अपडेट 
२०७६ चैत्र २०, बिहीबार १४:५७

जनकपुरधाम : गाउँघरमा कोरोना भाइरसभन्दा कम आतंक मच्चाएका छैन लामखुट्टे । तर शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया लामखुट्टे मार्ने औषधी छर्किने विषयमा मौन छन् । विहिवारदेखि भने सोही नगरपालिकाको वडा नम्बर २ का करिब १३ सय घरमा स्थानीय काँग्रेस नेताहरुले संयुक्त रुपमा लामखुट्टे मार्ने औषधी छर्किदैछन् ।

लामखुट्टेले गाउँमा आतंक मच्चाएपनि नगरपालिकाले वास्ता नगर्दा आफैंले औषधी खरिद गरी छर्किन सुरु गरिएको स्थानीय काँग्रेस नेता शैलेन्द्र चोरबारले बताए ।

उनका अनुसार नेपाली काँग्रेसका वडाध्यक्ष प्रत्यासी सतेन्द्र चोरबार, नेपाली कांग्रेसका महासमिति सदस्य सुधीर गोइत, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजदेव यादव, नेता साधु गोइत, काँग्रेसको मेयर प्रत्यासी देबेन्द्र भरखेर लगायतले सहयोगमा औषधी छर्किने काम भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News