२०७७ श्रावण १८, आईतवार ०६:२२

साँचो अर्थमा जन–प्रतिनिधि हुन उनी । जनताका दुःखसुखमा सँधै सहभागी, बिकासको काममा पारदर्शी, अप्ठेरोमा परेका जनतालाई तन, मन, धनले सहयोगगर्ने, कतै आगो लागोस, बाढी आओस वा पहिरो जाओस । उनले आपूmलाई आफनो निर्वाचन क्षेत्रमा मात्रै कहिल्यै सीमित राखेनन । सबैतिरका जनतालाई उनले पछ्याए । सबैतिरका जनताले उनको साथ दिए । को हुन त ती सांसद ? ती अर्को ग्रहबाट आएका होइनन । जनताको सेवामा जाँगर चलाउने तन्नेरी सांसद धेरै छन । ती मध्ये प्रमुख, एक लोकप्रिय सांसद हुन – जनता समाजवादी पार्टीका नेता तथा पर्साबाट संघीय संसदमा प्रतिनिधित्व गरिरहेका प्रदीपकुमार यादव । सांसद यादव कोरोना महामारीको फन्दामा परेका छन । उनको सुरक्षामा खटिएका अर्जुन ज्योति र चालक राकेश यादब पनि महामारीको लपेटमा परेका छन ।

सांसद यादवलाई साउन १४ गतेदेखि खोकी लाग्न शुरुभयो । त्यतिखेर उनी सिन्धुलीमा बैज्ञानिक वनसंग सम्बन्धित संसदीय कार्यक्रममा सहभागी थिए । उनी साउन १५ गते बीरगन्ज आइपुगे । उनको खोकी कष्टकर हुँदै गएपछि उनले आपूm र आफ्ना सहयोगीको रक्त परीक्षण गराए । तीनैजनामा कोरोना पोजिटिभ देखियो । एकातिर देशका सांसदको अवस्था समेत यस्तो छ भने अर्कोतिर यिनै सांसदको आडमा दुइ तिहाइको नारा लगाउनेप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सार्वजनिक भाषणमा नै जनतालाई झम्टिन्छन र भन्छन, “सरकारले कोरोना नियन्त्रणमा बिकसित देशका सरकारले भन्दा पनि राम्रो काम गरेको नेपाली जनताको आँखामा मोतिविन्दू भएको छ ।” कस्तो बिडम्बना हो यो ! प्रधानमन्त्री ओली नेतृत्वको सरकारको अत्यन्त भ्रष्ट ब्यबहार र जनतालाई हेपेर, पेलेर शासनगर्ने प्रबृत्तिका बिरुध्द “इनफ इज इनफ” अभियानका वसन्तपुरमा सत्याग्रह गरी रहेका तन्नेरी अभियन्तामाथि सुरक्षाकर्मीले लाठी बर्साए । सरकारका गलत कामहरुको नैसर्गिक बिरोध जनताको अधिकार हो । सबैलाई थाह छ, ती अभियन्ता नेपाली जनतालाई कोरोना महामारीबाट जोगाउन उपचारको मांगगर्दै सत्याग्रहमा लागेका हुन ।

यो अवस्थालाई अब कसले के भन्ने ? प्रधानमन्त्री ओली लकडाउनको अवधिभर सन्निपातको रोगी बरबराएझैं बरबराई रहे । कोरोना महामारी बिरुध्द खर्चगर्न छुट्याइएकोरकम कमसल र नक्कली उपकरण खरीद गरेर लुँड्याउनेमा स्वयं प्रधानमन्त्री ओली, रक्षा मन्त्री इश्वर पोखरेल, स्वास्थ्य मन्त्री ढकालको नाम सिंहदरवार भित्रै खूब प्रचलित भयो । सेनाका अधिकारी समेत घोटालामा मुछिए । यसपछि खुल्यो लकडाउन । लकडाउन खुल्दा नखुल्दै संक्रमण व्हात्तै बढी सकेको थियो । बीरगन्ज महानगरकै कुरा गरौं । अहिलेसम्म रगत जाँच गरिएका मध्ये कोरोना पोजिटिभ देखिएका ७३ जना नागरिकको सरकारी अस्पतालमा उपचार भै रहेकोछ । अरु २०० जना नागरिक घरैमा उपचार गराइ रहेका छन । नेशनल मेडिकल कलेजका निर्देशक बसरुद्दीन अन्सारी प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर गएका बेला त्यहीं पुगेका थिए सेवा र चाकरी टक्र् याउन । सरकारले खोल्ने निर्देशन दिएपनि उनले आफनो मेडिकल कलेज कोरोना पीडितका लागि खुला गरेका छैनन । उनी खुलेआम भन्दै हिंडेका छन – प्रधानमन्त्री ओलीले मलाई फोन नगरेसम्म कोरोना उपचारका लागि अस्पताल खुल्दैन ।

के थाह कि अन्सारीको प्रधानमन्त्री ओलीसंग कुनै ‘डील’ बाँकी छ वा अन्सारी प्रधानमन्त्री ओलीलाई झुकाउन चाहन्छन ! मैले कुरा बीरगन्ज महानगरबाट किन शुरु गरें भने त्यहाँका मेयर विजय सरावगीमा पनि कोरोना संक्रमण भएकोछ । संक्रमण देशभरि बढेकोछ । महाकालीदेखि मेचीसम्म । महाकालीबाट समाचार कम आउँछ । एक त त्यो क्षेत्र नै त्यस्तै हो । जहाँबाट समाचार राम्ररी प्रवाहित हुन्थ्यो त्यहाँबाट पनि समाचार आउन छाडेकोछ । एक त पत्रकार नै कोरोनाको त्राशमा छन । त्यसमा सरकारले नै सत्यलाई कालो पर्दाले ढाक्न शुरु गरेकोछ । आधिकारिक भनिएका समाचारहरु असत्यका बिलाश हुन्छन । सरकारले आफना इमान्दार कर्मचारीलाई पनि भूmठ बोल्न सिकाएकोछ । यस्तोमा कसरी हुन सक्दछ चेतनाको बिस्तार ? सत्ताका ठूला ठूला त्राशदीसंग त नेपाली जनता समयको कुनै पनि प्रहरमा कहिल्यै डराएको अनुभव गरिएको थिएन । तर, ओली नेतृत्वको सरकारले महामारीको जसरी “मिसह्याण्डलिङ्ग” गरेकोछ, त्यसले जनताको बीचमा भीषण त्राशदीको संचार गरेकोछ । अचम्म छ कि हामीकहाँ लोकतान्त्रिक ब्यबस्था छ । जनताको सही प्रतिनिधित्व गराउन पार्टी ब्यबस्था छ । तर, पार्टी हुन कि माफिया समूह हुन ? अब जनताले नै सोच्नुपर्ने बेला आएकोछ ।

नेताहरुले संविधान नै यस्तो बनाएका छन कि जो प्रधानमन्त्री चुनिन्छ त्यसले दुइ बर्षसम्म जनताका प्रतिनिधिले ब्यक्तगर्ने अबिश्वासको सामना गर्नै पर्दैन । स्थिरताको नाममा उसलाई निरंकुश राज्यगर्ने स्वतन्त्रता संविधानले नै दिएकोछ । आजकाकांग्रेस हुन वा नेकपा, हिजोका कांग्रेस, एमाले हुन वा माओवादी – मानसिक रुपले नै कमजोर छन । बिस्थापित राजाको छायाँ देखाउँदै जनता तर्साउँछन । जनताको मनमा स्वतन्त्रता, स्वाभिमान र देशभक्ति रहेकोछ । राजनीतिगर्ने मानिसको सोचमा बिस्थापित राजतन्त्र नै हावी छ । दिब्य पन्ध्र बर्ष एमालेको सर्वोच्च कमाण्डर अर्थात महासचिव भएका माधव नेपालप्रधानमन्त्री ओलीका बिरोधी हुन । त्यत्रो बर्ष पार्टीको सत्ता धानेका तथा पटक पटक प्रधानमन्त्री भएका माधव नेपाल यति नीरिह कहिल्यै देखिएका थिएनन । प्रधानमन्त्री ओलीले उनको शक्ति खिचेका छन । उनी छटपटिएका छन । हतासिएका देखिन्छन । उनको राजनीतिमा अलिकति पनि भर र दम देखिएको छैन । बरु, नेता झलनाथ खनालले शक्ति चुकाएका छैनन । शायद, खनालमा प्रधानमन्त्री पदकै आशक्ति त्यति छैन होला । बरु, अहिले राष्ट्रपति पदको प्रतिष्ठा जसरी खस्किएको छ त्यसको पुन प्रतिष्ठा झलनाथ खनालबाट हुनसक्ने आशागर्नु उचित होला । अहिलेको राजनीतिक परिप्रेक्ष्यमा, संसदमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारको बहुमत छ । दुइतिहाइ बहुमत छैन । जनता समाजवादी पार्टीले नेकपालाई दिएको समर्थन फिर्ता लिइ सकेको छ ।

जसपाका दुइ हस्ती– उपेन्द्र यादव र राजेन्द्र महतो– सत्तामा गएर शक्ति सन्चयको पक्षमा नदेखिएका होइनन । अब प्रश्न त्यो रहेन । प्रधानमन्त्री ओली र उनको नेतृत्वको सरकार यति भ्रष्ट भै सकेको छ जसले त्यो सरकारको समर्थन गर्दछ त्यसको पतन निश्चित छ । सरकारमा शामेलहुने कुरा त परै राखौं । प्रधानमन्त्री ओलीको ब्यक्तिगत स्वार्थ र सत्तामोह कायम नै रहने हो भने नेकपामा बिभाजन आउने सम्भावनालाई इन्कारगर्न सकिदैन । मधेशका राजनीतिक बुध्दिजीवी र बिशिष्ट ब्यक्तिले यो कुरा बुझेका छन । यद्यपि, प्रधानमन्त्री ओलीले कमजोर प्रतिपक्षी नेताको छवि कायमगर्दै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समर्थनमा सरकार चलाउने रणनीति पक्कै लिएका होलान । तर, कांग्रेस सभापति देउवाको त्यो हैसियत अहिले देखिदैन । प्रधानमन्त्री ओलीको सत्ताबाट बहिर्गमन अहिलेको एकमात्र राष्ट्रिय बिकल्प हो । कोरोना महामारी चलेको अवस्थामा राष्ट्रिय ढुकुटीमा लूटमार फैलाएको अभियोगमा यो सरकारलाई संसदको अधिवेशन बोलाएर संसदबाटै खारेजगर्न सक्रिय हुनुपर्छ नेकपा । बिधिपूर्वक यो सरकार नेकपा आफैंले प्याँक्न सकेन भने देशमा फेरी बिद्रोहको जरो गाडिनेछ ।

Comment

Related News