• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
Janakpur Today
No Result
View All Result

केपी ओलीको अहंकार धेरै टिक्दैन, अब जनता जाग्छन्

जनकपुर टुडे जनकपुर टुडे
१४ बैशाख २०७७, आईतवार
1 min read

काठमाडौं । आफ्ना सांसद डा. सुरेन्द्र यादवलाई ‘अपहरण’ गर्नेविरुद्ध उजुरी दर्ता गर्न काठमाडौं प्रहरीले इन्कार गरेपछि नवगठित जनता समाजवादी पार्टीका नेताहरुले सरकारको निरंकुशता प्रष्ट भएको टिप्पणी गरेका छन्।

पार्टीका नेताहरु राजेन्द्र महतो, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र महन्थ ठाकुरसहित सांसद यादवको ‘अहपरण’मा संलग्नविरुद्ध उजुरी दिन आज दिउँसो महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए। तर प्रहरीले उजुरी नै नलिइ फर्काइदिएको छ। यससँगै पार्टीका नेताहरुले सरकार अहंकारी बनेको भन्दै कडा प्रतिक्रिया दिइरहेका छन्। यसैसन्दर्भमा थाहाकर्मी सरस्वती अधिकारीले नेता राजेन्द्र महतोसँग गरेको छाटो कुराकानीको अंश :  प्रहरीले तपाईंहरुको उजुरी लिन मानेन।

यसलाई कसरी लिनुभएको छ? आमनागरिकले मुलुकमा सुरक्षा नपाउने भए। राज्यले, सरकारले जनताको रक्षा गर्न इन्कार गरेको हो भनेर हामीले बुझेका छौं। जनताले अब यो देशमा कसरी बाँच्ने? आफ्नो रक्षा, सुरक्षा कसरी गर्ने? सोच्ने बेला आएको छ। यसमा हामी पनि चिन्तन गर्छौँ। मलाई विश्वास छ, नागरिकले पनि जे उपचार गर्नुपर्छ आफ्नो सुरक्षाको लागि गर्छ।

जस्तोसुकै अहंकारी र निरंकुशतावादीलाई त जनताले परास्त गरेको छ भने केपी ओलीको अहंकार कति दिन टिक्छ र जनताको अगाडि? जनता निरीह छैनन् भन्ने कुरा सरकारले बुझ्नुपर्थ्यो। तर दुर्भाग्य, सरकार अहंकार र निरंकुशतातर्फ निकै धकेलियो। अब जनताले देखाउँछ, सम्झाउँछ, बुझाउँछ उसलाई।  तपाईहरु प्रहरीको इन्कारलाई सरकारको अहंकार भनिरहनुभएको छ। खास महानगरीय प्रहरी परिसरले भन्यो चाँहि के?  जनताले आफैं रक्षा गर्नुपर्ने अवस्था आएको छ। तर त्यो भन्दा अगाडि कोरोनाबाट जीवन रक्षा गर्नुछ अहिले। लकडाउनको पूर्ण पालना गर्नु गराउनुछ।

त्यसपछि, राज्यको आतंकबाट जोगिन नेपाली जनता लाग्छन्। अहिले कोरोना कहरबाट आत्मरक्षा, त्यसपछि राज्य आतंकबाट जीवन रक्षाका लागि संघर्ष गर्छौं। अब रक्षा-सुरक्षा गर्दैन। प्रहरीले ‘हामी उजुरी दर्ता गर्दैनौँ, जहाँ जानु छ जानुस्, जे गर्नुछ गर्नुस्’ यही शब्द प्रयोग गर्यो। कानुनमा भएको व्यवस्था अनुसार नजिकको प्रहरी चौकीमा उजुरी दिने हो। त्यो कानुनी व्यवस्थालाई नै प्रहरीले इन्कार गर्यो। प्रहरी कार्यालयले भन्‍नुको अर्थ सरकारले भन्यो। राजधानीमा प्रहरी कार्यालयले यत्तिकै भन्दैन नी। त्यो निर्देशनमै भनेको हुनुपर्छ। सांसदको अपहरण पनि सरकारको उच्चस्तरबाट नै गर्ने-गराउने काम भएको हो। उजुरी दर्ता नगर्न पनि उच्चस्तरबाटै भएको होला भन्‍ने स्वतः अनुमान गर्न सकिन्छ। अब महोत्तरीमै गएर उजुरी दर्ता गराउदा पनि त होला।

यहाँ उजुरी नगर्दैमा सरकारमाथि किन यति आक्रोस तपाईहरुको? कस्तो-कस्तो मान्छे यो अपहरणमा संलग्न भएको थियो भन्‍ने नै राज्य, सरकार सुन्‍नै चाहँदैन, बुझ्‍न चाहँदैन। यो त विनासको पराकाष्ठता हो। विनासकाले विपरीत बुद्धि। सरकारले जनतालाई तिमीले आफ्नो सुरक्षा कसरी गर्ने हो गर, आफैं सोच भनेर स्पष्ट सन्देश दिएको छ। जनताले आफ्नो सुरक्षा गर्न जानेक‍ा छन्, गर्छन्। हामी यस बिषयमा सोच्छौं। अपहरणकै विषयमा तपाईंहरुकै पार्टीमा फरक-फरक मत आइरहेको छ।

आफ्नै गाडीमा आएर फाइभ स्टार होटलमा बस्ने, कसरी अपहरण हुन्छ? भनेर तपाईको पार्टीकै नेताहरुले भनिरहेका छन् त। यसमा तपाईं हामीले वादविवाद गर्न आवश्यक नै छैन। हामी उसलाई कारवाही गर्नुस्, जेलमा हाल्नुस् भन्‍न गएको होइन।

उजुरी मात्र लिएर गएका थियौं। यो बिषयमा छानबिन गर्ने, मुद्दा चलाउने-नचलाउने, कानुन अनुसार कारवाही गर्ने-नगर्ने, कस्तो अनुसन्धान गर्ने भन्‍ने दायित्व त राज्यको सरकारको हो। त्यो गर्नुपरेन? कसैले अपहरण होइन भन्दैमा  हुन्छ? अपहरण हुन पनि सक्छ, नहुन पनि सक्छ। तर यो सही या गलत प्रमाणित गर्ने जिम्मा राज्यको हो की होइन? सही या गलत के थियो, त्यो त अनुसन्धान गर्ने बिषय थियो नी त। दर्ता गर्नुपर्छ, अनुसन्धान गर्नुपर्छ, दोषी पत्ता लगाएर कारवाही गर्नुपर्छ।

भनेपछि प्रहरी प्रशासन र सरकार यो बिषयमा छानबिन गर्नै चाहँदैन भन्‍ने हो तपाईहरुको बुझाई? यसबाट के देखियो भने, जनता आफ्नो रक्षाका लागि गुहार्न गयो भने उ रक्षा गर्ने मुडमै छैन भन्‍ने प्रष्टै भइसक्यो नी अब। काठमाडौंमा प्रहरीले उजुरी लिन मानेन, अब कहाँ जानुहुन्छ? के गर्नुहुन्छ? जनताको अदालत सबैभन्दा ठूलो अदालत हो। अन्तिम अदालत जनअदालत हो। जनता आफ्नो रक्षा गर्न आफैं सक्षम हुन्छ। अब जनताले नै बताउँछ राज्यलाई। यो भनेर के संकेत गरिरहनुभएको छ ? प्रष्ट पार्नुस् न।

जनताले आफ्नो रक्षा कसरी गर्छन्? निरंकुशताविरुद्धमा कसरी लड्छन् भन्‍ने विगतले देखाएकै छ। विश्‍वमै भएको छ, नेपालमै पनि कयौैं पटक भएको छ। फेरि पनि जनताले आफैं रक्षा गर्नुपर्ने अवस्था आएको छ।

तर त्यो भन्दा अगाडि कोरोनाबाट जीवन रक्षा गर्नुछ अहिले। लकडाउनको पूर्ण पालना गर्नु गराउनुछ। त्यसपछि, राज्यको आतंकबाट जोगिन नेपाली जनता लाग्छन्। अहिले कोरोना कहरबाट आत्मरक्षा, त्यसपछि राज्य आतंकबाट जीवन रक्षाका लागि संघर्ष गर्छौं।

पछिल्लो समाचार !

स्वास्थ्य सामग्री लिन हिमालय एयरलाइन्सको जहाज ग्वान्जाओ उड्यो

अघिल्लो समाचार !

कोरोनाबाट भारतमा करिब २८ हजार संक्रमित, साढे ८ सय बढीको मृत्यु

जनकपुर टुडे

जनकपुर टुडे

जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

यो छुटाउनु भयो कि ?

प्रदेश सरकारको नीति तथा कार्य क्रम चुरे संरक्षणमा विशेष जोड
जनकपुर टुडे विशेष

प्रदेश सरकारको नीति तथा कार्य क्रम चुरे संरक्षणमा विशेष जोड

16 hours पहिले
राजधानीमा सहज, नाममा सकस
जनकपुर टुडे विशेष

प्रदेश २ सरकारको नीति तथा कार्यक्रम ‘नयाँ बोतलमा पुरानै रक्सी’

16 hours पहिले
नागरिकता सम्बन्धी विभेदकारी विधेयक समितिबाट पास
जनकपुर टुडे विशेष

आज सर्वदलीय बैठक बस्दै, प्रधानमन्त्रीलाई पनि आमन्त्रण

17 hours पहिले
प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, सपथ ग्रहण सम्पन्न
जनकपुर टुडे विशेष

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, सपथ ग्रहण सम्पन्न

1 day पहिले

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस्!

ताजा समाचार

धनुषामा जेठ १० गतेसम्मका लागि निषेधाज्ञा थप

धनुषा कोरोना अपडेट : ३५ संक्रमीत थप, १ जनाको मृत्यु

6 hours पहिले
जनकपुरधाममा चटयाङ खस्दा २ बालक घाईते, एकको अवस्था गम्भीर

जनकपुरधाममा चटयाङ खस्दा २ बालक घाईते, एकको अवस्था गम्भीर

7 hours पहिले
लक्षण नभएका संक्रमितलाई अब अस्पतालमा भर्ना नगरिने

थप ३ हजार सात सय ५० जनामा कोरोना पुष्टि, ६७ जनाको मृत्यु

7 hours पहिले
धनुषामा पोखरीमा डुबेर ५ बालिकाको मृत्यु

धनुषामा पोखरीमा डुबेर ५ बालिकाको मृत्यु

9 hours पहिले
दाइजो नदिएको निहुँमा नवदुलहीमाथि कुटपिट

दाइजो नदिएको निहुँमा नवदुलहीमाथि कुटपिट

10 hours पहिले


जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे  दैनिक पत्रिका मधेशको पहिलो ‘क’ वर्गको राष्ट्रिय पत्रिका हो । ताजा समाचारको लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

सम्पर्क

जनकपुर टुडे मेडिया ग्रुप प्रालि
जनकपुरधाम, धनुषा (प्रदेश २)
सम्पर्क नं. : 041-590101
सम्पर्क मो. नं. : 9854026025
इमेल: jtodaynews@gmail.com
र radiotoday91fm@gmail.com

 क. दर्ता नंः – १४६२५२/०७२/०७३ 

हाम्रो टिम

प्रधान सम्पादकः बृजकुमार यादव
सम्पर्क नं. : +977-9801620025
इमेल: brijkry@gmail.com
अनलाइन हेड: सुरेन्द्र कुमार सिंह
सम्पर्क नं. : +977-9844445712
इमेल: reportersuren@gmail.com
न्युज डेस्क : संजय यादव
सम्पर्क नं. : +977-9801626020

विज्ञापनका लागि

राजेन्द्र यादव
सम्पर्क मो. नं:9801626026
इमेल :jtodayadd@gmail.com
संजय कर्ण
सम्पर्क मो. नं:9801626023
इमेल :jtodayad@gmail.com
सन्जना ओझा
सम्पर्क मो. नं: 9854026018

  • Privacy Policy

© 2010-2020 Janakpur Today Media Group Pvt. Ltd.  Powered by : Pro-Tech.

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper