अपडेट 
२०७६ चैत्र २०, बिहीबार १७:२१

पोखरा को रोयल सहकारीले गण्डकी प्रदेश सरकारले घोषणा गरेको कोरोना रोकथाम तथा उपचार कोषमा ३ लाख भन्दा बढी सहयोग गरेको छ।

सहकारीले ३ लाख ३ हजार गण्डकी सरकारको कोष र ३३ हजार पोखरा महानगरको राहत कोषमा जम्मा गरिदिएको हो। सहकारीले १ लाख १ रुपैयाँ, सञ्चालक समिति र उपसमिति तथा सल्लाहकारबाट १ लाख ३२ हजार २ सय १० र कर्मचारीबाट १ लाख ४ हजार संकलन गरेर हस्तान्तरण गरेको हो।

यस्तै, कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीले पनि गण्डकी सरकारको उपचार कोषमा १ लाख ११ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ। विश्वव्यापी फैलिएको कोरोनाविरुद्ध लड्न सरकार सँगसँगै रहेको क्लबका अध्यक्ष डम्बरसिंह बस्नेतले बताए।

Comment


Related News

Latest News

Trending News