अपडेट 
२०७६ चैत्र २३, आईतवार १८:२५

जनकपुरधाम । कोरोना महामारी नियन्त्रणका लागी सुझाव दिन प्रदेश सरकारद्वारा गठित विज्ञ समूहले आफनो प्रतिवेदन सरकारलाई बुझाएको छ ।

विज्ञ समूहका प्रतिनिधिहरुले सरकारलाई बुझाएको प्रतिवेदनमा चिकित्सकीय सामग्रीको प्रयोग देखी लिएर सामग्रीहरुको उपलब्धता, कोरोना संक्रमितहरुको उपचारमा संलग्न हुने चिकित्सहरुको सुरक्षा देखी प्रोत्साहन भत्ता, विशेष अस्पतालको निर्माण सहितको विषय वस्तुहरु समेटिएको छ । विज्ञ समूहले उपचारमा आवश्यक थप सामग्रीहरु, समान्य विरामीको जाँचमा अपनाइने उपायहरु समेत समेटर प्रतिवेदन बुझाएको छ ।

विज्ञ समूहको प्रतिवेदन बुझदै मुख्यमन्त्री राउतले प्रतिवेदनमा उल्लेख सुझावहरु सत प्रतिशत कार्यान्वय गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

विज्ञ समूहले बुझाएको प्रतिवेदनमा पिपिई, मास्क र पंजा लगाउने बारे स्पष्ट व्यवस्था गरिएको छ। उहाँहरुले सर्वसाधारणलाई कपडाको मास्क, समान्य विरामीको जाँचमा सहभागी हुनेलाई पंजा र सर्जिकल मास्क तथा कोरोनाको स्पेशल उपचारमा संलग्न हुनेहरुलाई मात्र एन १५ मास्क तथा पिपिई प्रयोग गर्न सुझाव दिनु भएको छ।

Comment


Related News

Latest News

Trending News