Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/News/functions.php on line 193
२०७६ चैत्र २०, बिहीबार १०:४२

बर्दिया : सेनिटाइजर कोलोबजारी गर्ने एक जना मेडिकल संचालकलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ। बाँसगढी नगरपालिकास्थित बुद्ध मेडिकल हलका संचालक बुद्धि चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट जोगिने सेनिटाइजर बजार मूल्य भन्दा अत्यधिक महँगोमा बेचेको पाइएपछि मेडिकल संचालकलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।

  मेडिकल संचालक थारुले ४ सय ५९ रुपैँया बजार मूल्य रहेको सेनिटाइजरलाई १ हजार ५ सय रुपैयाँमा बेचेर कालोबजारी गरेकाले उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक बास्तोलाले बताए।

Comment


Related News

Latest News

Trending News