अपडेट 
२०७६ चैत्र २२, शनिबार १८:१०

काठमाडौं । राजपा नेपालका सहमहामन्त्री डा. सुरेन्द्रकुमार झाले औषधी तथा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिने सरकारी निर्णय अहिलेको राजनीतिक र प्रशासनिक असक्षमताको उपज भएको बताएका छन्। शनिबार वक्तव्य जारी गरी झाले सेनाले सरकारी निर्णय कार्यान्वयन गर्नपर्ने तर, यस विषयमा सेनालाई विवादमा तान्न नहुनेसमेत जिकिर गरेका छन्।

सहमहामन्त्री झाले डा झाले नेपाली सेनाका बारेमा भनेका छन्, ‘नेपालको सेनाको विश्वमा सम्मानित व्यवसायिक छबि रहेको छ। सेनाभित्र शुद्धिकरण तथा बाह्य छबिमा निखार ल्याउने भरमग्दुर प्रयास हुँदै आएको छ। राम्रो काम गर्नेलाई निरुत्साहित नगरौँ।’

सहमहामन्त्री झाले राजनीतिक आवरणको एउटा जत्था वर्षौदेखि सेनाको बदनामीका निम्ति नियोजित रूपमा खटेको भन्दै सेनाको बचाउ गरेका छन्। उनले भनेका छन्, ‘हरेक विपत्तिको समयमा सेनाको भूमिका अग्रणी रहदै आएको छ र कोरोना नियन्त्रणमा पनि स्वास्थ्यकर्मीपछि उसैको भूमिका महत्वपूर्ण हुने हो। सेनाले स्वास्थ्य उपकरणको नाममा व्यापार गर्ने उद्देश्य राखेको बुझिदैँन। तर, सरकारले विपत्तिको घडिमा सहयोग लिन खोज्दा उसले पन्छिन सक्दैन।’

उनले सेनालाई विवादमा तान्ने, अनावश्यक रूपमा जिस्क्याउने या उसलाई तेजोबध गर्ने कार्य स्वीकार्य नहुनेसमेत वक्तव्यमा भनेका छन् उनले थपेका छन्, ‘हरेक विपत्तिमा नेपालीको भरपर्दो सहारा सेना हो भन्ने नभुलौँ।’

अहिले राजनीतिक र प्रशासनिक असक्षमता तथा भ्रष्टाचारप्रति निरन्तर खबरदारी र प्रहार गर्न पनि उनले आग्रह गरेका छन्। उनले राष्ट«पति विद्यादेवी भण्डारीको भूमिकाका बारेमा पनि कटाक्ष व्यक्त गरेका छन्। सहमहामन्त्री डा. झाले राष्ट«पति भण्डारी महारानी बन्ने लहडमा रहेको प्रति संकेत गर्दै संविधान बमोजिम राजनीतिक पद्दति अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

सहमहामन्त्री झाले राष्टपति भण्डारीलाई दशगजामा अलपत्र परेका र देशभित्रका गरिब निमुखा नेपालीहरुका बारेमा चिन्ता गर्नसमेत आग्रह गरेका छन्। उनले नैतिकताका आधारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले राजीनामा दिनुपर्नेसमेत माग गरेका छन्।

Comment


Related News

Latest News

Trending News