अपडेट 
२०७६ चैत्र २३, आईतवार १६:४४

नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या न्यून रहेको र कोविड-१९ को कारण कसैको मृत्युको रिपोर्ट नआउँनु सुखद अनुभूति हो। यसको पछाडि के कस्ता कारण हुनसक्छन् भन्ने कुराको विभिन्न अनुमानकाबीच भर्खरै प्रकाशित एक अनुसन्धानको परिणामले एक मननीय कारण औंल्याएको छः नेपालमा वालवालिकालाई अनिवार्य रूपमा दिइने बीसीजी खोपको कारण नेपालीको कोविड-१९ विरुद्धको प्रतिरक्षा दह्रो बनेको हुनसक्छ। 

कोविड-१९ संसारका धेरैजसो देशमा फैलिएको भएपनि यो रोग को प्रभाव भने बिभिन्न देशमा फरक-फरक देखिएकोले विश्वका बिभिन्न मुलकको तथ्यांक संकलन गरी राष्ट्र्रिय बीसीजी खोप नीति र कोविड-१९ मृत्युदरबीचको सहसम्वन्धको विश्लेषण गरिएको हो।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्क इन्स्टिच्युट अफ टेक्नोलोजीको कलेज अफ ओस्टियोपाथिक मेडिसिनअन्तर्गत रहेको डिपार्ट्मेन्ट अभ बायोमेडिकल साइन्सेजका डाक्टर आरोन मिलरलगायत छ जना शोधकर्ताले संयुक्त रुपमा गरेको अनुसन्धानको रिपोर्टअनुसार राष्ट्रव्यापि बीसीजी खोप नीति र कोविड-१९ को मृत्युदरबीच सहसम्बन्ध रहेको देखाउँछ। 

बीसीजी खोपले साधारणत: श्वासप्रणालीको संक्रमणबाट बचाउँछ।यी शोधकर्ताले धेरै देशको बीसीजी भ्याक्सिनेशन पोलिसी र कोविड-१९ मृत्युदरको बीचमा रहेको हुनसक्ने तादत्म्यतालाई खोतलेका थिए।

Comment

Related News