२०७७ भाद्र २५, बिहीबार ०६:०७

डिसेम्बर २०१९ को अन्तिम साताबाट मिडियामा कोरोना भाइरस सम्बन्धि खबर आउन सुरु भएर जनवरी २०२० को दोश्रो सातासम्म आइ पुग्दा चीनमा यसले भयावह रुप लिने देखाइसकेको थियो। यो वर्ष चिनिया नयाँ वर्ष चाडै परेकोले चीनमा बसोबास गर्ने धेरै नेपाली छुट्टीमा नेपाल फर्किसकेका थिए। मेरो भिसा सम्बन्धी केही काम बाँकी भएकोले दुई हप्ता अझै चीनमा बस्नु पर्ने थियो। चीनबाट नेपालफर्केका एक जना नेपालीमा कोरोना भाइरस कन्फर्म भएको समाचार आइ सकेको थियो। जनवरीको तेश्रो साताबाट चीनको वुहान सहरमा बिकराल स्थिति भै सकेर लकडाउन गरिएको सुचना आयो।

जीवनमा पहिलो पटक लकडाउन, क्वारेंटाइन, आइसोलेशन जस्ता शब्दहरु सुनियो। ठाउ–ठाउमा चेक जाच गर्दै बिभिन्न तरिकाले मान्छेलाइ छोप्दै अस्पताल लगेका भिडीयोहरु भाइरल भईरहेका थिए। सरकारी सूचना अनुसार एक हजार भन्दा पनि कम बिरामी भएको खबर आइरहदा वुहानको एक अस्पतालमा कार्यरत एक नर्शद्वारा अस्पतालबाटै एक भिडियो संदेश मार्फत ९० हजार भन्दा बढी बिरामी भइसकेको भिडियो भाइरल भयो। त्यसले त्रासको बाताबरण झन बढायो। युरोप तथा अमेरिकामा “चाइनिज भाइरस” भन्दै दुव्र्यव्हारको खबर आइरहेको थियो। वुहानबाट आएका अन्य चिनियाहरुमाथी चीनकै अन्य सहरमै पनि दुव्र्यव्वहार भइरहेको थियो। मेरो फ्लाइट टिकट गत फरवरी १ को थियो। विश्व स्वास्थ्य संगठन दिनहु फरक–फरक जानकारी दिँदै थियो। भाइरस सम्वन्धि जानकारीहरु आउदै गर्दा मन झन–झन उद्दिग्न हुदै थियो। चारैतिर चेक जाचमा कडाइ गरिएको थियो। सुपरमार्केट, मेट्रो ट्रेन, कार्यालय भवनहरु इत्यादिमा तापक्रम मापन तथा मास्क अनिवार्य भई सकेको थियो। फरबरी १ को दिन बिहान ४बजे एअरपोर्टकोलागि निस्किदा हामी उड्न सक्ने वा नसक्नेमा त्रसित थियौ, कुनै पनि समस्या होला भनेर तापक्रम कम गर्न हामी स–परिवारनै ज्वरोको औषधी खाएर घरबाट निस्कियौ।

डराउदा– डराउदै उडानको सवै औपचारिकता पुरा गरेर प्लेनभित्र बसेपछि ज्यान जोगिएको अनुभव भयो। दिल्लि एअरपोर्टमा पनि चेक जांच कडा पारिएको खबरले मन अलि त्रसित बनाइरहेको थियो। प्लेन ल्याण्ड गर्नु भन्दा एक घण्टा अगाडी फेरी हामी परिवारका चारैजनाले ज्वरोको औषधी खायौ केहिपनि नभइकन। दिल्लि एअरपोर्टमा चीनबाट आउनेलाइ बिशेष कडाइका साथ चेक जाच गरेर छोडियो। दिनहरु बित्दै गए। चीनमा कोरोना को कहर बढेको थियो। चीन सरकार १०दिनमा अस्पताल बनाउने लगायतको काम गर्दै संसारको ध्यान आकर्षित गर्दै थियो। त्यति बेलासम्म कोरिया, इटाली, स्पेन, इरान तथा जापानमापनि अचानक भाइरसको प्रकोप बढेको थियो। भारत र नेपालको साथै अन्य देशहरुमा खासै प्रभाव देखिएको थिएन। नेपालको एअरपोर्टमा खासै चेक जाच नभएको खबरसंगै नेपालमा पनि यसको ठुलो प्रकोप हुने आशंका गरिदै थियो। वुहानमा फसेका नेपाली विधार्र्थीलाइ उद्धार गर्न ढिलाइ भइ राखेकोले सरकारको आलोचना भइ राखेको थियो। अन्तिमा आएर उद्धार गरियो र सरकारले राम्रो व्यवस्थापनको लागी स्यावासी पनि पायो। दिल्लि आइसकेपछी हामी सपरिवार १५ दिन सम्म सेल््फ क्वारेंटाइनमा बस्यौं। त्यसपछी दिल्लि सहरमा जादा त्यहाँको अवस्था हेर्दा यदि यहा भाइरस फैलियो भने के होला भनेर कल्पना गर्न पनि गार्हो थियो।

होली मनाउनकोलागी मार्च ५ तारिखमा काठ्मान्डौ एअरपोट्र्मा पुग्दा चेक जाच गर्ने कुनै व्यवस्था नदेख्दा के हालत हुने हो सोच्न सकिएन। दुई हप्ताको नेपाल बसाइमा कोभिड–१९ को लागी केहि तयारी भएको जस्तो थाहा भएन, यता भारतमाचाहि संक्रमितसंख्या बढ्दै थियो र अन्र्तराष्ट्रिय उडानहरु बंद गर्ने कुरा भई राखेको थियो। मार्च २० मा सपरिवार दिल्लि फर्किऔ र त्यसयता कतै निक्लन सकिएन। जनता कफ्र्यु, ताली, थाली गर्दै लगभग चार महिना लकडाउन गर्दै अहिलेका यस भयावह स्थितिमा साबधानी पुर्वक चार चरणमा खुल्दै गरेको छ। नेपालको कुरा गर्दासरकारले आफुलाइ अलि भिन्न देखाउने प्रयास गर्दै २–४ दिन तल–माथी गर्दै भारतमा जस्तै लकडाउन लगायो, राम्रो कुराको सिको गर्नु राम्रै हो, यसले इज्जत कम हुदैन। समस्याहरु पनि उस्तै–उस्तै देखियो। मजदुरहरुको भिडयुक्त पैदल यात्राहरु, मर्कज बाट सुरुवातमा भाइरस धेरै फैलिनु, सामाजिक सद्भाव खल्बलिनु, भाइरस देखिएका र तिनका परिवारप्रति घ्रृणा र असहिष्णु देखाईनु, फ्रंट लाइनमा खटिएका स्वाश्थ्यकर्र्मी, सुरक्षाकमीप्रति भेदभावजस्ता कार्यहरु देखिए। त्यसैबीच नक्साको विषयमा नेपालमा अभुतपुर्व एकता देखियो तर भिड नियन्त्रण गर्न सकिएन। महामारीको बेलामा औषधीजन्य सामाग्री खरिद भएको खुला घोटाला काण्डले सबैको मन कुडियो।

नेपाल–भारत सीमामा नेपालीहरुले पाएको दुख, खाना र औषधी बिना मंर्नु पर्ने स्थिति, रेमिट्यांसले धानिएको मुलुकमा रेमिट्यांस पठाउनेहरुलाइ नै आइपर्दा गरिएको बेबास्ताले कुन नेपालीको मन न कुडिएको होला र? गैर–आवासीय नेपाली संघले पहिलो पटक आफ्ना एनसीसीहरु मार्फत अति प्रभावित देशहरुमा बसेका नेपालीहरुलाइ थोरै भएपनि राहत दिने प्रयास गर्यो, साथै नेपालमा पनि राहत स्वरुप स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरियो। नेपालीहरुको रोग प्रतिरोधात्मक शक्ति बढी भएको, कोरोना नलाग्ने, लागे पनि केहि नहुने, बेसार पानीले निको हुने जस्ता कुराले देश तथा सरकार यो महामारीलाइ नबुझेको र गम्भिर नभएको प्रस्ट थियो। देशमा बढ्दै गएको भाइरस समस्या बिकराल हुदै गर्दा राहतको नाममा भ्रष्टाचार र अनियमितताको पराकाष्टता नै भयो। सरकारको नेतृत्व तहबाट समस्या समाधान गर्नु पर्नेमा सत्ता हत्याउने खेल हेर्न बाध्य पारियो। भ्रष्टाचारलाइ सर्वोच्च तहबाट्नै संरक्षण गरि उन्मुक्ति दिइयो, दण्डहिनता को पराकाष्टा नाघ्यो, अपराध गरेर पहुचकै भरमा उनमुक्ति पाएका थुप्रै उदाहरण हेर्न पर्यो जनतालाई। नियम–कानुनको पालना सत्तामा पहुच नहुनेको लागी मात्र भयो। करको नाममा निमुखा जनता तथा व्यवसायीहरुको दोहन गर्न कुनै कसर बाकि राखिएन। महामारीको यो समयमा पनि देश लुटन र जनतालाइ मर्नको लागी छोडने नरपिसाच नेताहरुले भरिएको मेरो देशले एक जनापनि देश र जनताको बारेमा सोच्ने र गर्न सक्ने नेता जन्माउन नसकेकै हो त?

जनता भएर बाच्न नसिकेने यो देशमा कुनै न कुनै पार्टीको झोले कार्यकर्ता बन्नु वा बिदेसिनुको कुनै बिकल्प छैन। महामारीले रोजगारी गुमाइ बिदेशमा अल् पत्र परेकाहरुलाइ नेपाल फर्किनको लागी गरिएको अहिलेको व्यवस्थाले फर्किन बर्षांै लाग्ने देखिन्छ, जुन समय उनीहरु संग छैन। फर्कि सकेकालाइ पनि सरकारीरुपमै नितिगत रुपलेनै लुट्ने व्यवस्था गरिएका छ। सरकारी अकर्मण्यतालाइ बखान गरि साध्य छैन। तर पदमा बसेका हरुको कुरा सुन्दा संसारमै सबभन्दा राम्रो व्यवस्था भएको कुरा गछर््न, तर हविगत हामी सबैले देख्दै, सुन्दै, भोग्दै आएका छौ। अहिले प्रमुख प्रतिपक्ष हराएको सूचना दिने बेला आइ सकेको छ, सबै पदहरुमा भागबन्डा भईरहेको र त्यसको लाभ प्राप्त भइ रहेकोले कतै बिरोध गर्नुपर्ने देखेको छैन् प्रतिपक्षले। त्यसैपनि सबै जसो राजनितिक दलहरु आफ्नै आन्तरिक पदिय भागबन्डा र पदको लडाई गर्दै ठिक छ्न, कोरोना र जनताको बारेमा सोच्ने फुर्सद कस्लाइ छ र। हाम्रो देश अझै कति तल जाने हो? भारतबाट फर्किएकाहरु बेरोजगार भै परिवार धान्न नसकेर पुन भारतमै काम गर्न फर्किदै छन। भाइरस लागेर मर्नु भन्ंदा अगाडी भोकले नै मर्ने स्थिति भैसकेको छ। लाखौ नेपाली बेरोजगार भईविदेशवाट नेपाल फर्किदै गरेको स्थितिमा उनिहरुको व्यवस्थापन कसरी गर्ने बारेमा सोच्ने फुर्सद कसैलाइ छैन, सबै देश र जनता लुट्न व्यस्त जो छ्न। परराष्ट्र नीति पुर्णरुपमा फेल भईसकेको छ, बाह्य हस्तक्षेपले नछोएको कुनै ठाउँ बाँिक छैन। भारतमा पाकिस्तान र चीन पछीको दुश्मन नेपाल भएको बताउँछन्। आम भारतीय जनताको मनमापनि नेपाल र नेपाली प्रति घुणा बढ्दै गरेको स्थिति छ यसले हामी भारतमा बस्ने लाखौ नेपालीलाइ कति सम्म अप्ठ्यारोपार्ला भनेर सहजै अनुमान लगाउन सकिन्छ।

आफु आत्मनिर्भर नभइ खोक्रो राष्ट्रबाद्को नाराले हामीलाइ कहि पुर्याउदैन। अहिलेको स्थितिमा “नेपालले भारत बायकट भन्नु र भारतले चीन बायकट” भन्नु उस्तै हो। बिगत नौं महिना देखी हामी नेपाली व्यापारीहरुको अबौं रुपैयाको सामान चीन–नेपालको सीमामा अल्पत्र भएर बसेको र समबन्धित निकायमा जानकारी गराउदापनि प्रभावकारी रुपमा पहल नगरिएकोमा सबैको मौनता अत्यंत रहस्यमय छ, यसलाइ हाम्रै सहमतिमा भएको अघोषित नाकाबन्दी भन्न मिल्ला कि नाइ? यसबाट हुने र भईराखेको नोक्सानीको जिम्मेवारी कसलाइ दिने? कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबै तह नै करिव असफल भईसकेको छ। हामी इतिहासकै अत्यन्त घातक मोड्मा पुगेको बेलामा हाम्रो कल्् याण पशुपतिनाथले गर्नु हुनेछ भन्ने आशा वाहेक अरु विकल्प हामीले देखेका छैनौ। जव अप्ठ्यारो एवं संकट अवस्थामा सरकार र यस्का निकायहरु सहयोगी हुदैंनन् भने अरु त आश गर्ने कुरा के नै रहन्छ र। संकटमा जनताको पीरमर्का बुझ्ने, व्यापार व्यावसाय लगाएतलाई चलाएन बनाउन प्रयास गर्ने, जनताको सामाजिक जीवनमा सहयोगी हुनेस्थिती भयो भनेमात्र सरकारप्रति आमजनताले विश्वास गर्छ र सरकारले केही गरिराखेको छ भन्ने आभाष हुन जान्छ ।

निवतमान अध्यक्ष गैर आवासीय नपाली संघ, ग्वान्ग्जा, चीन (हाल भारतका दिल्लीमा आफन्तकहाँ)

Comment

Related News

Latest News

Trending News