अपडेट 
२०७६ चैत्र २३, आईतवार १९:२८

 काठमाडौं । पर्साको पर्सागढी नगरपालिका-३ झब्राबाट लागुऔषध गाँजा ८ किलो र ४ लिटर मदिरासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-३१ मिलन चोक बस्ने ४५ वर्षीय समसुदिन मिया अन्सारी, सोही ठाउँ बस्ने २० वर्षीय शेख अख्तार मियाँ र धनुषाको जनकपुर उपमहानगरपालिका-१३ बस्ने ५० वर्षीय जिबछ महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्सा र अस्थाइ प्रहरी पोष्ट बिरुवागुठीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

Comment


Related News

Latest News

Trending News