Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/janakpur today/functions.php on line 193
२०७६ चैत्र २१, शुक्रबार २१:५३

जनकपुरधाम जनमत पार्टीका अध्यक्ष सीके राउतले कोरोना भाइरस (कोभिड-१९)विरुद्ध एकता जनाउन ‘एकता नाद’ (ताली पिट्ने र बाजा बचाउने) कार्यक्रमको घोषणा गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गरेर उनले अगामी बैशाख २ गते मङ्गलबार (जुडसितल पर्वको दिन) बिहान ७ बजेदेखि ७ मिनेटका लागि ‘एकता नाद’को घोषणा गरेका हुन्। उनले ७ मिनेटसम्म थाल, ताली, घण्टी, शंख, सिटीलगायतका बाजा बजाएर कोरोना भाइरसविरुद्ध एकताको सन्देश दिन मधेसका जनतासँग अपिल गरेका छन्।



राउतले कोभिड-१९ महामारीविरुद्ध एकताको सन्देश दिनुका साथै यस संघर्षमा ज्यानको बाजी लगाएर लडिरहेका सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, समाजसेवीसहितलाई धन्यवाद ज्ञापन गर्ने बताए। उनले भनेका छन्, ‘यो संकटको घडीमा सबै मिलेर महामारीलाई हराउँछौँ।’

उनले कोभिड-१९ विरुद्धको लडाइ साथ दिन सबै जनतासँग आह्वान समेत गरेका छन्। ‘जनताको मनोबल समेत बढाउन सबैसँग अनुरोध छ’, उनले भनेका छन्, ‘हामी जित्छौं, हाम्रो समाज जित्छ।’

स्थानीय, प्रदेश र संघीय सरकारले लकडाउनका कारण समस्यामा परेका गरीब विपन्न जनताका लागि हालसम्म राहत उपलब्ध गराउन नसकेकोमा आक्रोश समेत व्यक्त गरेका छन्। संकटको घडीमा पनि कार्यकर्ता पाल्ने र भ्रष्टाचार गर्ने काम भइरहेको उनको आरोप छ।

Comment


Related News

Latest News

Trending News