Warning: Trying to access array offset on false in /home/ejanakpu/public_html/wp-content/themes/janakpur today/functions.php on line 193
२०७६ चैत्र २०, बिहीबार ०९:३३

काठमाडौं ; कोरोना भाइरसबाट भारतमा एकैदिन २३ जनाको मृत्यु भएको छ। योसँगै भारतमा मृत्यु हुनेको संख्या ५८ पुगेको छ। त्यस्तै बुधबार एकैदिन भारतमा ६ सय १ जना संक्रमित भेटिएका छन्। यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो। योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब दुई हजार पुगेको छ।

कोरोना भाइरसबाट संक्रमित हुनेहरुको खोजी गर्न भारतले तीव्ररुपमा परीक्षण सुरु गरेको छ। यसैकारण बुधबार यति धेरैको संख्यामा संक्रमित भेटिएका हुन्। यसको रोकथाम र नियन्त्रणका लागि भारतीय प्रधानमन्त्रीले तीन हप्ताको लकडाउन घोषणा गरेको छ।



त्यस्तै सबैभन्दा प्रभावित राज्यहरुमा उच्च सतर्कता अपनाइएको छ।

Comment


Related News

Latest News

Trending News