अपडेट 
२०७६ चैत्र २३, आईतवार १७:०३

काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या अहिलेसम्म ९ पुगेको छ ।

शनिबार ३ जना थपिएसंगै संक्रमितको संख्या ९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म एक हजार ५ सय २१ जना परीक्षण गरिएको र त्यसमध्ये ९ जनामा संक्रमण देखिएको जनाएको छ ।

एक जनालाई निको भएको छ । ६९ जना आइसोलेसनमा रहेका छन् । विदेशबाट आएका एक व्यक्तिबाट आफन्तलाई कोरोना भाइरसको संक्रमण पाइएसँगै संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ ।

दुबईबाट भारत हुँदै फर्किएका कैलालीका संक्रमित एक युवकबाट उनकी ३४ वर्षीया भाउजुमा संक्रमण सरेको पुष्टि भएसंगै संक्रमण दोस्रो चरणमा पुगेको हो ।

यसअघि विदेशबाट आएका नेपालीमा मात्र कोरोनाको संक्रमण देखिएको थियो । पहिलोपटक संक्रमण पुष्टि भएको ७३ दिनपछि नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको हो ।

कोरोना प्रभावित मुलुकहरुबाट आएकाहरूमा संक्रमण देखिनुलाई पहिलो चरण भनिन्छ । कोरोना संक्रमित तीन जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा, तीन जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा र दुई जनाको बाग्लुङ र भइरहेको छ । आठै जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

Comment


Related News

Latest News

Trending News