अपडेट 
२०७६ चैत्र २०, बिहीबार २०:०६

जनकपुरधाम ;प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कुमारी बैंकले दश लाख रुपैया सहयोग गरेको छ ।

बैंकका विरगंज स्थित प्रदेश कार्यालय र जनकपुर स्थिति शाखा कार्यालयका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई दश लाख बराबरको चेक हस्तान्तरण गरेका हुन ।

यस अघि कोषमा, माछापुछे बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक , सिटिजन्स बैंक , सिद्धार्थ बैंक लगायतका संघ संस्थाहरुले रकम सहयोग गरि सकेका छन ।

प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ । कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ ।

Comment


Related News

Latest News

Trending News