२०७७ आश्विन १६, शुक्रबार ०६:४३

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज उत्तर पश्चिम वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ।  महाशाखाले हाल देशका पहाडी भूभाग लगायत प्रदेश १ र प्रदेश २ का तराई भेगमा आंशिकदेखि सामान्य  बदली भइरहेको जनाएको छ । 

यसैगरी, शुक्रबार दिउँसो प्रदेश १,  प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली हुने सम्भावना रहेको छ । भने, प्रदेश १, प्रदेश २,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ ।  यस्तै, राति प्रदेश १, प्रदेश २, बागमती प्ररदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ।

साथै,  प्रदेश १, प्रदेश २,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ । 

Comment

Related News

Latest News

Trending News