Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/News/functions.php on line 193
२०७६ चैत्र २३, आईतवार २१:००

जनकपुरधाम । धनुषा को औरही ५ र ६ वडाका अति विपन्न परिवारलाई सामाजिक अभियन्ता सरोजकुमार मण्डलको अगुवाइमा राहत वितरण गरिएको छ।

कोरोना भाइरसबाट जोगिन सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका अति विपन्न २५ परिवारलाई राहत वितरण गरिएको हो। अभियन्ता मण्डलले प्रतिपरिवार २० किलो चामल, २ किलो दाल, ५ किलो आलु, १ लिटर खाने तेल र २ थान हात धुने साबुन वितरण गरेका छन्।

सामाजिक दूरी कायम गरेर राहत वितरण गरिएको अभियन्ता मण्डलले जानकारी दिए। प्रदेश सरकारले अति विपन्न परिवारलाई राहत वितरण गर्ने निर्णय गरे पनि हालसम्म उपलब्ध नराउँदा आफूहरूले तत्काल राहत उपलब्ध गराएको उनको भनाइ छ।

यस्तै धनुषाकै सहिदनगर नगरपालिका-८ विसरभोरामा समाजवादी पार्टीका नेता विनोद रोहिताले मास्क वितरण गरेका छन्। कोरोना भाइरसबाट जोगिन स्थानीय सयौं व्यक्तिलाई उनले मास्क वितरण गरेका हुन्।

Comment


Related News

Latest News

Trending News