२०७७ आश्विन १७, शनिबार ११:२२

धरान र विराटनगरमा थप एक–एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २८ वर्षीया कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको हो ।

त्यस्तै आजै बिहान विराटनगर महानगरपालिका–३ घर भएकी ६८ वर्षीया कोरोना संक्रमित महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । इनरुवा–४ सुनसरीकी ती महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । डा. श्रेष्ठका अनुसार ती महिलामा अन्य दीर्घरोग थिएन ।

बीपी प्रतिष्ठानमा परीक्षण गर्दा यही असोज ८ गते ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई अस्पतालमा भर्ना गरिएको थियो । बिराटनगर महानगरपालिका–३ घर भएकी उनको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा शनिबार बिहान करिब २ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

कोरोना पुष्टि भएसँगै उनलाई ११ असोजमा आइसोलेसनमा भर्ना गरिएको थियो । उनमा श्वासप्रश्वासको समस्या थियो ।

Comment

Related News

Latest News

Trending News