Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/News/functions.php on line 193
२०७६ चैत्र २०, बिहीबार १५:१८

राष्ट्रिय मानवअधिकार आयोगले सीमामा आइपुगेका नेपालीलाई देश भित्र प्रवेश गराउन सरकारलाई आग्रह गरेको छ। सीमामा अलपत्र परेको नेपालीको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले नागरिकको सुरक्षा र आधारभूत मानव अधिकारको सम्मान र संरक्षण गर्नु सरकारको प्रमुख दायित्व भएको बताएको छ।

‘विदेशमा रोजगारी, गास र बासको समस्या भई घर फर्केका नेपालीहरूको आवश्यक स्वास्थ्य परीक्षण गरी निश्चित मापदण्ड अनुरुप स्वदेशभित्रै बस्न पाउने वातावरण सिर्जना गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’ राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

संकट र सन्त्रासको परिस्थितिमा नागरिकका सबै अधिकारहरू सामान्य अवस्थामा अझैं निर्वाध रूपमा प्रचलन हुन कठिन हुनै भए ता पनि संविधान र कानुनले व्यवस्था गरेका आधारभूत अधिकारहरूको प्रचलनमा सरकार गम्भीर हुनुपर्ने आयोगले औंल्याएको छ।

‘यसका लागि आवश्यक स्रोत र साधनको परिचालन तथा सम्बन्धित निकायहरूबीच यथेष्ट र शीघ्र समन्वयको समेत आयोग अपेक्षा गर्दछ,’ आयोगले भनेको छ।

हालको विषम परिस्थितिमा नेपालको संविधानको धारा ५२ तथा नेपाल पक्ष राष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी महासन्धि, १९६६ को धारा १२ (२) र ४ को सम्मान गर्न गर्न आयोगले सरकारलाई आग्रह गरेको छ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा २९ र नेपालको संविधानको धारा ४८ बमोजिम नागरिकहरूले पनि आफ्नो कर्तव्य पूरा गरी सरकारबाट तोकिएका मापदण्डहरूको पालना गर्न आयोगले अनुरोध गरेको छ।

‘कुनै पनि कठिन परिस्थितिमा हरेक देशक नागरिकहरूले सरकारबाट थप भरोसाको अपेक्षा गर्ने भएकोले सीमा क्षेत्रमा आइपुगेका तर, स्वदेश प्रवेश गर्न नदिई फर्काइएका नेपालीहरूको स्वास्थ्य, बसोबास तथा खाद्य आपूर्तिको व्यवस्था सम्बन्धमा उच्चस्तरीय सरकारी प्रतिनिधिले अनुगमन गरी निजहरूको सम्मानजनक अवस्थाको सूनिश्चित गरी घर फर्कने वातावरण सिर्जना गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ,’ आयोगले भनेको छ।

Comment


Related News

Latest News

Trending News