Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/janakpur today/functions.php on line 193
२०७६ चैत्र २०, बिहीबार ०९:२६

काठमाडौं ; दुईपटक क्यान्सरलाई जितेका अमेरिकी डाक्टरको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ।

न्यू जर्सी राज्यको इस्ट अरेन्ज जनरल हस्पिटलको आकश्मिक कक्षमा कार्यरत डा. फ्र्याङ्क गाब्रिनको कोरोना भाइरसको संक्रमणका कारण मंगबार निधन भएको उनका श्रीमान आर्नल्ड भर्गासले बताएका छन् ।



न्यूयोर्क सिटीमा बस्दै आएका डा. गाब्रिनले ९ महिनाअघि इस्ट अरेन्ज हस्पिटलमा काम गर्न थालेका थिए । यस्तै उनले न्यूयोर्कको लङ्ग आइल्याण्डस्थित हस्पिटलमा पनि काम गर्ने गरेको श्रीमान भर्गासले बताएका छन् ।

कोरोना भाइरसको संक्रमण देखिएपछि उनी घरमै बसेका थिए । दुई पटक क्यान्सरलाई जितेका उनमा कोरोना भाइरसलाई पनि जित्ने आँट थियो । तर मंगलबार उनको अवस्था गम्भीर बनेको हो ।

भर्गासले सहयोगका लागि न्यूयोर्कको पब्लिक हेल्थ डिपार्टमेन्टमा फोन गरेका थिए । तर सहयोगी आउन ३० मिनेट लागेको भर्गासले बताएका छन् । डा. गाब्रिनले आफ्नो काखमा अन्तिम सास फेरेको श्रीमान भर्गासले बताएक छन् ।

डा. गाब्रिनलाई बिरामीको सेवाको क्रममा कोरोना भाइरसको संक्रमण भएको हो । उनले एउटै एन ९५ मास्क बारम्बार प्रयोग गर्न बाध्य भएको र सोही कारण उनमा संक्रमण भएको हुन सक्ने श्रीमान भर्गासले बताएका छन् । भर्गासले भने, ‘उनले कहिले पनि केही कुरामा गुनासो गरेनन् । उनी मात्रै मानिसलाई सेवा गर्न चाहन्थे ।’

Comment


Related News

Latest News

Trending News