Warning: Trying to access array offset on false in /home/ejanakpu/public_html/wp-content/themes/janakpur today/functions.php on line 193
२०७६ चैत्र २०, बिहीबार १०:३९

काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमानामा आएकालाई तत्काल क्वारेन्टाइनमा राख्न आग्रह गरेका छन्। भारतबाट नेपाल फर्केका नेपालीहरु सीमनामा आइसकेपछि पस्‍न नदिएको र खुला आकाशमुनि रात बिताउन बाध्य पार्नु अमानवीय भएको भन्दै विशेष क्वारेन्टाइनमा राख्न आग्रह गरेका हुन्।

सामाजिक सञ्जालमार्फत् प्रचार विभाग प्रमुखसमेत रहेका श्रेष्ठले संघीय सरकारलाई दोष देखाएर उम्कन नमिल्ने पनि जनाएका छन्। ‘नेपालभित्र प्रवेश गरिसकेका नेपालीहरुलाई सीमनामा अलपत्ररुपमा खुला बारीमा राखिएको खबर सत्य हो भने यो ज्यादै अमानवीय, गैरजिम्मेवार र दुःखद हो। उनीहरुलाई क्वारेन्टाइनमा राख्न कसैको आदेश चाहिन्न, तत्काल विशेष क्वारेन्टाइनमा राखौें,’ उनले ट्‍वीटरमा उल्लेख गरेका छन्।



विदेशमा रहेका लाखौं लाख नेपालीहरुलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन ब्यावहारिकरुपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सीमनामा खुला आकाशमुनि राखिराख्नु हुनै नसक्ने उनले जनएका छन्। ‘सुन्नै नसकिने यो कुरा संघीय सरकारको नीति हो भनेर कसैले भनेको वा व्याख्या गरेको ? हुन सक्दैन,’ उनले भनेका छन्।

मुख्यतः सुदूरपश्चिम क्षेत्रका नाकाहरुबाट नेपाल प्रवेश गर्न खोज्नेलाई खुला खेतमा राखिएको घटनाहरु सार्वजनिक भइरहेपछि श्रेष्ठले उक्त आग्रह गरेका हुन्।

Comment


Related News

Latest News

Trending News