत्रदान || राजपा अध्यक्ष मण्डलको बैठक आज || कांग्रेस बैठकमा देउवामाथि आक्रोशः ‘सभापति हुँ भन्दैमा धम्क्याउने ?’ || अध्यक्ष महन्थ ठाकुरको बुझिनसक्नुको सम्धी-सम्धिनी मोह || सुरक्षा रणनीति परिवर्तन गर्ने अमेरिकाको संकेत, रुस र चीन जस्ता || France - Germany || अलमलमा उपत्यकाका यातायात कं || चिसोपीडित परिवारलाई कम्बल || दुवै आँखा दान गर्ने घोषणा || तीन महिला सगरमाथा चढ्ने || हिमालय युवा क्लवको सप्ताहव्यापी साधारणसभा अन्तर्गत सरसफाई सम्पन्न || डा. केसीले स्वास्थ्य जाँचसँगै न्यानो वाँड || गरुडा खानेपालीको पहिलो साधारण सभा सम्पन्न || सत्याग्रह पुरुष डा. केसीले रौतहटमा बाँडे न्यानो कपडा || परिवारका सबै रोगी भएपछि रामपरिको बिचल्ली || चार जना सुरुङ्ग चोर सहित पाँच पक्राउ || सप्तरीमा भएको ट्रक दुर्घटनामा पाँच जना गम्भिर घाइते || झुटकीका दलित समुदायलाई ब्लायाङ्गकेट वितरण || सप्तरीमा चिसोबाट कठयाङ्गिएर मुखियाको मृत्यु || प्रदेश नम्बर २ मा काँग्रेस सहितको सरकार || साँसद यादवव्दारा ५ हजार बढी कम्बल वितरण ||
प्रधानन्यायाधीश पराजुली पद छोड, डा. केसी अनसन तोड

एजेन्सी पौष २७, २०७४

काठमाण्डु  ।   डा. गोविन्द केसी सर्वोच्च अदालतबाट विजयी मुद्रामा बाहिरिँदै गर्दा प्रधानन्यायाधीश गोपाल पराजुली सर्वोच्च नै फर्कन नसुहाउने हालतमा पुग्नुभएको छ । अदालतको अवहेलना मुद्दामा दुई दिन सर्वोच्च धाएका डा. केसीले उल्टै प्रधानन्यायाधीशमाथि नै छानबिन गर्न बाध्य पारेपछि पराजुली नैतिक र कानुनी संकटमा फस्नुभएको हो । 

केसीलाई साधारण तारेखमा छाड्न आदेश दिएको अदालतले पराजुलीले काठमाडौं जिल्ला प्रशासनबाट लिएका दुवै नागरिकता, न्यायपरिषदबाट उमेरको सवालमा भएको निर्णय र शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउनसमेतआदेश दिएको छ । डा. केसीले पराजुलीविरुद्ध बयानका क्रममा लगाएका ११ वटा आरोपमध्ये अदालतले दुईवटामाथि छानबिन गर्न आदेश दिएको हो । अदालतबाट छानबिनको घेरामा परेपछि पराजुलीले पदमा बसिरहन नैतिक र कानुनी प्रश्न उठेको छ ।

त्यसो त अदालतले छानबिनको आदेश दिनु पहिले नै पराजुलीमाथि नैतिक संकट आइसकेको थियो । सर्वोच्च अदालतमा बयान दिने क्रममा डा. केसीले पराजुलीमाथि शैक्षिक योग्यता नपुगेको कुरादेखि दुईटा नागरिकता लिएको र उमेरको हद पार गरेपछि पनि प्रधानन्यायाधीशको पद ओगटेर न्यायलयलाई बद्नाम गरेको उल्लेख गर्नुभएको थियो । केसीले अदालतमा उभिएर बयानमा यो आरोप लगाउनेबित्तिकैनैतिक रुपले पराजुलीले प्रधानन्यायाधीशको पदमा रहने नैतिक हैसियत गुमाईसक्नुभएको हो । 

पराजुलीमाथि केसीले गम्भीर फौजदारी प्रकृतिका आरोप लगाएपछि उहाँ केसीको प्रतिवादी हुनुभएको थियो । देशको न्यायालयको सर्वोच्च पदमा आसिन भएका नाताले न्यायालयको गरिमा कायम राख्न पराजुलीले विावदमा आउनुअघि नै राजीनामा दिएर छानबिनको बाटो खुल्ला गर्नुपर्ने थियो । अहिले त आफै मातहतका न्यायाधीशले नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गर्न आदेश दिएसकेपछि उहाँमाथि छानबिन प्रभावित पार्नसक्ने अर्को आरोप समेत थपिएको छ । पराजुलीका कारण नेपालको न्यायालय झन पछि झन गहिरो संकटमा फस्दै जान थालेको छ ।

पराजुलीमाथि अदालतले नै छानबिन गर्न लागेकाले यसको स्वच्छता र स्वतन्त्रताको सुनिश्चितताको सिद्धान्तले मुद्दाको छिनोफानो नहुँदासम्म उहाँ पदमा बसिरहन उपयुक्त नहुने कानुनविदहरु बताउँछन्, जुन कुरा कानुनविदलाई भन्दा धेरै पराजुलीलाई थाहा छ । त्यसैले छानबिन नसकिंदासम्म प्रधानन्यायाधीशले पद छोड्नु नै उपयुक्त विकल्प हो । आफू प्रधानन्यायाधीश हुने हैसियतकै मान्छे हो र शैक्षिक योग्यता, नागरिकताविवाद र यसअघिका अरु फैसलाबारे लागेका आरोप निराधार हुन् भनेर प्रमाणित गर्न सकेमा जित उहाँकै हुनेछ । छानबिनको क्रममा अभियोग पुष्टि भए उहाँलाई कानुनले दण्ड दिनेछ, पुष्टि भएन भने डा. केसीमाथि कारवाही हुनेछ ।
डा. केसीले अनसन किन नतोड्ने ?

अदालतले साधारण तारिखमा रिहा गरेपछि डा. केसी फेरि अनसनस्थलमै फर्किनुभएको छ । प्रधानन्यायाधीश पराजुलीमाथि कारवाही नभएसम्म अनसन नतोड्ने उहाँको अडान छ ।

एउटा कुरा प्रष्ट हो कि डा. केसीको अनसनकै कारण प्रधानन्यायाधीशमाथि लाग्दै आएका आरोप अहिले कानूनी छानबिनको बाटोमा लागेका छन् । केसीले सर्वोच्चमा कुरा उठाउनुअघि नै सडकमा पराजुलीमाथिका आरोप लागेको थियो । तर सडकमा हुँदा यो बहसको विषय मात्रै थियो, अदालतको कठघरामा उभिएर केसीले उठाएपछि यो न्यायिक मुद्दाकै विषय बन्यो । अर्थात डा. केसीकै कारण पराजुलीमाथि पहिलेदेखि लाग्दै आएका आरोपले अब न्यायिक छानबिनको बाटो समाई सक्यो । 

डा. केसी अनसन नबसेको भए, उहाँलाई सर्वोच्चले बोलाउँदैनथियो । सर्वोच्च अदालतको कठघरामा उभिएर बोल्न नपाएको भए पराजुलीमाथि उहाँको अभियोग फोस्रो आरोप मात्रै हुन्थ्यो । एक हिसाबले यो डा. केसीको नैतिक विजय हो । 

प्रधानन्यायाधीशमाथि छानबिन हुनुपर्छ भन्ने डा. केसीको माग पूरा भएको छ । तर अब यही मागलाई लिएर अनसन बसिरहनुको कुनै औचित्य छैन । पराजुलीलाई कारवाही नहुँदासम्म अनसन छाड्दिन भन्ने अडान लिइरहँदा यसले विधि र प्रक्रियामा विश्वास गर्नेहरुको आत्मविश्वास घट्छ भन्ने कुरा कम्तीमा पनि केसी र उहाँका समर्थकहरुले बुुझ्न जरुरी छ । नत्र केसी सडकबाटै सबैथोक गर्न सकिन्छ भन्नेहरुको नेता बन्न पुुग्नु हुनेछ ।

सबै कुरा अनसनबाटै पूरा गराउन खोजियो भने डा. केसीका पक्षमा अहिले बढेको जनमत घट्न जान्छ । डा. केसीको अभियान राम्रो हो, तर प्रक्रिया ठीक भएन भन्नेहरु अहिले पनि छन् । 

हो, उहाँको अहिलेसम्मको अनसनले चिकित्सा क्षेत्रमा देखिएका वेथिति र विकृति हल गर्न बल पुग्दै आएको छ । प्रधानन्यायाधीश पराजुलीमाथिका आरोप छानबिन गराउने बाटो पनि अनसनले नै खुलाएको हो । तर सबै समस्याको समाधान अनसन होइन, विधि र प्रक्रियाको बाटोबाट समस्याको हल गर्नुपर्छ भन्ने कुरा डा. केसी र उहाँका समर्थकले बुुझ्नै पर्छ । 

साभार : उज्यालो 

Comment Box

जनकपुरधाम । प्रदेश नम्बर २ का प्रदेश सभा सदस्यहरुलाई जनकपुर...

सुरुङ्गा, झापा : झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको...

गुल्मी : गुल्मीको रिडीमा सञ्चालन भएको रिडी मेलामा यस पटक...

काठमाडौं । अफगानिस्तानको काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा सुरक्षाकर्मी र बन्दुकधारीबीच भिडन्त...

काठमाडौं । प्रदेशसभा सदस्यहरुको शपथ आज हुँदै छ । सातै...

बेसीशहर, लमजुङ : सरकारी राहत पाएसँगै जिल्लामा पुनःनिर्माणले गति लिएको...

चितवन : नेपालका धार्मिक तीर्थस्थलहरुले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित...

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा म्यानचेस्टर सिटी,...

जितपुर, कपिलवस्तु : दक्षिण कोरियाबाट आएका ४३० भन्दा बढी बौद्धमार्गीले...

पोखरा : सिद्धि–सेतुली स्मृति प्रतिष्ठान पोखराले यस वर्षको आमा सेतुली...

जनकपुरधाम । प्रदेश नम्बर २ का प्रदेश सभा सदस्यहरुलाई जनकपुर...

जनकपुरधाम । धनुषाको सामुदायिक विद्यालयहरुमा स्थानीय भाषाको पाठ्यक्रम उपलब्ध गराउनुपर्ने...

जनकपुरधाम । कवि उदय राजको अमरकृति सत्यमेव जयते प्रर्दशनी हुने...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपालले समानुपातिक कोटामा मुस्लिम दलितलाई...

काठमाडौ । इङ्गलिस प्रियिमर लिगअन्तर्गत आज आठ खेल हुँदै छन्...

जनकपुरधाम : जनकपुरधामलाई प्रदेश न. २ को अस्थायि राजधानी वनाउने...

काठमाडौं । भारत, नयाँदिल्लीको पाँचतारे होटल ‘द ललित’को विशेष...

प्रदेश प्रमुख होटेलमा रहने, जचुकालि बंगलाको मर्मत सुरु टुडे समाचारदाता जनकपुरधाम ।प्रदेश...

महेश सिंह महतो , सिरहा । राष्टिय जनता पार्टी नेपालका...

लहान ।सहिद रमेश महतोको बलिदानी दिवसको अवसरमा शुक्रवार मधेश आन्दोलनका...

काठमाण्डु । प्रदेश र प्रतिनिधि सभाको समानुपातिक तर्फ समावेशी नगरेको...

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर...

काठमाडौं । ‘मरे तो मुक्ति जिए त मधेस’ यो भनाइ...

काठमाडौं । अमेरिकाले आफ्नो रक्षा रणनीति परिवर्तन गर्ने संकेत...

France's President Emmanuel Macron, right, and German...

काठमाडौँ : काठमाडौँ उपत्यकाका यात्रुलाई सस्तो, सुलभस्तरीय र भरपर्दो नगर...

लहान : शीतलहरका कारण पीडित विपन्न परिवारलाई सप्तरीको खड्ग नगरपालिकाले...

लहान : मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादवले शुक्रबार ११औँ ‘बलिदानी...

काठमाडौँ : वैदेशिक रोजगारीबाट फर्किएका पीडित, दलित र एकल महिलालाई...

धनुषा । हिमालय युवा क्लब नक्टाझिज धनुषाको २७औँ र हिमालय...

चन्द्रपुर । पटक पटक अनसन बसेर चर्चामा आएका डा. गोबिन्द...

रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नम्बर ४ को...

रौतहट । सत्याग्रह पुरुषको उपनाम प्राप्त गरेका डा. गोविन्द केसीले...

सप्तरी । परिवारका चार जना सदस्यको मानसिक सन्तुलनमा समस्या...

सप्तरी । श्रृंखलाबद्ध चोरी तथा लुटपाटका घटनाले आजित भएको...

सप्तरी । बाक्लो हुस्सुका कारण चालकले बाटो ठम्याउन...

सप्तरी । विगत केही समय यता सप्तरी सहित तराई...

सप्तरी । विगत दुई सात्तादेखि बढेको अत्यधिक चिसोका कारण...

जनकपुरधाम । प्रदेश नम्बर २ मा काँग्रेस सहित फोरम राजपा...

लहान । राष्ट्र्यि जनता पार्टी (राजपा)नेपाल अध्यक्ष मण्डलका सदस्य एवं...