अपडेट 
२०७६ चैत्र २०, बिहीबार ११:१२

कोरोना । महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) का कारण ज्यान गुमाउनेको संख्या ४७ हजार नाघेको छ । विश्वभरि ४७ हजार १९४ को ज्यान गइसकेको छ भने कुल संक्रमित संख्या साढे ९ लाख पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै झण्डै ५ हजारको मृत्यु भएको छ ।

स्पेनमा मृत्यु हुनेको संख्या ९ हजार बढी पुगेको छ । संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । यस्तै स्पेनमा रहेका थप ३ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ ।

यससँगै स्पेनमा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या ७ पुगेको छ । संक्रमित नेपाली ६ जना पुरुष र एक महिला हुन् । जसमध्ये ४ जनाको उपचार पछि निको भइसकेको छ । हाल मात्रै ३ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको हो । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।

Comment


Related News