अपडेट 
२०७६ चैत्र २०, बिहीबार १७:३१

जनकपुरधाम : कोरोना महामारी नियन्त्रणका लागि गठित निर्देशक समितिले प्रदेशभरिमा ५० वटा भेन्टिलेटर र २ वटा कोरोनाको परीक्षण गर्ने मेसिन पिसिआर थप्न निर्देशन दिएको छ ।

मुख्यमन्त्री लालबाबु राउत संयोजकत्वको निर्देशक समितिले आज सो निर्देशन सम्बन्धित मन्त्रालय र कार्यकारी समितिलाई दिएको हो । निर्देशक समितिले दिएको निर्देशन अनुसार प्रादेशिक अस्पताल जनकपुरमा १०, नारायणी उपक्षेत्रीय अस्पताल विरगंजमा १० र अन्य जिल्ला अस्पतालहरुमा ५/५ भेन्टिलेटर थप गरिने छ भने विरगंज र राजविराजमा पिसिआर मेसिन जडान गरिने छ ।

भेन्टिलेटर र पिसिआर खरिद प्रक्रिया तत्काल शुरु गर्न समेत निर्देशन दिइएको छ । निर्देशन समितिको आज सम्पन्न बैठकमा विभिन्न मन्त्रालयका सचिवहरुले कोरोना महामारी नियन्त्रण तथा लकडाउनको अवस्था बारे जानकारी गराएका थिए ।

Comment


Related News

Latest News

Trending News