अपडेट 
२०७६ चैत्र २०, बिहीबार १७:५७

जनकपुरधाम,; समाजवादी मधेश प्रदेश समितिले गरिब विपन्नहरुको खाना व्यवस्थापनको लागी प्रदेश सरकारले पठाएको राहत वितरण सहयोग गरि दिन पार्टीका नेता कार्यकर्तालाई अपील गरेको छ ।

प्रदेश समिति अध्यक्ष विजय कुमार यादवले जारी गर्दै कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनलाई प्रभावकारी बनाउनका साथै लक डाउनमा प्रदेशका कुनै पनि जनता भोकै नबसुन भन्ने उद्देश्यका साथ प्रदेश सरकारले राहत वितरणको लागी स्थानीय तहमा पठाएको रकम बाट समुचित राहत वितरण एवं तथ्यांक संकलनमा सहयोग गरि दिन स्थानीय तहका प्रमुख उपप्रमुख एवं पार्टीका नेता तथा कार्यकर्तालाई अपील गर्नु भएको हो ।

उहाँले प्रदेश सरकारले जारी गरेको निर्देशिका बमोजिम वडा अध्यक्षको संयोजकत्वमा रहने राहत वितरण समितिलाई निस्वार्थ भावले सहयोग गर्न सबैमा आग्रह गर्नु भएको छ । यसका साथै महामारी नियन्त्रणको लागी लकडाउन एकमात्र अस्त्र रहेकोले सम्पूर्ण प्रदेशवासीलाई आफनै घरमा बसी सहयोग गर्न समेत आग्रह गर्नु भएको छ ।

Comment


Related News

Latest News

Trending News